Nov 25, 2017

समातियो गगन थापाको झुट: स्वास्थ्य बिमा एमालेका खगराजले सुरु गरेको खुलासा

पूर्वमन्त्री अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम आफुले सुरु गरेको प्रमाण पेश…

 पोखरा । चर्चित राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम कसले सुरु गरेको भन्ने बारेमा मिडियामा फरक फरक अभिव्यक्ति आएका छन् । केहि अघि मात्रै पोखराको एक पत्रिकामा अन्र्तवार्ता दिंदै कानुनमन्त्री यज्ञ वहादुर थापाले स्वास्थ्य बिमा कार्यक्रम गगन थापाले ल्याएको भन्ने अन्र्तवार्ता दिएपछि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले आज पोखरामा कानुन मन्त्रीकै अगाडी आफुले सुरुवात गरेको प्रमाण पेश गरेका छन् ।
सगरमाथा टेलिभिजनको आयोजनामा पोखरामा आयोजित निर्वाचन बिषेश कार्यक्रममा साथमै बसेका कानुन मन्त्री थापाले पूर्व स्वास्थ्य मन्त्री अधिकारीको नाम नै किटान गरेर गगन थापा हुदाँ बिमा कार्यक्रम ल्याएको बताएपछि अधिकारीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको गठन आदेश बिसं २०७० र मन्त्रिपरिषद्मा पेश भए संगै बिसं २०७२ मा पारित भएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको प्रमाण सार्वजनिक गरे ।
          मैले मिडियाबाजी गरिन काम गरे तर साथिहरुले मैले सुरु गरेको काम चर्चामा आएपछि खुलेआम आफैले गरेको भन्दै अभिव्यक्ति दिन लाग्नुभयो उनले भने ।
        “कानुनमन्त्री ज्युले तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला , कानुन मन्त्री नरहरि आर्चायलाई समेत तलपार्ने काम गर्नुभयो” अधिकारीले भनेः– “तत्कालीन मन्त्री परिषद्मा पेश गर्नुपूर्ब कानुन मन्त्रालय र अर्थ मन्त्रालयको सहमतिमा पेश गरेर पास गरिएको हो । त्यस समयमा ३ वटा जिल्ला इलाम,बाग्लुंग र कैलालीबाट सुरु गरिएको थियो र मेरै कार्यकालमा अन्य १० वटा जिल्लामा पुर्याएको थिए । त्यसलाई पूर्ण रुपमा कार्यन्वयन गर्दै ऐन पारित गर्ने काम तत्कालिन स्वास्थ्य मन्त्री गरिराजमणि पोख्रेलले गर्नु भएको हो ,गगन थापाले मैले जति गरे त्यसलाई अगाडी बढाउनु भएन।”
    यसो त मिडियामा गगन थापाले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भन्दै बेला बेलामा चर्चामा आउने गरेका छन् । उनको यो भ्रामक चर्चालाई चिर्नका लागि आफुले प्रमाण सार्वजनिक गरेको अधिकारीले बताए ।

No comments:

Post a Comment