Nov 25, 2017

कांग्रेस चितवनका पूर्व सचिवसहित डेढ सय कार्यकर्ता माओवादीमा प्रवेश

 चितवन, मंसिर ९ – नेपाली कांग्रेस चितवनका पूर्व सचिव एवं नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष मोहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले नेपाली कांग्रेसले नागरिक र देशको पक्षमा कुनै काम गर्न नसकेकाले आफू माओवादीमा आएको बताउनुभयो । पार्टी प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सही समयमा सही निर्णय गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिइने बताउनुभयो ।

No comments:

Post a Comment