Nov 25, 2017

सात तस्विरमा नियाल्नुहोस्: प्रधानमन्त्री देउवाको गृहनगरमा बाम गठबन्धनको जनसागर

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरु चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका छन् ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धनका उम्मेदवारका पक्षमा माहोल बनाउन आयोजित चुनावी सभालाई ओली, बादल र रावलले सम्बोधन गर्दैछन् । चुनावी सभामा पुत्रशोकमा रहेका प्रचण्ड आउने भनिएपनि अन्तिम समयमा प्राविधिक कारणले आउन सकेनन् ।
ओलीसँगै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले प्रदेश नम्बर ७ का संयोजक भीम रावल विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउँदा सदरमुकाममा हजारौं नेता कार्यकर्ताको उपस्थिती देखिएको छ ।





No comments:

Post a Comment