Nov 25, 2017

काँग्रेसको दुष्चक्रमा अब नेपाली फस्दैनन्ः ओली


      काठमाडौं ,मंसिर ९ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गरेका छन्। २०१५ साल देखि आफूलाई लोकतन्त्र भन्ने काँग्रेसले जनतालाई झुक्काउदै आएकाले अब ५ बर्ष स्थिरता र विकासका लागी काँग्रेसको कुनै दुष्चक्रमा  नेपाली जनता नफस्न आग्रह गरेका छन् । वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण गर्न लागिएको समेत स्पष्ट पारेका छन्  ।
    विभिन्न जात जाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भने, “जातीय र क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता फस्नेवाला छैनन् ।” नेता ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्षताको व्यवहार देखाउनु पर्नेमा जोड दिए।
    सभामा कैलाली निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, लेखराज भट्ट लगायतले बोलेका थिए  । नेता ओलीले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment