Nov 25, 2017

पराजयको संकेत पाएपछि वर्तमान सुचना तथा संचारमन्त्री मोहन बस्नेतलाई खुसि पार्न नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीद्वारा २ करोड चुनाव खर्च बुझाएको खुलासा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतलाई खुसी पार्नकै लागि नेपाल टेलिकमले २ करोड रुपैंया चुनावी खर्च बुझाएको बताइएको छ ।
वाम गठवन्धनको प्रभावका कारण सिन्धुपाल्चोकबाट पराजयको संकेत पाएसंगै आगामी चुनावमा पैसाकै खोलो बगाउने योजना अनुसार मन्त्री बस्नेतले टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारी मार्फत २ करोड बुझेको उच्च स्रोतले दावी गरेको छ । त्यती मात्र होइन सिन्धुपाल्चोकको चुनावी अभियानमा निर्वाचन आचारसंहिताको व्यापक धज्जी उडाउनुका साथै दर्जनौं संख्यामा टेलिकममा गाडीहरुको दुरुपयोग भएको बताइएको छ ।

मन्त्री बस्नेतले चुनावी खर्चका नाममा नेपाल टेलिकमका कर्मचारी उच्च तहका कर्मचारी, प्रवन्ध निर्देशक र केही व्पारीहरुसंग समन्वय गरेर २ करोड ल्याइदिनु भनेर निर्देशन दिएको आधारमा कामिनीले २ करोड बुझाएको बताइएको छ । मन्त्रीले ‘चुनाव आएको र खर्च थुप्रो हुने भन्दै २ करोड रुपैया सहयोगको प्रवन्ध मिलाउन टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई निर्देशन दिएका थिए । केही समय त के गर्ने होला भनेर अलमलमा परेकी प्रवन्ध निर्देशक भण्डारी अर्का घूस्याहा प्रवन्धक गजेन्द्र ठाकुरको परामर्शपछि मन्त्री बस्नेतलाई दुई करोड रकम बुझाउन राजी भएकी थिइन् । ‘शुरुमा त राजभण्डारीले यति धेरै रकम मैले कसरी दिने भन्दै आफूले सहयोग गर्न असमर्थ रहेको जनाउ दिइएकी थिइन्, तर सबैसंग उठाएर दिन सकिने ठाकुरको सुझावपछि उलले मन्त्रीको मान्छेलाई पैसा पठाइदिइन् । ’ टेलिकम स्रोतले भन्यो ।

मन्त्री बस्नेतबाट दवाव आएपछि पछि अफ्ठेरो पर्ने ठानेर उनले मागेको आर्थिक सहयोग प्रदान गरिएको बताइएको छ । यता मन्त्रीका लागि केही अभाव नगर्नु भन्दै उनले केन्द्रीय कार्यालय र जिल्ला शाखाहरुबाट चाहिएजति सरकारी गाडी पठाउने गरिेको बताइएको छ । सो कुुराको टेलिकमका काँग्रेस निकटका कर्मचारी बाहेक अन्यले समर्थन गरेका छैनन् । मन्त्री बस्नेतले मनोनयनका दिनदेखि यता हरेक दिनजसो सबैतिर गरी करिव ३ दर्जन सवारी साधन प्रयोग गरीरहेको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रचारमा हिँड्ने काँग्रेसी कार्यकर्ताहरु पनि मोहन दाईले ‘पैसाको परवाह नगर्नु, जसरी पनि जित्नुपर्छ’ भनेको भन्दै मस्तीका साथ प्रचारमा हिँडेको बताइन्छ । त्यहाँ कार्यकर्ताहरुले नै ‘टेलिकमको पैसा छ, हामीलाई केको दुख छ ?’ भन्ने नारा नै बेलुका थकाइ मार्ने बेलामा आन्तरिक रुपमा लगाउने गरेको एक कार्यकर्ताले नाम नबताउने शर्तमा जनकारी दिए । के छ गाडी दिने प्रावधान ? विभिन्न किसिमका सुविधा सम्पन्नदेखि मध्या खालका गाडीहरु नेपाल टेलिकमसंग रहेको छ । त्यसका हाकिमहरुले मन्त्री, सचिव वा अन्य उच्च पदस्थ कर्मचारीहरुलाई चाकडी गर्नुपरेको खण्डमा पर्याप्त तेल पनि हालिदिएर गाडी चालक सहित पठाइदिने चलन नौलो होइन ।

पावरदार व्यक्तिले भनीसकेपछि कागजी प्रक्रिया मिलाएर तुरुन्त गाडी पठाइदिने र आफुहरु निरीह हुने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले सिन्धुपाल्चोकमा गाडी दुरुपयोग भएको स्वीकार्दै मन्त्रालयको प्रयोगको लागि आवश्यक भन्दै मन्त्रालयबाट चिट्टी लिएर आएपछि र एमडीले तोक लगाएपछि आफुहरुले रोक्न नमिल्ने जानकारी दिए । उनले यसमा आफ्नो संलग्नता नभई एमडीकै आदेशमा आफुहरुले काम गरेको बताए । गाडी सम्वन्धी हेर्ने काम भने निर्धर भट्टराईले गर्दै आएका छन् ।

प्रवन्ध निर्देशक राजभण्डारी र प्रबन्धक ठाकुरले टेलिकममा अर्बौ रुपैयाँको भ्रष्टाचार गरिरहेको टेलिकमका कर्मचारीको आरोप छ । राजभण्डारी र ठाकुरले फोरजी सेवा सञ्चालन र अन्य अनेकौं प्रोजेक्ट तथा टेन्डरमा खुला भ्रष्टाचार गरेको टेलिकमकै कर्मचारीहरुले खुलासा गरेका छन् । थ्रीजीका उपकरण तथा पुरानै टावर प्रयोग गरेर फोरजी सेवा सञ्चालन गरेको प्रचार प्रसार गरेर एक अर्ब पच्चीस करोड रुपैयाँ खर्च गरिएको छ ।

यसको सूक्ष्म छानबिन गरिएमा एक अर्बभन्दा बढीको भ्रष्टाचार गरिएको स्पष्ट हुने स्रोतको दाबी छ । यता प्रवन्ध निर्देशक राजभण्डारीले भने आफुलाई मन्त्रीले कुनैपनि आर्थिक सहायता र र गाडीका लागि दवाव नदिएको बताइन् । उनले बुधबार प्रतिनिधीसंग भनिन्, ‘मन्त्रीज्युले त्यस्तो केही भन्नुभएको छैन, मिलाएर लेखिदिनुहोला ।’
स्मरणीय छ, उनले फोरजीमा गरेको घोटाला र टेलिकममा रहँदा गरेको गैरकानुनी आर्जनकाबारे अख्तियारले छानविन गरेको र मुद्दा चलाउने अन्तिम तयारी गरेको छ । वयानको लागि उनी यस अघि नै पुगीसकेकी थिइन् । बुधवार साप्ताहिकले लेखेको छ ।

No comments:

Post a Comment