Nov 25, 2017

चुनावको मुखैमा चितवन कांग्रेसमा पहिरो! पुर्वसचिव सहित डेढसय बढी कांग्रेसका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश [भिडियो सहित]

भरतपुर, मंसिर ९। नेपाली कांग्रेस चितवनका पूर्वसचिव एवं नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष मोहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

चितवनको शिवनगरमा आयोजित कार्यकर्तामा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसी बहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले कांग्रेसले जनता र देशकाे पक्षमा कुनै काम गर्न नसकेकाले अाफू माअाेवादीमा अाएकाे बताए । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सही समयमा सही निर्णय गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए ।
हेर्नुस  भिडियाे:
Party Pravesh Video

No comments:

Post a Comment