Dec 2, 2017

अछाममा कांग्रेस उम्मेद्वार स्वार द्वारा हार स्विकार: देउबा निरास


देउवाले रिसाउदै भने: अछाम कांग्रेसमा एकपछी अर्कोले पार्टी छोड्दा पनि मलाई किन नभनेको ?
अछामबाट प्रतिनिधिसभा प्रत्यक्ष क्षेत्र नम्बर १ भारतीय नेपाली कांग्रेसका उम्मेद्वार भरत कुमार स्वारले चुनाव भन्दा अगाडि नै हार स्विकार गरिसक्नु भयको छ। राष्ट्रिय राजनीतिका होनहर ब्यक्तित्व नेकपा एमालेका उपादक्ष्य भिम रावलसँग प्रतिस्पर्धामा उत्रिनु भएका स्वारले रावल सँग प्रतिस्पर्धा गर्नु भनेको फलामको चिउरा चपाउनु सरह भएको भन्दै साथीहरुको उक्साहठले आफ्नो राजनीतिक एबम ठेकेदारी करीअर नै धरापमा पर्न लागेको बताउनु भएको छ।
Image may contain: 8 people, people sitting and people standing
साथै उहाले आफ्नै वडाका लेफ्ट ह्यान्ड राईट ह्यान्ड बिशेष सहयोगि कांग्रेसका पूर्वजिल्ला उपसभापति जयन्द्र स्वार र नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा महिला संघ अछामकी पूर्वसभापति राधिका भुजेल नेकपा एमालेमा प्रवेश गर्दा किन उम्मेद्वार भए भनेर पछुतो लागेको बताउनु भयो।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न शुक्रबार अछाम आए कै दिन भुजेल एमाले प्रबेश गर्दा अछाम कांग्रेसमा ठुलै भुइचलो गएकोछ भने आम कार्यकर्तामा निरासपन छाएको छ। एक कांग्रेस सकृय कार्यकर्ताले नाम नलेखी दिने सर्तमा भने: आजसम्म नेता, आमकार्यकर्ताले गरेको मेहनत बेकार भएजस्तो लाग्यो। कांग्रेसका महत्वपूर्ण प्रभावसाली व्यक्तिहरु धमाधम एमाले मा जादा कांग्रेसले लज्जास्पद हार बेहोर्नु बाहेक बिकल्प छैन। आम् कार्यकरता त नुन खाएका कुखुरा जस्ता भएका छौ।
 
केही दिनअघिमात्रै नेता स्वारकै वडाबाट कांग्रेसका पूर्वजिल्ला उपसभापति जयन्द्र स्वार ३५ बर्से कांग्रेसको राजनीतिमा अन्कुस लगाउदै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए भने शुक्रबार नै ३० बर्से कांग्रेसको राजनीति समाप्त गर्दै नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा महिला संघ अछामकी पूर्वसभापति राधिका भुजेल नेकपा एमालेमा प्रवेश गरेकी छन् । भरतकुमार स्वाँर र भुजेल पनि एउटै वडाबासी हुन् ।

शुक्रबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महिला नेत्री भुजेललाई फूलमाला र टीका लगाएर एमालेमा स्वागत गरे । साँफेबगर नगरपालिका वडा नम्बर–७ रिडिकोटमा आयोजित वाम गठबन्धनको चुनावीसभामा भुजेल एमाले प्रवेश गरेकी हुन् । नेपाल महिला संघ नेपाली कांग्रेसको भगिनी संगठन हो ।

No comments:

Post a Comment