Nov 18, 2017

खल्तीको कागज भाषण हो कि ज्ञापनपत्र नचिन्नेले कसरी शान्ति सुरक्षा दिन्छ भन्दै देउवा माथी खनिए रबि लामिछाने (भिडियो)



काठमाडौं । निर्वाचनको मुखमा देशभरी उमेदवारलाई लक्षीत गरी बम बिस्फोट गराइएको छ । जताततै भयको वातावरण श्रृजना गर्न खोजीएको छ। तर दुखको कुरा यो मुलुकमा हुन गइएरहेको ऐतिहासीक चुनावको बेला देशमा गृहमन्त्री नै छैनन् । तपाई भन्न्ु होला प्रधानमन्त्री शेर बहादुर देउवा नै गृह मन्त्री पनि हुन ।
खल्तीमा भएको कागज भाषणको हो कि ज्ञापन पत्र हो थाहा नहुने,अझ भएको मााइकमा भाषण कस्ले लेखेको भनेर सोध्ने प्रधानमन्त्री ज्युबाट गृहमन्त्रालयको थप भार कसरी सम्हालीएला? सुन्दा चित्त दुखेको हो भने त्यस्तो सानो चित्तलाई फराकिलो पार्नुहोस । एक त मतदाताहरु शिक्षीत छैनन् र भोटहरु अत्याधिक वदर हुने प्रवल सम्भावना छ । त्यसमाथि दैनिक बम पड्काएर मतदातालाई तर्साउन खोज्नेहरुलाई यसरी नै छाडा छोडी दिने ?भोट हाल्न जानेले पुर्णरुपमा सुरक्षीत महशुस गर्नु परेन ? यो इराक हो ?अफगानस्तान हो,सिरीया हो ?क्रान्तीका नाउमा बम पड्काउने कामलाई आतंकवाद भनिन्छ । यस्ता कृयाकलाप गर्नेलाई आतंकवादी भन्न नसकिने ? क्या गज्जब र क्या डर छेरुवाहरुको झुण्ड छ राजनितिमा ।
भारतले नाकाबन्दी गरेर जनजिवन कष्टप्रद बनाइ दिदा त्यसलाई भारतले गरेको नाकाबन्दी भन्नन सक्ने । देश भर उमेदवारलाई लक्षित गरी व्वाङ व्वाङती बम पड्काउने र मान्छे मार्न खोज्ने मानिस र समुहलाई आतंकवादी भन्न नसक्ने ?जनता निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न चाहान्छन् तर सरकार यो के तमासाहो ?चुनाव विथोल्न चाहने शतिmहरुको बारेमा सरकारलाई थाहा छैन ? छैन भने गृहमन्त्रालयले यत्तिका धेरै इन्टेलीजीन्स किन पालेको ? सुनिन्छ केही दुष्ट छिमेकीहरु र रुष्ट मित्र राष्ट्रहरुलाई यो देशमा चुनाव भएको मन परेको छैन रे कतै बम पड्काउनेहरु यिनै दुष्ट र रुष्टहरुको पैसामा त चलिरहेको छैनन?
यो मुलुकको सुरक्षा व्यवस्था त्यत्ती कमजोर पनि छैन कि २ /४ जना गुच्चा खेल्ने उमेरका फुच्चाहरुले प्रेसर कुकर बोकेर पड्काउँदै हिड्दा पनि मुलुकको प्रहरी र सेना बुट बजारेर मात्र बसोस । मुलुकको शान्ती,स्थाइत्व विकास र परीवर्तन चाहने हर कोहीको मनको आवाज हो यो । शायद तपाईको क्रान्तीको अन्तिम लक्ष पनि यहि होला त्यसैले महानक्रान्तीकारी ज्युहरु ,प्रेसर कुकरहरु दालभात तरकारी पकाउन मात्रप्रयोग गरौँ,जनताथाके हजुर । जनता बुलेट होइन व्यालेट चाहन्छन् ।

वर्षमान पुनलाइ आक्रमण गरेकै दिन विप्लवले देउवासंग भेट गरेको खुलासा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा र रुकुममा आफ्ना पार्टीका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट र गोली प्रहार गर्नेलाई सरकारले संरक्षण गरेको बताइरहेकै बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको खुलासा भएको छ ।
शनिबार रोल्पामा माओवादी नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमाथि गोली प्रहार भएकै दिन चन्द र विश्वकर्मा प्रधानमन्त्री भेट्न राधजानी भित्रिएका थिए । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा राजधानी छाडेर अर्धभूमिगत बसेका चन्द र विश्वकर्मा माओवादी उम्मेदवारलाई लक्षित गरी आक्रमण तीव्र पारिएकै बेला अकस्मात राजधानी आएपछि पार्टी पंक्ति शसंकित बनेको एक नेताले बताए । ‘उहाँहरु एउटा निश्चित अवधिसम्म राजधानी बाहिरै बस्ने भनेर जानुभएको थियो’, उनले भने, ‘तर एक्कासि काठमाण्डु आउनुले हामीलाई आश्चर्य लागेको छ ।’
पुनमाथि गोली प्रहार भएकै दिन शनिबार चुनावी कार्यक्रममा जान लागेका पुनमाथि गोली प्रहार भएको थियो । त्यसको एक दिनअघि पुन सवार गाडीलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको थियो । बिहीबार रुकुममा बिनाविभागीय मन्त्रीसमेत रहेका माओवादी केन्द्रकै नेता एवं संघीय प्रतिनिसधसभा सदस्य उम्मेदवार जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी विप्लव कार्यकर्ताले बम विस्फोट गराएका थिए ।
स्रोतका अनुसार पुनमाथि गोली प्रहार भएको दिन नेताद्वय चन्द र विकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा भएको कुराकानीका बारेमा भने आफूलाई जानकारी नभएको ती नेताले बताए । सरकार नेतृत्वकर्ता काँग्रेस र नेकपाबीचको साँठगाँठलाई काँग्रेसबाट संघीय प्रतिनिसधसभामा उम्मेदवार रहेका अमरसिंह पुनको भनाइले पनि पुष्टि गर्छ । पुनले विज्ञप्ति जारी गरेरै पुन र शर्मालगायतमाथि आक्रमणको योजना बनाउने काममा संलग्न नेकपाका पक्राउ परेका नेता रिहाइको माग गरेका थिए ।
सोही आधारमा माओवादी र एमाले सम्मिलित बाम गठबन्धनले काँग्रेस–नेकपा कनेक्सन रहेको आरोप लगाउँदै आएको छ । बम विस्फोट र गोली चलाउनेहरुलाई कारबाही गर्नुको साटो सरकारले संरक्षण गरिरहेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।