Nov 19, 2017

१५ सालमा चुनाव हार्ने डरले भागेर बनेपा पुगेका गणेशमान सिंहले चुनाव जिते पछिको भाषणमा भने ‘मामपाकाहरु स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउछ, भोट चाँहि दस हजार!’

Facebook Share
 Tweet
 Email
२०१५ सालको पहिलो आम निर्वाचनमा गणेशमान सिंह क्षेत्र नं १ काठमाडौंबाट उम्मेदवार बनेका थिए । राणा शासनका विरुद्ध ज्यानको बाजी लगाएर लामो संघर्ष गरेका सिंह २००७ सालपछि पटक–पटक मन्त्री पनि भइसकेका थिए।

कांग्रेसका प्रभावशाली नेता अनि काठमाडौंका स्थानीय भएकोले काठमाडैंमा उनको सहज जित अनुमान गरिएको थियो। शुरुमा उनले काठमाडौं बाहेक देशका अन्य भागमा पनि कांग्रेसका पक्षमा चुनाव प्रचारमा जाने योजना बनाएका थिए।
तर सिंह आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्किन सकेनन्। सिंहका बलिया प्रतिस्पर्धी थिए – कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ। उनका दाजु गंगालाल श्रेष्ठ राणाकालका शहिद थिए। त्यसको सहानुभुतिले पनि पु्ष्पलाल बलिया प्रतिसपर्धी थिए । जनतामा राणाबिरोधी भावना थियो । पुष्पलाल नेवारी र नेपाली दुवै भाषामा भाषण गर्थे । उनको भाषण गर्ने कला पनि निकै आकर्षण थियो।
गणेशमानको क्षेत्रमा अर्का प्रतिसपर्धी थिए — पूर्वप्रधानमन्त्री के आई सिंह।
कांग्रेस र कम्युनिष्टका बिचमा अहिले जस्तो आरोप थिएन, तर प्रशस्त सैद्धान्तिक बहस हुन्थ्यो।
गणेशमान सैद्धान्तिक रुपमा अडान भएका नेता थिए, तर राम्रो भाषण गर्ने, बहस गर्ने खुवी उनमा थिएन। उनी धेरै हासीमजाक गर्थे । कम्युनिस्ट आयो भने दाल भात तरकारी सबै सरकारी हुन्छ भनेर समेत भाषण गर्थे ।
पुष्पलालसँग चर्को प्रतिस्पर्धा भएपनि उनको प्रचार शैलीले गणेशमान झस्कीन्थे। गलामा माला लगाएर काठमाडौंका चोक गल्लीमा पुग्दा पुष्पलाल जित्यो–जित्यो गणेशमानले हार्यो, हार्यो भन्ने नारा लाग्ने गर्थ्यो।
त्यसैले पुष्पलालको आक्रमक चुनावी अभियानले गणेशमानलाई रक्षात्मक बनाएको थियो ।
उम्मेदवारी दर्ता गर्ने क्रममा गणेशमानका कार्यकर्ताले दाईले दुई–चारवटा आमसभालाई सम्बोधन गरे पुग्छ । अरु हामी सम्हाल्छौ भनेर भनेका थिए । तर परिस्थिति यस्तो बन्न पुग्यो चुनाव नजिकिदै गएपछि गणेशमान हार्दैछन भन्ने हल्ला शहरभरी फैलीयो । हार्ने हल्ला फैलिएपछि गणेशमान टोल–टोलमा मत माग्दै हिडेका थिए । टोल–टोलमा मात्रै होइन उनी ढोकाचोटासम्म पनि पुगे।
सिंहलाई पुष्पलाल मात्रै होइन, के आई सिंहको पनि चुनौती थियो। के आई सिंहले जेलबाट भाग्ने गणेशमान वीर कि म वीर भन्दै भाषण गर्थे। के आई सिंहलाई पुर्व सैनिक र पाका मान्छेहरुको साथ र समर्थन थियो।
चुनाव सकिदा गणेशमान सिंहलाई हार्छु भन्ने लागिसकेको थियो। हारियो भने बेइज्जत हुन्छ भनेर उनी बनेपा गएर बसेका थिए। मतगणना भइन्जेलसम्म उनी काठमाणडौं फर्किएनन्।
काठमाडौंबाट चुनाव जितेको खबर लिएर उनलाई लिन जिप बनेपा पुगेपछि मात्र उनी काठमाडौं फर्कीन तयार भए। गणेशमानले पुष्पलाललाई ३ हजार भन्दा बढी अन्तरले हराएका थिए ।
काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई बोल्दै गणेशमानले काठमाडौंको जनता दास हो, राणशासनका बिरुद्ध लडेको मलाई झण्डै चुनाव हराएन भनेर आक्रोसपुर्ण भाषण गरे।
भाषणमा उनले भने, ‘मामपाकाहरु स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउछ, भोट चाँहि दस हजार!’
 (स्रोतः जगत नेपालको पुस्तक ‘पहिलो संसद बीपी–महेन्द्र टकराव’ बाट संपादन सहित साभार)

झापामा केपी ओली गर्जिए ‘देउवा ज्ञानेन्द्रले असक्षम् घोषणा गरेका प्रधानमन्त्री हुन्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।
शनिबार साँझ झापाको दमकमा आयोजित आफ्नै निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने- ‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । त्यही अनुसारको व्यवहार गर्नुहोला ।’
फाइल फोटो
चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्‍याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।
ओलीले अगाडि भने- ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’
आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने- ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं, अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो !’
एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।
झापा निर्वाचन क्षत्रे नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड र बद्री पंगेनी लगायतका कलाकारलाई समेत दिएर शनिबार ओली दमक पुगेका थिए ।
कार्यक्रममा उनले प्रंचण्डलाई मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर सम्वोधन गरे । झापा आउनुभएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको बताए ।
कम्युनिष्टहरुको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे । उनले भने- ‘अब कम्युनिष्ट एकता भयो, भयो । अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्यो बन्यो । देश भ्रष्टाचारमुक्त भयो भयो ।’
एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा दिए । उनले भने- ‘यो नालायक कांग्रेस सरकार हो, ज्ञानेन्द्रले समेत असक्षम नालालक भनेर हटाएको हो ।’