Nov 26, 2017

किन खस्यो कम मत ? शहरमा कामैकाम, गाउँमा निराशा र बम !

कम भोट खस्दा कांग्रेसलाई फाइदा भो कि वामलाई ?

समाचार टिप्पणी
१० मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए ।

नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण हुन सक्छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भनेजस्तै एउटा प्राकृतिक कारण हुन सक्छ । तर, केही कारणहरु चाहिँ यादवले भनेको भन्दा बेग्लै छन् । आखिर पहिलो चरणको आम चुनावमा किन स्थानीय निर्वाचनको भन्दा कम प्रतिशत मत खस्यो ?
यसका केही कारणबारे विश्लेषण गरौंः

पहिलो कारणः ठूला शहरमा सार्वजनिक विदा दिइएन
कतिपय पहाडी जिल्लाका मतदाताहरु ठूलो संख्यामा काठमाडौं उपत्यकामा पेशा व्यवसाय गरी बसेका छन् । जस्तो- कि काठमाडौं उपत्यकाको नजिकै पर्ने धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका हजारौं मतदाता राजधानीमा बसोबास गर्छन् ।

ती जिल्लाका बासिन्दाहरु काठमाडौंमा व्यापार व्यवसाय गर्ने, ट्याक्सी चलाउनेदेखि सरकारी र निजी क्षेत्रमा जागिर खाने काम गर्छन् । उपत्यका वरपरका जिल्लाका गाउँ नै खाली बनाएर उनीहरु शहर पसेका छन् । भूकम्पपछि त झनै गाउँहरु रित्तो अवस्थामा छन् । उनीहरुको मतदाता नामावलीमात्रै गाउँमा छ, मानिसहरुचाहिँ शहरमा छन् ।
यसका साथै उपत्यकाका मतदातालाई जिल्लामा ओसार्नका लागि दलहरुले पनि खासै खर्च गरेको देखिएन, कतिपयले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरे पनि सिट नभरिएको गुनासो गरिरहेको सुनिन्थ्यो
रामेछापसम्म मात्रै होइन, गोरखा, लमजुङ, ओखलढुंगा, सोलु, खोटाङ र भोजपुरसम्मका धेरै मतदाताहरु राजधानीमा बस्छन् । आइतबारको मतदान हुनुभन्दा दुई दिन अघिदेखि केही मानिसहरु भोट हाल्न आ-आफ्नो गाउँमा गए पनि अधिकांश मतदाताले यसपालि राजधानी छाडेनन् ।

उपत्यका आसपासका मतदाताले राजधानी नछाड्नुका पछाडि दुईवटा कारण देखिन्छन्ः एक त सरकार र निजी कम्पनीहरुले पहिलो चरणमा राजधानीमा सार्वजनिक विदा दिएनन् । दोस्रो- अधिकांश मतदाताहरुमा भोट हालेर के पाइन्छ र भन्ने निराशा पैदा भएको देखियो ।

यसका साथै उपत्यकाका मतदातालाई जिल्लामा ओसार्नका लागि दलहरुले पनि खासै खर्च गरेको देखिएन । कतिपयले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरे पनि सिट नभरिएको गुनासो गरिरहेको सुनिन्थ्यो । यसले के पुष्टि गर्छ भने यसपालि उपत्यकामा रहेका जिल्लाबासीहरु गाउँ र्फकन खासै उत्साहित देखिएन । त्यसो त काठमाडौंमा सार्वजनिक विदा नदिइएजस्तै अन्य शहरमा पनि छुट्टी नपाएका कारण मतदाताहरु पहाड उक्लिएनन् । जस्तो दोस्रो चरणमा चुनाव हुने झापा, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा सार्वजनिक विदा नदिइँँदा त्यसको असर ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर र खोटाङसम्म पर्न गयो ।

त्यस्तै चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र सुर्खेतदेखि लिएर धनगढीसम्मका शहरहरुमा रहेका मतदाताहरु खासै पहाड उक्लिएनन्, जसले गर्दा स्थानीय चुनावको भन्दा निकै कम प्रतिशत मत खस्यो ।

दोस्रो कारणः उच्च पहाडी भेगमा कम बसोबास
बढ्दो बेरोजगारी, सुविधाहरुको अभाव अनि सम्भावनाको खोजी गर्दै उच्च हिमाली भेग र पहाडका मानिसहरु स्वदेश र विदेशका सहरतिर जाने भएकाले पनि कम मत खसेको हुनुपर्छ । स्थानीय चुनाव बैशाख/जेठ महिनामा भएकाले शहरमा काम गर्न गएकाहरु खेती लगाउन गाउँ फर्किएको मौका थियो । जस्तो कि पाँचथरका अधिकांश मानिसहरु सिक्किमतिर काम गर्न गए पनि मकै छर्ने बेलामा गाउँ फर्किएका हुन्छन् । तर, यतिबेला चाहिँ उनीहरु बाली उठाएर कामको खोजीमा पारि तर्छन् । 

पश्चिम पहाडको हकमा पनि यही कुरा सत्यो हो । हिउँद लागेका कारण पश्चिम पहाडका मानिसहरु लर्को लागेर भारततिर कामको खोजीमा जाने बेला हो अहिले । र, यही कारणले गर्दा पनि उच्च हिमाली भेगमा कम मत खसेको हुन सक्छ । यसका साथै उच्च हिमाली भेगमा जाडो बढेका कारणले पनि मानिसहरु न्यानोको खोजीमा गाएँ छाडेर अन्यत्रै लागेकाले लागेकाले मतदानस्थलसम्म नआएको अनुमान लगाउन सकिन्छ ।

तेस्रो कारणः बमकाण्ड र झडपको डर
स्थानीय चुनावमा भन्दा आम चुनावमा कम मत खस्नुको अर्को कारण मतदाताहरुमा सुरक्षाको प्रत्याभूति हुन नसक्नु पनि एउटा महत्वपूर्ण कारण हुन सक्छ । मतदान स्थलमै बम पडि्कनु र चुनावमै लडेका दलका वीचमा पनि ह्याकुलो र बाहुबलको धम्की सुनिनुले मतदाताहरुलाई त्राशमा पारेको हुन सक्छ । धादिङलगायतका कतिपय जिल्लामा मतदातालाई रोक्ने र हुलदंगा गर्न खोज्ने प्रयासहरु भए, जसले मतदाताको संख्या घटाउने भूमिका खेल्यो ।
तर, आशा गरौं, उच्च हिमाली भेगको भन्दा तराईको स्थिति केही फरक छ । र, दोस्रो चरणमा मत प्रतिशत केही बढी हुनेछ ।

चौथो कारणः राजनीतिप्रति जनतामा निराशा
स्थानीय चुनावमा मतदाताहरुले आफैं गाउँ-गाउँमा गएर उत्साहपूर्वक मतदान गरेका थिए । तर, यो चुनावमा नेताहरुको व्यवहार देखेर जनतामा दिक्दारीपन आएको समेत अनुमान गर्न सकिन्छ ।
पहिलो चरणको मतदान हुनु अघिसम्म दलका नेता र मिडियालेसमेत स्थानीय चुनावमा खसेको मतका आधारमा कुन पार्टीको भोट कति छ भन्ने व्याख्या गरिरहेका थिए तर, अब स्थानीय चुनावको भन्दा १०/१५ प्रतिशत कम मत खसेका कारण विगतको मत परिणाम छताछुल्ल हुने स्थिति आएको छ
स्थानीय चुनावबाटै मतदाताहरु दिक्क भइसकेको महसुस गर्न सकिन्छ । नेताहरुमा देखिएको खिचातानी, भड्किलो व्यवहार, उम्मेदवारीमा भएको विकृति एवं आर्थिक चलखेल लगायतका कारण मतदातामा खासै उत्साह नदेखिएको पनि हुन सक्छ । स्थानीय चुनावको भन्दा करिब १०/१५ प्रतिशत नै मत कम खस्नु भनेको लोकतन्त्रका लागि चिन्ताको विषय हो ।

कम मत खस्दा कसलाई बढी घाटा ?
पहिलो चरणको मतदान हुनु अघिसम्म दलका नेता र मिडियालेसमेत स्थानीय चुनावमा खसेको मतका आधारमा कुन पार्टीको भोट कति छ भन्ने व्याख्या गरिरहेका थिए । तर, अब स्थानीय चुनावको भन्दा १०/१५ प्रतिशत कम मत खसेका कारण विगतको मत परिणाम छताछुल्ल हुने स्थिति आएको छ । स्थानीय चुनावको भन्दा मतदाताहरु केही थपिएकाले अंक गणितमा खासै ठूलो फरक नपर्ला, तर कम मत खस्दाखेरि यसको नकारात्मक असर नेपाली कांग्रेसलाई भन्दा बढी वामपन्थीहरुलाई पर्न जाने देखिन्छ । किनभने वामपन्थीहरुले चुनावी तालमेलबाट बढाएको मत बाकसमा कम पर्नु भनेको उनीहरुका लागि निकै ठूलो घाटाको विषय हो ।

कम प्रतिशतमात्रै मत खस्दा कांग्रेसलाई पनि घाटा त लागेको छ नै, त्यो भन्दा बढी घाटा बहुमतको सरकार बनाउने दाबी गरिरहेका वामपन्थीहरुलाई घाटा पर्न सक्ने देखिन्छ । र, कम प्रतिशतमात्रै मत खस्दाखेरि यसको सोझो असर समानुपातिक सीटमा पनि पर्ने निश्चित छ ।

चुनाव जित्न बिधुत पोल गाड्न लागिएको हो: वडाअध्यक्ष गणेश बोगटी

मतदातालाई प्रभावित गर्न विद्युतको पोल

चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा वडा अध्यक्षको पहलमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । र यो सब   वडा अध्यक्षको पहलमा स्थानीयले भईरहेको आरोप लगाएका छन् ।
निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीयले जानकारी दिनुभयो ।मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको स्थानीयको भनाई छ ।यस अघि स्थानीय तहको चुनावको पनि आचारसहिंता विपरित काम भएको खबर छ ।

मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा मार्कुमा विद्युत पोल गाड्ने र तान्ने कामको वारेमा नेपाल विद्युत प्राधिकरण साँफेबगरले बेखबर जनाएको छ । प्राधिकरणको स्विकृत विना विद्युत पोल गाड्ने र तान्ने काम भएको भए निरिक्षण गरेर रोकिन साँफेबगरका प्राधिकरण प्रमुख रौशन कुमार ठाकुरले बताउनुभयो । भोली नै मार्कुमा गएर उक्त विद्युत पोल गाड्ने र तान्ने काम रोकिने बताउनुभयो ।

चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष गणेश वोगटीले विद्युत पोल गाड्ने र तान्ने विषयमा यसअघि छलफल भएपनि चुनाव जित्न पोल गाड्न लागिएको बताउनुभयो । मार्कु कांग्रेस तथा नेपाली कांग्रेस समर्थक बिद्यालयका र बोर्डिङका मार्कुका शिक्षकहरुको आकस्मिक बैठक बसी;अहिले पोल गाड्दा कांग्रेसले हालिदिएजस्तो हुने र भोट कांग्रेसले पाउने हुँदा पहिले देखिकै योजना भएपनी हामीले रोकेका थियौ।  मैले स्थानिय चुनावमा पनि यस्तै गरेर जितेको थिए। नभएत यो एमालेकै गढ होनी।

वडाअध्यक्ष बोगटीले अगाडि भन्नुभयो: हुन त मार्कु बासिले बिजुली बाल्न पाउनमा एमालेका नेता भिम रावलले गर्दा नै हो किनकी उहाले नै मार्कुको लागि ट्रान्स्फर्मर हेटौंडा बाट ल्याउनु भएको हो २ बर्ष अगाडि  उहाँले नेपाल विद्युत प्राधिकरण साँफेबगरलाई जानकारी नगराउनु कमजोरी रहेको स्विकार गर्नुभयो । तर सामान्य विषयलाई लिएर उजुरी दिने कार्य ठिक नभएको बताउनुभयो ।

मार्कुमा निर्वाचन आचारसंहिता बिपरित बिधुत पोल बिस्तार: चुनाव जित्न पोल गाड्न लागिएको हो: वडाअध्यक्ष गणेश बोगटी

मतदातालाई प्रभावित गर्न विद्युतको पोल

चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा वडा अध्यक्षको पहलमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । र यो सब   वडा अध्यक्षको पहलमा स्थानीयले भईरहेको आरोप लगाएका छन् ।
निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीयले जानकारी दिनुभयो ।मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको स्थानीयको भनाई छ ।यस अघि स्थानीय तहको चुनावको पनि आचारसहिंता विपरित काम भएको खबर छ ।

मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा मार्कुमा विद्युत पोल गाड्ने र तान्ने कामको वारेमा नेपाल विद्युत प्राधिकरण साँफेबगरले बेखबर जनाएको छ । प्राधिकरणको स्विकृत विना विद्युत पोल गाड्ने र तान्ने काम भएको भए निरिक्षण गरेर रोकिन साँफेबगरका प्राधिकरण प्रमुख रौशन कुमार ठाकुरले बताउनुभयो । भोली नै मार्कुमा गएर उक्त विद्युत पोल गाड्ने र तान्ने काम रोकिने बताउनुभयो ।
चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष गणेश वोगटीले विद्युत पोल गाड्ने र तान्ने विषयमा यसअघि छलफल भएपनि चुनाव जित्न पोल गाड्न लागिएको बताउनुभयो । मार्कु कांग्रेस तथा नेपाली कांग्रेस समर्थक बिद्यालयका र बोर्डिङका मार्कुका शिक्षकहरुको आकस्मिक बैठक बसी;अहिले पोल गाड्दा कांग्रेसले हालिदिएजस्तो हुने र भोट कांग्रेसले पाउने हुँदा पहिले देखिकै योजना भएपनी हामीले रोकेका थियौ।  मैले स्थानिय चुनावमा पनि यस्तै गरेर जितेको थिए। नभएत यो एमालेकै गढ होनी।
वडाअध्यक्ष बोगटीले अगाडि भन्नुभयो: हुन त मार्कु बासिले बिजुली बाल्न पाउनमा एमालेका नेता भिम रावलले गर्दा नै हो किनकी उहाले नै मार्कुको लागि ट्रान्स्फर्मर हेटौंडा बाट ल्याउनु भएको हो २ बर्ष अगाडि  उहाँले नेपाल विद्युत प्राधिकरण साँफेबगरलाई जानकारी नगराउनु कमजोरी रहेको स्विकार गर्नुभयो । तर सामान्य विषयलाई लिएर उजुरी दिने कार्य ठिक नभएको बताउनुभयो ।

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !



१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।
‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् ।

उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक-पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

गोरखा २ मा पैसा, मासु र रक्सीको चर्चा
बिकास मरहट्टा
१० मंसिर, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा-८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।

गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख रुपैयाँ भेटिएको आज राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका- ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको माओवादी केन्द्रका एक नेताले अनलाइनखबरलाई बताए ।
अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले अनलाइनखबरसँग भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनावी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’
पैसा बाँडेको एकअर्कामाथि आरोप
बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी नयाँशक्ति पार्टीका समानुपातिक उम्मदेवारको रहेको सो पार्टीले जनाएको छ ।

तर, नयाँ शक्ति पार्टीले मतलादाहरुलाई रक्सी र मासु खुवाउनेदेखि पैसा बाँड्नेसम्मका काम गरिरहेको माओवादी केन्द्रका नेताहरुले दाबी गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने- ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’

उता श्रेष्ठका प्रत्यासी डा. बाबुरामले भने- ‘यो यथार्थ होइन, हामीले त्यसरी पैसा बाँड्ने कल्पना पनि गर्न सकिँदैन । बाबुरामको नेचर नै त्यस्तो होइन । बरु उहाँहरुले गाउँगाउँमा कति खर्च गरिरहनुभएको छ, हामीलाई थाहा छ ।’

गुप्तचरको रिपोर्ट सार्वजनिक: ७०% सिट बामगठबन्दनले जित्ने


 वाम गठबन्धन वारे गुप्तचरको रिपोर्ट, को कमजोर, को गतिला ?


काठमाडौँ। वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली काँग्रेसका नेताहरूले भनेझैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरू कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणात्मक रिपोर्ट बुझाएको छ ।

त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली काँग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भावना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरूले प्राप्त गर्नसक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा पार्टीहरूले प्राप्त गरेको मतसंख्या तथा प्रतिशत, त्यसपछि बढेका मतदाता संख्या र त्यसको सम्भावित बाँडफाँडसमेतको आधारमा दलहरूको भविष्यबारे गरिएको आँकलनले नेपाली काँग्रेस दोस्रो बन्ने देखाएको छ ।

गठबन्धनमा सामेल गराउन काँग्रेसले राजपाको मागबमोजिम सिट उपलब्ध गराउने दबाव झेल्नु पर्नेछ भन्दै वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरूमा प्राप्त मतलाई समेत आधार बनाइएको छ । नेपाली काँग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकि एमालेले ३४ प्रतिशत मत हात पारेको थियो ।

प्रत्यक्षतर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ भन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्रापको मत प्रतिशत हो । माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ । छलफलमा खबर रहेको छ। त्यसबेला प्रत्यक्षतर्फ १५ प्रतिशत र समानुपातिकतर्फ १७.७९ प्रतिशत मत पाएको माओवादीले स्थानीय तह निर्वाचनमा पनि १७ प्रतिशत मत ल्याएको छ । संविधानसभाको दोस्रो निर्वाचनको बेलाभन्दा अहिले मधेशी फोरम पनि धेरै खस्किएको देखिँदैन । त्यसबेला पनि ४ प्रतिशतको हाराहारीमा रहेको फोरमले स्थानीय तहमा सोही हैसियत कायम गरेको पाइन्छ ।

जबकि राप्रपा नेपाल र राप्रपाले क्रमशः ८ र ६ प्रतिशतको हाराहारीमा ०७० सालमा मत प्राप्त गरेकोमा अहिले ३ प्रतिशतको आसपासमा खुम्चिनु परेको छ । संविधानसभाको दोस्रो निर्वाचनताका १५.९३ प्रतिशत अन्य साना दललाई प्राप्त भएकोमा ०७४ सालमा त्यस्ताले जम्मा १.८३ प्रतिशतमात्र पाएको हिसावमा अब मतदाताहरू ठूला दलहरूतर्फ बढी आकर्षित भएको स्पष्ट देखिन्छ । त्यस्तो प्रवृत्तिले गठबन्धन अझ मजबुत बन्ने र सानाको अस्तित्व नामेट पार्ने सम्भावनातर्फ त्यो रिपोर्टले इंगित गरेको छ ।

वाम गठबन्धनबाट काँग्रेसीहरू जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएकै कारण होला चुनाव रोकी छाड्ने मनस्थितिबाट कोहीकोही विस्तारै पछि हटेको संकेत देखिँदैछ । ०७० सालको निर्वाचनमा एमाले, माओवादी केन्द्र, जनमोर्चाले समानुपातिकतर्फ क्रमशः २८, १७.७९ र ०.९८ ल्याएर जम्मा ४७.६६ प्रतिशत समानुपातिक र ४०.८० प्रतिशत प्रत्यक्ष हासिल गरेकोमा स्थानीय तह निर्वाचन २०७४ मा यी वाम दलले ५१.८७ प्रतिशत मत ल्याएको देखिएको छ । वाम गठबन्धनमा नेपाल परिवार दल, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चा तथा सीपी मैनालीको मालेबाट समेत केही मत जोडिएको छ ।

नयाँशक्ति गठबन्धनमा नरहँदा पनि वाम गठबन्धनको पक्षमा ५१.३४ प्रतिशत मत रहेको ०७४ को स्थानीय तह निर्वाचनले देखाएको छ ।

सो रिपोर्टमा यही तथ्यांकको आधारमा अबको प्रतिनिधिसभामा वाम गठबन्धनका दलहरूमध्ये एमालेले ६० सिट प्रत्यक्षतर्फ जित्ने आँकलन गरिएको छ । जसमा १० सिट तलमाथि हुनसक्ने जनाइएको छ । एमालेले प्रत्यक्षतर्फ ९० सिट मात्र लिँदैछ । जबकि उसले माओवादीसँग गरिएको प्रतिशत बाँडफाँडको आधारमा १०७ सिट पाउनुपर्ने हुन्थ्यो । त्यसैगरी ५६ सिट माग गरेको माओवादीले ५३ सिट पाउनु पर्ने हुन्छ भने उसले ३५ (+– ७) सिटमा विजय हासिल गर्ने अनुमान रिपोर्टमा छ ।

यदि वाम गठबन्धनमा रहेको भए नयाँ शक्तिले दुई सिट जित्ने आँकलनमा उल्लेख छ । उसले प्रतिशतका आधारमा पाउनुपर्ने पनि २ सिट नै हो । तर १५ सिट दाबी ग¥यो र अन्ततः वाम गठबन्धनबाट बाहिरिई काँग्रेससँग नजिकियो । त्यसैगरी राष्ट्रिय जनमोर्चा, परिवार दल, नेकपा संयुक्तले क्रमशः २, १, १ सिट जित्ने अनुमान सो रिपोर्टले गरेको छ ।

यसो हुँदा वाम गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ९० र बढीमा ११० सिट जित्ने उल्लेख छ । त्यसैगरी लोकतान्त्रिक गठबन्धन बनेको अवस्थामा काँग्रेसले ५० सिट, राजपा र संघीय समाजवादी फोरमले १५, लोकतान्त्रिक फोरमले ५, राप्रपा नेपालले १ र राप्रपा गणतान्त्रिकले बढीमा ३ सिट गरी सो गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ६३ र बढीमा ८० सिट जित्ने सम्भावना देखाइएको छ । तर, सो गठबन्धनमा राजपा र संसफो नरहेको हुँदा सोझै १५ सिट कम हुने देखिन्छ । रिपोर्टमा स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दै लेखिएको छ, ‘नेकपा एमालेले ३४.१४ प्रतिशत मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले ३४ प्रतिशत मत प्राप्त गरेको छ ।

यदि वाम गठबन्धनको भोट जोड्ने हो भने लोकतान्त्रिक गठबन्धनभन्दा १० लाख ३२ हजार ६७० मत अगाडि देखिन्छ । जुन ७.०६ प्रतिशतले लोकतान्त्रिक गठबन्धनको भन्दा बढी हो । तर स्थानीय तह निर्वाचनपछि १३ लाख ७३ हजार २४९ मतदाता थपिएका छन् । जसले गर्दा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको मत कति प्रतिशतको फरक पर्छ भन्न सकिँदैन । तर पनि वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा कम्तिमा ५ र बढीमा १५ प्रतिशत जति बढी मत प्राप्त गर्ने विश्लेषण गर्न सकिन्छ ।’ तर, लोकतान्त्रिक गठबन्धनको ठूलो शक्ति मानिएका राजपा र संसफो त्यहाँ नरहेको अवस्थामा वाम गठबन्धन निकै माथि पुग्ने देखिन्छ ।

रिपार्टमा दुवै गठबन्धन बनेको अवस्थामा एमालेले प्रत्यक्षतर्फ ६० (+–१०), समानुपातिक ३६ (+–५) गरी ९६ (+–१५), काँग्रेसले ५० (+–१०), ३५ (+–५) गरी ८५ (+–१५) माओवादीले ३५ (+–७), १६ (+–३) गरी ५१ (+–१०) फोरम र राजपाले १५ (+–५) ८ (+–३) गरी २३ (+–८) प्राप्त गर्ने अनुमान गरेको देखिन्छ । तर गठबन्धनमा राजपा र फोरम छैनन् भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले क्रमशः ६ र ४ सिट तथा लोकतान्त्रिक फोरमले ८ सिट प्राप्त गर्ने उल्लेख छ । अन्य दलले ५ सिट हात पार्न सक्ने अनुमान गरिएको छ ।