Nov 27, 2017

एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन केटीहरु ? थाहा पाइरख्नुहोस

एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन केटीहरु ? थाहा पाइरख्नुहोस
यौनको मामलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न । तर एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधार मा उसको यौनको मात्रा तथा तथा गन्ति गर्न सकिन्छ । पुरुषहरु मदिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो-याउने गरेको पाइन्छ ।
अन्य अवस्थामा यो मात्रा कति हुन्छ त ?

अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ ।

तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।

स्तन : आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।
५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन/दिन सक्नुहुन्छ ।

थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको त छैन? बिर्सेरपनि नगर्नुस यी काम जसले बनाउछ तपाईलाई नि:सन्तान!

के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।
एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।

सुपरड्रगले गरेको अध्ययनका क्रममा विर्यमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा गिरावट ल्याउनमा जिम्मेवार विभिन्न पक्षहरुको खुलासा भएको छ । अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ । अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ । बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ ।

चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।

धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।
सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ

पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ । घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्क्रिनको प्रयोगले सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।

लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा 
 जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।

साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्ट्रिक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर हुँदैन ।

पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ । त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्ट्रिक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि भटमास मिश्रित साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ ।

एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग, तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।

मतपेटिका बुर्तिबाङ ल्याउने गाडीमा काँग्रेसका एजेन्ट मात्र राखे, किन यसो भयो ?? पुरा पढ्नुहोस्



Share on Facebook
बुर्तिबाङ २०७४ मंसिर ११ । तमानखोला गाउँपालिकामा आइतबार मतदान सकिएसँगै मतपेटिका ल्याउने क्रममा बाम गठबन्धनका एजेन्टहरुलाई मतपेटिकासँगै आउन सुरक्षा निकायले रोकेको बाम गठबन्धनले आरोप लगाएको छ । 

मतदान शान्तिपूर्ण सम्पन्न भएसँगै मतपेटिका गाडीमा हालेर बुर्तिबाङ ल्याउने क्रममा सुरक्षा निकाय बाट काँग्रेस कार्यकर्ता भरेको तर बाम गठबन्धनका एजेन्टहरुलाई सँगै जान्छौ भन्दा पनि सुरक्षा निकायका प्रतिनिधिले हामी छौं जानु पर्दैन भनी राकेको माओवादी केन्द्रका सुर्य सिर्पालीले बताए ।
बामगठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र न.२ का प्रतिनिधि सभा उमेदवार देवेन्द्र पौडेलले अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रश्न गरेपछि बोंगादोभानको भालीबाङखोलामा मतपेटिका सहितको गाडी करिव १ घण्टा रोकिएको थियो ।

घटना पछि बुर्तिबाङबाट एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरक्षिक कृष्ण राना र बाम गठबन्धनका नेता, कार्यकर्ता राति नै उक्त स्थानमा पुगेर मतपेटिका इलाका प्रहरी कार्यालय बुर्तिबाङसम्म ल्याइ पु¥याइएको थियो ।

सुरक्षा निकायबाटै यस्तो व्यवहार गर्नुपछिको रहस्य के हो भनी सुरक्षा निकायलाई बाम गठबन्धनले प्रश्न गर्न थालेपछि हिजो राति अवेरसम्म बुर्तिबाङ इलाका प्रहरी कार्यालयमा कोलाहल भएको थियो । सोही क्रममा गठबन्धनका एक कार्यकर्तामाथि काँग्रेस कार्यकर्ताले आक्रमण गरि घाइते बनाएको बाम गठबन्धनले जनाएको छ । घाइतेको अहिले स्वास्थ्य संस्थामा उपचार भइरहेको बताईएको छ ।

सुरक्षा निकायसँगको मिलेमतोमा काँग्रेस कार्यकर्ताले मतपेटिका साटफेर गर्न वा अरु कुनै नियतले यस्तो घटना भएको माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्र अर्यालले आशंका व्यक्त गरेका छन् । तमान खोलाका सबै मतपेटिका अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । आज यस विषयको छलफलहुने बताइएको छ । साभार ई-बागलुंग

महिनावारी भएको कतिदिन मा यौनसम्पर्क राख्दा गर्भवती हुन् सकिन्छ, यसो भन्छन डाक्टर!

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ :
१. डिम्ब निष्कासन, 
२. यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण।
एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ

महिला यौनांग खुकुलो भयर यौनसम्पर्कमा सन्तुष्ट हुनुहुन्न? अब सजिलै घरमै यसरी बनाउनुहोस् यौनांग कसिलो

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो तीन वर्षको बच्चा छ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ । यसले गर्दा हाम्रो पारिवारिक जीवनमा नै दरार आउलाजस्तो भइसक्यो । यस्तो अवस्थामा म मेरो श्रीमान्लाई कसरी सन्तुष्ट पार्नसक्छु ? योनी टाइट पार्ने केही उपाय भए बताइदिनुभए आभारी हुने थिएँ ।
              बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । अधिकांश पुरुषलाई श्रीमतीले बच्चा पाएपछि उसको योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ, जसले गर्दा कतिपयको यौन जीवनमा समस्या उत्पन्न हुने गरेको छ । मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।

कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुने गरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ । जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।
 
महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ ।

केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो ! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ ।

नतिजा के आउला थाहा छैन, तर काँग्रेसका चार नेताले गरिसके चुनावपछि प्रधानमन्त्री बन्ने दाबी

११ मंसिर, काठमाडौं ।  दुई हप्ताअघि वहालवाला प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा चुनावी माहोल तयार गर्न आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा पुगे । देउवाले त्यहाँ दाबी गरे, ‘मेरा प्रतिद्वन्द्वीले जिते सांसद मात्रै, मैले जिते भावी प्रधानमन्त्री ।’ उनको भनाईको सिधा अर्थ थियो, निर्वाचनपछिको भावी प्रधानमन्त्री म नै हुँ । देउवाले अझै अगाडि भन्न भ्याए, ‘ज्योतिषले सात चोटी प्रधानमन्त्री बन्छस् भनेको छ ।’ अहिलेसम्म चारपटक प्रधानमन्त्री बनिसकेका देउवाले अझै तीनपवटक प्रधानमन्त्री बन्ने दाबी गर्दै थिए । र, निर्वाचनपछि पनि आफू नै प्रधानमन्त्री बन्ने बताएका थिए । आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउँदै मतदातासँग मत मागिरहेका छन् ।

सभापतिमात्रै के कम, काँग्रेस पूर्वउपसभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै तनहुँ–१ मा भोट मागिरहेका छन् । देउवाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको भोलिपल्टै पौडेल बोलेका थिए । उनले हरेक हिसाबले आफू भावी प्रधानमन्त्री भएकाले काँग्रेसलाई बहुमत दिलाउन मतदातासँग आग्रह गरेका थिए । उनी यसअघि चुनावी मैदानमा पटक–पटकसम्म भिडेर पनि असफल भएका नेता हुन् ।

केही दिनअघि काँग्रेसका अर्का बरिष्ठ नेता प्रकाशमानसिंहले पनि काठमाडौं क्षेत्र नं. १ का आफ्ना मतदातामाझ उही दाबी गरे । ‘म भावी प्रधानमन्त्री हुँ, मलाई भोट दिनुहोस्,’ उनी यसरी नै सार्वजनिक भइरहेका छन् ।
काँग्रेसमा भावी प्रधानमन्त्रीमा दाबी गर्नेको संख्या अझै बढ्दै छ । 

महामन्त्री शशांक कोइरालाले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरे । उनले सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गर्दै आफू्ले भावी सरकारको नेतृत्व गर्न सक्ने बताए । तर, सभापति देउवा, पौडेल र आफूमध्ये जसले पनि सरकारको नेतृत्व गर्न सक्ने उनको भनाई छ । जे होस्, उनले पनि आफू पनि भावी प्रधानमन्त्रीको दाबेदार भएको स्पष्ट संकेत गर्दै भने, ‘प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक होे, प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइन्छ ।’ उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको पनि संकेत गरे । नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार छन् ।

काँग्रेस नेताहरुले आफूलाई भावी प्रधानमन्त्रीको दावी गरे पनि चुनावी नतिजा के हुने टुंगो छैन । ठूला दुई दल एमाले र माओवादीको गठबन्धनसामु काँग्रेसको नतिजा लज्जास्पद आउन सक्ने अनुमान पनि भइरहेको छ ।  श्रोत न्युज सेवा

५७ करोड भ्रष्टाचारका आरोपी ५० लाख धरौटीमा रिहा

११ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, कोशी इटहरीमा भएको ६१ करोड रुपैयाँ अनियमिततामा संलग्न आरोपित टिकाराम अधिकारी ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतको आइतवारको थुनछेक आदेशले कारागार चलान भएका अधिकारी एक दिनपछि ५० लाख धरौटी बुझाएर सोमवार साधारण तारेकमा रिहा भएका हुन् ।

आइतवार अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद ढकालको संयुक्त इजलासले उनीविरुद्ध ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान भएका थिए । सोमवार उक्त धरौटी रकम बुझाएपछि रिहा भएका अदालतका प्रवक्ता नगेन्द्रकेशरी शाहले जानकारी दिए ।
राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगोदावी माग गर्दै गत ४ असारमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन लेखा अधिकृत अधिकारीसहित कार्यालयका आठ जना कर्मचारीविरुद्ध गत ४ असारमा आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । संलग्न अधिकारीहरूले कुल ६१ करोड २१ लाख रुपैयाँ राजश्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अनियमिततामा संलग्न रहेका आरोपित अन्य अधिकारीहरू भने अझै वयानका लागि अदालतमा उपस्थित भएका छैनन् । अख्तियारले अनियमिततामा संलग्न रहेको भन्दै कार्यालयका उपसचिवत्रय रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख, विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख र नयराज नेपालसँग २५ करोड १३ लाख रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही अनियमितताका आरोपित लेखा अधिकृत कुमारबहादुर कटवालसँग २ करोड १४ लाख, लेखापालहरू सुरेश अधिकारीसँग ६१ करोड २१ लाख, देवराज नेपालसँग ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालसँग पनि अख्तियारले २१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

आरोपितमध्ये उपसचिवद्वय दाहाल र पौडेलले भने अझै म्याद बुझ्न अस्वीकार गरेको अदालतले जनाएको छ ।
उनीहरूले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ को अवधिमा उक्त परिमाणको राजश्व हिनामिना गरेका थिए ।

सिरहामा प्रहरीमाथि गोली चलाउने ३ युवक पक्राउ


पक्राउ परेकाहरुबाट १ सय ५० ग्राम ब्राउन सुुगर र चाइनिज पेस्तोल बरामद


११ मंसिर, काठमाडौं । सिरहाको निरदनामा आइतबार दिउँसो प्रहरीमाथि गोली चलाउने ३ जनाको समूह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर–१, वेमर्खीका ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् ।

उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका थिए ।
उनीहरुले चेकजाँच भइरहेको वेला एक्कासि प्रहरीमाथि गोली प्रहार गरेका थिए ।
सोमबार धनुषाको शहीदनगर–२, स्थित चिरैया चोकमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

उनीहरुको साथबाट १ सय ५० ग्राम ब्राउन सुुगर र १ थान चाइनिज पेस्तोल समेत बरामद भएको छ ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।

एमाले-माओवादी एकता भाँड्ने षडयन्त्र नगर्न ओलीको चेतावनी

कपिल ज्ञवाली
११ मंसिर, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकता हुने बताएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को रुद्रपुर र भैरवामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थायीत्व र स्थिरतामार्फत समृद्ध मुलुक निर्माणको लक्ष्यमा पुग्न बाम गठबन्धन बनाइएको बताएका छन् । उनले एकता भांड्ने षडयन्त्र नगर्न चेतावनी दिए ।

संविधान कार्यान्वयनसँगै समृद्धिका लागि मुलुकले स्थिरता र स्थायीत्व पाउन जरुरी रहेको भन्दै उनले यसका लागि पनि वाम गठबन्धनले जित्नुपर्ने बताए । धन कमाउन, पैसा कमाउन, आफन्तलाई जागिर लगाइदिन र लुटेर खान नभई नभइ देश बनाउनका लागि गठबन्धन गरिएको प्रष्ट उनले पारे ।

केही दिनदेखि देश दौडाहमा रहेका एमाले अध्यक्ष ओलीले कार्यक्रम स्थलमै सिधै हेलिकोप्टरमार्फत ओर्लिएका थिए । त्यहाँ करिब आधा घण्टा सम्बोधन गरेका उनी त्यसपछि भैरहवाको सभालाई सम्बोधन गर्न पुगेका छन् ।

चितवनवासीको प्रचण्ड मोह



“बरु प्रचण्डलाई हामी नचाहिन सक्छ तर चितवन र हामीलाई प्रचण्ड चाहिन्छ” आफ्नो ३८ वर्ष लामो राजनीतिक जीवनलाई कम्युनिस्ट कित्तामा मोड्दै राप्रपा (प्रजातान्त्रिक) का चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले सार्वजनिक मञ्चबाट बोल्दै गर्दा सभामा तालीको वर्षा भयो । काङ्ग्रेसको समर्थनमा आफ्नै पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चुनावी दौडमा रहेका बेला पाण्डेका हस्ती तिमिल्सिना भने प्रचण्डलाई जिताउन माओवादी केन्द्र प्रवेश गरे ।

तिमिल्सिना ३८ वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । राष्ट्रिय राजनीतिमा राप्रपाको अस्तित्व सङ्कटमा रहेको अवस्थामा पनि तिमिल्सिना चितवनको राजनीतिमा उत्तिकै लोकप्रिय थिए । निर्भिक स्वाभाव, सामाजिक न्याय र सामाजिक भावनाका धनी उनी प्रखर वक्तासमेत थिए । व्यक्तिगत लोकप्रियताकै आधारमा उनले अघिल्लो स्थानीय तह निर्वाचनमा सात हजारभन्दा बढी मत प्राप्त गरेका थिए । तर, शुक्रबार बद्री तिमिल्सिना माओवादी केन्द्र प्रवेश गरेसँगै जिल्लाको राजनीतिले नै नयाँ मोड लिएको छ ।



१० वर्षको कलिलो उमेरमा कास्की ढिकुरपोखरीबाट बसाइँ ससेर चितवन शिवनगर झरेका प्रचण्डको जीवनको ऊर्जाशील समय चितवन र आसपासकै क्षेत्रमा बित्यो । प्रचण्डको आफ्नै जीवनमा देशको राजनीतिमा ठूलाठूला परिवर्तन भए । २४० वर्ष लामो राजतन्त्रको अन्त्य धेरैको कल्पनाबाहिरको कुरा थियो । तर, प्रचण्डको चामत्कारिक नेतृत्व र दुरदृष्टिले नेपालमा गणतन्त्र आयो, सङ्घीयता आयो, राज्य नीतिका कारण पिँधमा पारिएकाहरू राज्यको नेतृत्वमा आए । सामाजिक न्याय र समावेशी समानुपातिक नीतिले संवैधानिक मान्यता पायो । परम्परागत दृष्टिले सोच्नेहरूका लागि प्रचण्डको नेतृत्व र प्राप्त परिवर्तन कल्पनाभन्दा बाहिरका कुरा थिए ।
राजधानीबाट चितवन हेर्नेहरू भन्थे– “प्रचण्डलाई चितवनमा जित्न गाह्रो छ ।” पार्टीभित्रकै नेताहरू पनि चितवन माओवादी केन्द्रका लागि सुरक्षित ठान्दैनथे । तर वाम समीकरणपूर्व नै प्रचण्डले चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका थिए । भर्खरै काङ्ग्रेससँग देखिएको चिसोपन, स्थानीय निर्वाचनमा एमालेसँग भएको तिक्तता र काङ्ग्रेस–राप्रपा गठबन्धन आदि कारणले धेरैले प्रचण्डका लागि चितवन चुनौतीपूर्ण देखेका थिए । तर, स्वयं प्रचण्ड चितवनबाट निर्वाचित हुनेमा पूर्णतः विश्वस्त थिए । चितवन क्षेत्र नं. ३ बाट प्रचण्डको उम्मेदवारी त्यसैको परिणाम थियो ।
धेरैले सोच्थे– “प्रचण्ड र माओवादीहरू ध्वंशका लागि मात्रै माहिर छन् ।” तर, जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए, मानिसहरूका अनुमान गलत सावित भए । १० महिनाको छोटै कार्याकालमा आर्थिक वृद्धिदर ह्वात्तै बढ्यो, ७.५ प्रतिशत आर्थिक वृद्धि प्रचण्ड कार्याकालमै सम्भव भयो । आर्थिक सूचकहरू सकारात्मक देखिए । देशकै निम्ति कलङ्क ठानिएको लोडसेडिङको अन्त्य भयो । देशमा उज्यालो युगको प्रारम्भ भयो । पुँजीगत खर्च ह्वात्तै बढ्यो । विकास आयोजनाहरूमा तीब्र प्रगति भयो । १२ वर्षमै पहिलोपटक मूल्य वृद्धि स्थिर रह्यो ।

पहिलो र दोस्रो प्रधानमन्त्री कालमा प्रचण्डको नजर चितवनतिर रह्यो । कृषि तथा वन विश्वविद्यालयको स्थापना, शक्तिखोरलाई औद्योगिक नगरीको रूपमा विकास, चितवनका सडक, विद्यालय, पूर्वाधार विकासमा प्रचण्डले महत्वपूर्ण भूमिका खेलेका छन् । यी सवै दृश्यहरू नजिकबाट नियालिरहेका चितवनबासीले प्रचण्ड खोजिरहेको देखिन्छ । खुल्ला राजनीतिक प्रतिस्पर्धामा आएको ११ वर्षपछि आफ्नै जिल्लाबाट उम्मेदवारी दिएका प्रचण्डप्रति जनतामा नयाँ आशाको सञ्चार भएको देखिन्छ ।
राजधानीबाट चितवन हेर्नेहरू भन्थे– “प्रचण्डलाई चितवनमा जित्न गाह्रो छ ।” पार्टीभित्रकै नेताहरू पनि चितवन माओवादी केन्द्रका लागि सुरक्षित ठान्दैनथे । तर वाम समीकरणपूर्व नै प्रचण्डले चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका थिए । भर्खरै काङ्ग्रेससँग देखिएको चिसोपन, स्थानीय निर्वाचनमा एमालेसँग भएको तिक्तता र काङ्ग्रेस–राप्रपा गठबन्धन आदि कारणले धेरैले प्रचण्डका लागि चितवन चुनौतीपूर्ण देखेका थिए । तर, स्वयं प्रचण्ड चितवनबाट निर्वाचित हुनेमा पूर्णतः विश्वस्त थिए । चितवन क्षेत्र नं. ३ बाट प्रचण्डको उम्मेदवारी त्यसैको परिणाम थियो ।

“हो मैले हिजोको कुरा बिर्सें । चैत, वैशाखमा पनि ठूलो पानी पर्यो भने जकेट लगाइन्छ । जब घाम लाग्छ, जकेट खोलिन्छ, त्यो बेला जकेट किन खोलिस् भन्नुको कुनै अर्थ रहँदैन । नेपालमा एउटै कम्युनिस्ट केन्द्र हेर्ने मेरो सपना हो । प्रचण्ड र ओली त्यही सपना साकार पार्न लागिरहनुभएको छ । तसर्थ, चितवनको विकास र एउटै कम्युनिस्ट पार्टीको सपना साकार पार्न प्रचण्डले जित्नुपर्छ”– एमाले नेता देवी ज्ञवालीको यस भनाइको सार हो, “प्रचण्ड चितवनका लागि अत्यावश्यक नेता हुन् ।” राप्रपा र एमालेका मात्र होइन, नेपाली काङ्ग्रेसका स्थानीय नेताहरूमा पनि प्रचण्डप्रति आकर्षण बढ्दो छ । भर्खरै निर्वाचित काङ्ग्रेसका एक वडा अध्यक्ष भन्छन्– “काङ्ग्रेससँग गठबन्धन तोडिएकाले अलिकति दुःख त लागेको छ । तर प्रचण्ड चितवनका लागि चाहिने मान्छे हो । चितवनका लागि गरे प्रचण्डले गर्छन्, अरूले गर्दैनन् ।” प्रचण्डको दोस्रो प्रधानमन्त्रित्व कालको अनुभव गरेका नेता कार्यकर्ताले प्रचण्डलाई विकास र समृद्धिको मानक ठानेको देखिन्छ ।

‘प्रचण्ड विजय अभियान’को क्रममा एमाले नेता देवी ज्ञवालीले उद्घोष गरे– “अब चितवनमा काङ्ग्रेस रहेन । काङ्ग्रेसले हलोमा भोट हाल्ने भएपछि काङ्ग्रेसको भविष्य के होला ? रूख काटेर हलो बनाइयो । बद्रीजी वाम गठबन्धनमा आएपछि त हलो पनि भाँचियो । भाँचिएको हलोको भर नपरौँ ।” जिल्लामा सबैभन्दा बलियो सङ्गठन भएर पनि कहिले हँसिया–हथौडा, कहिले हलोमा भोट हाल्न बाध्य समर्थकहरूमा काङ्ग्रेसप्रतिको मोह भङ्ग भएको देखिन्छ । कार्यकर्ता पङ्क्तिमा भने प्रचण्डप्रतिको आकर्षण अनपेक्षित रूपमा बढेको छ । 

चितवनको विकासका लागि प्रचण्डले रणनीतिक महत्वका योजना अघि सारेका छन् । नारायणी र राप्तीमा तटबन्ध निर्माण गरी चक्रपथ, निकुञ्ज क्षेत्रमा पर्ने सडकमा आकाशे पुल वा भूमिगत सडकको निर्माण, चितवनवासीलाई वन्यजन्तुको त्रासबाट मुक्ति दिन मेस जालीको प्रबन्ध, कृषि तथा वन विश्व विद्यालयलाई केन्द्रीय विश्वविद्यालय, विमानस्थलको स्तरोन्नति, मेघौलीमा नयाँ विमानस्थल सञ्चालन, जिल्लाका विद्यालयहरूको स्तरवृद्धि, भूमिहीन र सुकुम्बासीका लागि आवास गृहको व्यवस्था, महिला, दलित, जनजाति र थारु समुदायको आर्थिक विकासलगायतका विषय प्रचण्डको प्राथमिकतामा छन् ।

चितवन जिल्ला कृषिका लागि सबैभन्दा उर्भर भूमि हो । कृषिमै बी.एस्सी. गरेका प्रचण्ड त्यसका लागि उपर्युक्त पात्र हुन् । कृषिको आधुनिकीकरण, विविधीकरण र बजारीकरण प्रचण्डको प्राथमिकतामा छ । प्रचण्ड भन्छन्– “चुनाव जित्नका लागि मात्र म चितवन आएको होइन, चितवन राजनीतिक रूपले अग्रचेतना भएको जिल्ला हो । चितवनको विकासले देशकै विकासमा गुणात्मक अर्थ राख्दछ । तसर्थ, चितवनबाट निर्वाचित भएर चितवनको विकास र देशको नेतृत्वका लागि तपाईंहरूको बीचमा आएको छु ।” धेरैपटक खोजेर पनि प्रचण्डलाई भोट हाल्न नपाएका चितवनबासी यसपटक प्रचण्डलाई भोट हाल्न पाउने कुराले दङ्ग देखिन्छन् । चुनावी कार्यक्रममा प्रचण्ड जहाँ पुग्छन्, त्यहाँ छुट्टै रौनक र आत्मीयता झल्किन्छ । 

राजनीतिक दृष्टिले हेर्नेहरू चितवन क्षेत्र नं. ३ मा प्रचण्डको प्रतिस्पर्धी नै नभएको ठान्दछन् । देशकै सर्वोच्च नेता, गणतन्त्रको नायक, शान्ति प्रक्रियाको हस्ती, अनि १० महिने प्रधानमन्त्री कालमा विकास र समृद्धिमा नयाँ मानक स्थापित गरेको नेता चितवन आउँदा प्रतिस्पर्धीहरू छायाँ परेको देखिन्छ । काङ्ग्रेस र राप्रपाका नेताहरू पनि प्रचण्डतिर आशाको नजरले हेरिरहेका छन् । चितवनमा प्रचण्डको आगमनले जिल्लामा राजनीतिक तिक्तता मात्र घटेको छैन, जिल्लाको मियो भेटिएको महशुस गर्दैछन् चितवनबासी ।

“प्रचण्डलाई बीस हजारको मत अन्तरले जिताएर पठाउँछौँ” जिल्लाका अधिकांश नेताहरू भन्छन्– “एउटा राजनेता र ठेकेदारबीच कसरी प्रतिस्पर्धा हुन सक्छ ? यो सम्भव छैन ।’’ चितवन ३ मा बाम गठबन्धनकै मत बलियो रहेका बेला काङ्ग्रेस र राप्रपाका जनाधारयुक्त नेताहरू वाम गठबन्धनमा प्रवेश गर्ने लहर नै चलेको छ । प्रचण्डका प्रतिस्पर्धी पाण्डेको जिल्लामा कुनै राजनीतिक छवि देखिँदैन । राप्रपाबाट पटकपटक मन्त्री बनेका उनी प्रचण्डको क्याबिनेटमा भूमिसुधार मन्त्री थिए । तर, उनले राजनीतिलाई ठेक्का पट्टाका लागि उपयोग गरेको चितवनवासीको गुनासो छ ।
प्रत्यासी पाण्डे नेपालका (क) वर्गकै निर्माण व्यवसायी हुन् । तर उनी वैचारिक दख्खल, जन सम्बन्ध, राजनीतिक चरित्रमा निकै कमजोर देखिन्छन् । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण कार्यबीचमै छोडेको अभियोग खेपेका पाण्डे चुनावका बेला मात्र जनतामा जाने र बाँकी समय ठेक्का–पट्टामै व्यस्त हुने जनगुनासो व्यापक देखिन्छ । राप्रपाका चर्चित र स्थापित नेता बद्री माओवादीमा आएसँगै पाण्डेको मनोबल ह्वात्तै गिरेको स्थानीयको बुझाइ छ । काङ्ग्रेसको भर परेर निर्वाचनमा होमिएका पाण्डेका लागि प्रचण्डको उपस्थिति नै फलामको चिउरा बनेको धेरैको बुझाइ छ ।

जिल्लाको परिस्थिति हेर्दा प्रचण्डले चुनाव जितिसकेका छन् । एमाले माओवादीबीच एउटै कम्युनिस्ट पार्टी बनाउने तयारी भइरहेको सन्दर्भमा एमालेका नेताहरू पनि प्रचण्डप्रति निकै आशातित नजरले हेरिरहेको देखिन्छ । बालकदेखि वृद्धासम्म, किसानदेखि बुद्धिजीवीसम्म, सबै जाति, पेसा र समुदायका मानिसले प्रचण्डलाई आशाकै नजरले हेरेको देखिन्छ । चितवनमा प्रचण्डको उम्मेदवारीले प्रचण्ड मात्रै होइन, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, दावा दोर्जे लामा, कृष्ण खनाल, विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भूर्तेल, रामलाल महतो सबैको विजय सुरक्षित बनाएको छ ।
(तिमिल्सिना प्रचण्डका प्रेस सहयोगी हुन्)

७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !

काठमाडौं– छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेपनि लाइनमा बसेका मतदाताले मतदान नगर्दासम्म मतदान गर्नसक्ने गरी व्यवस्था मिलाएको जनाएकोछ । बेलुका ५ बजेसम्म ६२प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

६ वटा प्रदेशका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यर्होनु पर्ने निश्चित छ । यद्यपी मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछिमात्रै हुने निर्वाचन आयोगले यसअघि नै जनाइसकेकाले परिणाम पनि त्यसपछि नै आउनेछ ।

गत कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । कात्तिक ८ गते सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ति उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । जसमा १०० जनाको उम्मेदवारी फिर्ता भएको थियो भने एक जनाको उम्मेदवारी रद्द समेत भएको थियो ।

निर्वाचन आयोगका अनुसार  प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको हो भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको थियो ।
पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाता मताधिकारका लागि नाम लेखाएका थिए । पहिलो चरणको निर्वाचनका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो ।

निर्वाचन आयोगले  मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसके वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भए नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको थियो ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको छ । दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

मुलुकमा पछिल्लोपटक प्रतिनिधिसभाको निर्वाचन २०५६ सालमा १८ वर्षअघि भएको थियो ।  त्यसवेलाको संरचना अहिलेभन्दा धेरै फरक थियो, अर्थात केन्द्रीकृत शासनपद्धति थियो । २०६४ र ०७० को निर्वाचनबाट निर्वाचित प्रतिनिधि व्यवस्थापिका–संसद्को सदस्यसमेत रहेपनि उनिहरुको जिम्मेवारी संविधान निर्माण थियो । प्रदेशसभा नेपालका लागि अहिलेसम्मकै नयाँ हो । अव यो निर्वाचनपछि नेपालमा प्रदेश सञ्चालनको अभ्यास अघि बढ्नेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सरकार स्थिर बन्नसके विकास निर्माणले तीव्रता पाउने र मुलुक समृद्ध बन्ने जनताको विश्वास मात्रै छैन, यसैवाट संविधान कार्यान्वयनको दोस्रो चरण पार हुनेछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिसभाको निर्वाचन भएसँगै त्यसपछि बन्ने केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकायले संघीय मोडलमा काम गर्नुपर्नेछ ।
यसैबीच निर्वाचन पर्येवेक्षण समिति नेपालले निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका दिनमा छिटपुट रहेको पाइएको र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको जनाएको छ । यद्यपी  ती घटनाहरुका बीच पनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको जनाएको छ ।

समितिले सोलुखुम्बुको तिङलाका बासिन्दाले स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको जनाएको छ । धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको सूचीमा नभएका कारण मतदाताहरु आफ्नो मताधिकारबाट बञ्चित रहेको समेत पाइएको समितिका अध्यक्ष प्रदीप पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दलाई लामाले दिए अभिव्यक्तिप्रति स्पष्टिकरण - बुद्ध लुम्बिनीमै जन्मेका हुन्



तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् ।




एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति विरोध भएपछि उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।





‘गत महिना मेरठमा भएको अन्तरक्रियाका क्रममा दिएको जवाफप्रति असमझदारी पैदा भएकामा ध्यानाकर्षण भएको छ,’ लामाको भनाइ उद्धृत गर्दै उक्त अनलाइनमा उल्लेख छ, ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु ।’ 
लामाले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको प्रसंग उठाउँदै उनी कुनै पनि देशमा मात्र सीमित नभएको धारणा राखेको दाबी गरेका छन् । अनलाइनमा उल्लेख छ, ‘यो सर्वव्यापी स्वीकार्य छ कि बुद्धले भारतमा ज्ञान प्राप्त गरेका मात्र हुन् ।’ उनले आफ्नो स्पष्टोक्तिले हालैका समय बुद्धको जन्मस्थानबारे भएको असमझदारी तथा भ्रम निवारण हुने आशा व्यक्त गरेका छन् ।, यो खबर आजको कान्तिपुरमा । 

रुखमा छाप लगाएका ५० मतपत्रसहित नुवाकोटमा मतदान अधिकृत पक्राउ


रामहरि गजुरेल
नुवाकोट । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् ।


मतदान करिब करिब सकिन लाग्दा आज साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट पु¥याएको बताइएको छ । यस विषयमा सम्बन्धित निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जवाफ दिएको छैन ।
रंगेहात समातिएको मतपत्र प्रतिनिधि सभा, प्रदेश सभा र दुवै तर्फका समानुपातिक मतपत्रहरु रहेका छन् । 
उनी काँग्रेस निकट सक्रिय कार्यकर्तासमेत रहेको खुल्न आएको छ । तारकेश्वर गाउँपालिकाको सो क्षेत्र एमाले र माओवादीसहितको वाम गठबन्धनको बलियो क्षेत्र मानिन्छ । स्थानिय तहको निर्वाचनमा पनि एमालेले गाउँपालिकासहित धेरै वडाहरुमा जित हात पारेको थियो ।

चुनावमा देखिए ८ तमासाः हवाइफायरदेखि एसिड अाक्रमणसम्म

रुकुमका दुई केन्द्रमा चुनाव रोकियो, थावाङमा 'नो भोट' अस्वीकार

११ मंसिर, काठमाडौं । पहिलो चरणअन्तर्गत आइतबार ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान सम्पन्न भएको छ । मतदान सामान्यतः शान्तिपूर्णरुपमा सम्पन्न भए पनि केही ठाउँमा चाहिँ गठबडी र तमासाहरु देख्न पाइयो ।

पहिलो चरणअन्तर्गत ४४६५ मतदान केन्द्राबाट छिटफुट घटनाहरु भए । मतदानका क्रममा केही ठाउँमा मतपत्र जलाइयो भने केही ठाउँमा बामपन्थी र कांग्रेस कार्यकर्ताहरुको झडपबीच चुनाव सम्पन्न भयो ।
चुनावका क्रममा केही ठाउँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मतदाता तर्साउन बम बिस्फोट गराएका छन् । हामीले यहाँ ८ वटा घटना संश्लेषण गरेका छौंः

१. रुकुमका दुई केन्द्रमा चुुनाव स्थगित
प्रदेश नं. ६ को पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न आधारभूत विद्यालयको (क) केन्द्रको चुनाव स्थगित भएको छ ।
प्रयत्क्षतर्फका २५० मतपत्र अज्ञात व्यक्तिहरुले जलाइदिएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव स्थगित गरिएको हो । स्थगित भएको चुनाव अब दोस्रोचरणको चुनावसँगै यही मंसिर २१ गते हुने भएको छ । विप्लवको कार्यकर्ताहरुले मतपत्र जलाएको शंका गरिए पनि उनीहरुको पहिचान भने भएको छैनन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई सोधपुछ गरी छोडिदिएको छ ।
यस्तै रुकुमको आठवीससकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा एजेन्ट बसेका व्यक्तिले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पनि त्यहाँ पनि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ ।
स्थगित भएको चुनाव कहिले गर्ने भन्ने निर्णय नभएको प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले बताए ।

२. बुथ कब्जा गर्ने प्रयास
यसपटक पनि केही ठाउँमा बुथ कब्जा गर्ने प्रयास भयो । कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियावास गाउँपालिका-४ झार्लाङमा रहेको मतदान केन्द्र कब्जा गर्ने प्रयास गर्‍यो ।
कांग्रेस र राप्रपाका कायृकर्ताहरुले विहान वामपन्थी समर्थित व्यक्तिहरुलाई केन्द्रमा प्रवेश गर्न नदिएपनि मतदान हुन सकेको थिएन । उनीहरुले ढुङगा मुढा प्रहार गरेका थिए ।
थप सुरक्षाकर्मी परिचालन गरी त्यहाँ केही ढिलो गरी मतदान सुरु गरिएको थियो ।

सधै बुथ कब्जा हुने दोलखामा पनि यसपटक पनि प्रयास भएको थियो । तर, सुरक्षाकर्मीले असफल बनाइदिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बाहिरबाट गएको समूहले दोलखाको तामाकोशी गाउँपालिका जफेमा रहेको जामुने बुथ कब्जा गर्ने प्रयास गरेको थियो ।

३. एजेन्टले मतपेटिकामा एसिड खन्याए
पश्चिम रुकुमको आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको -ख) मतदान केन्द्रमा एक जना एजेण्टले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याइदिए ।
कांग्रेसका तर्फबाट एजेन्ट बसेका सोही नगरपालिका वडा नं. ११ का केशव खड्काले एसिड खन्याएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
खड्काले मतपेटिकामा एसिड खन्याएर भागेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो ।
आठबीसकोटकै नगरपालिका ३ मा रहेको अर्काे मतदान केन्द्रमा पनि एकजना महिलाले मतपेटिकामा पहिचान हुन नसकेको रसायन पदार्थ खन्याएकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

४. रोल्पामा करिब दर्जन ठाउँमा बम
मतदान सुरु हुनुअगावै रोल्पाका विभिन्न मतदान केन्द्र र स्थानहरुमा अज्ञात व्यक्तिले बम राखेर मतदाता आतंकित बनाउने प्रयार गरेका थिए । तर, बम विस्फोट भएर यहाँ पनि कुने अपि्रय घटना हुन पाएन । जिल्लाका थवाङसँगै दुम्ला, सेरम, इरिवाङ घोडागाउँ लगायतका ठाउँमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
यहाँ माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्ती मगर लगायतलाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।
अज्ञात व्यक्ति र समूहले मतदाता तर्साउने प्रयासगरे पनि मतदाताहरुको उत्साहपूर्वक उपस्थितिमा रोल्पामा पनि मतदान सम्पन्न भएको छ ।
रोल्पामा चुनावको मिति नजिकिँदै गर्दा सुरुदेखि नै बम बिस्फोटका घटनाहरु भइरहेका थिए । त्यो क्रम मतदानको दिन आज पनि जारी रहृयो ।

५. सिन्धुपाल्चोकमा झडप, प्रहरीद्वारा हवाई फायर
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का विभिन्न दुईवटा मतदान केन्द्रमा झडपकावीच मतदान सम्पन्न भएको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसम्म गर्नुपर्‍यो । झडपमा केही कार्यकर्ताहरु घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झपड भएको थियो ।
यस्तै क्षेत्र नं. १ कै बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्राविको केन्द्रमा पनि वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झडप भएको यभो । यहाँ पनि प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।
झडपमा वडा सदस्य लक्ष्मण अधिकारी घाइते भएका छन् ।

६. थवाङमा ‘नो भोट’को अपील अस्वीकार
दोस्रो संविधानसभाको चुनावमा शून्य भोट गरेर चर्चामा आएको थवाङका मतदाताले यसपटक मतदान गरेका छन् ।
चुनाव नजिकिएका बेला नेकपाका महासचिव विप्लवले थवाङमै पुगेर ‘नो भोट’ को अपील गरेता पनि थवाङका मतदाताले विहानै मतदान केन्द्रमा पुगेर मतदान गरेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । थवाङमा मतदातालाई तर्साउन बिहानै-बिहानै विभिन्न ठाउँमा बम बिस्फोट गराइएको थियो । बम बिस्फोट गराएर आतंकित पार्ने प्रयास भए पनि यसपटक थवाङवासीले विप्लवको ‘नो भोट’ अपील अस्वीकार गरिदिए । स्थानीय तहको चुनावमा भने थवाङमा विप्लवका तर्फबाट पनि स्वतन्त्र उम्मेदवारी दिइएको थियो । तर, पराजित भएका थिए ।

७. थवाङको स्थान तिङलाले लियो
नो भोटबाट चर्चामा आएको रोल्पाको थवाङमा यसपटक मतदान भयो । तर, स्थानीय तहको चुनावदेखि मतदान अस्वीकार गरेको सोलुखुम्बुको तिङलामा भने यो चुनावमा पनि मतदान शून्य रहृयो । स्थानीय तहको पुनरसंरचनाबाट असन्तुष्ट बनेका तिङलावासीले यसपटक मतदान गरेनन् । साविकको तिङ्ला गाविसमा यसपटक पाँच वटा मतदान केन्द्र राखिएको थियो । तिङलावासीको संयुक्त निर्णय अनुसार शून्य मतदान गरिएको हो ।

८. डोल्पाका मतदान केन्द्र दिनभर सम्पर्कविहीन
डोल्पाका केही मतदान केन्द्रहरु मतदान सम्पन्न भइसक्दा समेत सम्पर्कविहीन भए । उपल्लो डोल्पाका शे-फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केही मतदान केन्द्रहरुमा ५० प्रतिशत मतदान भएपछि सम्पर्कमा आए ।
 शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यसमध्ये कलाङ, घेराङ र फोद गाउँ केन्द्र मतदान सम्पन्न भएपछि मात्रै सम्पर्कमा आएको थियो । फोदमा जम्मा २३ मतदाता मात्रै रहेका थिए ।