Dec 3, 2017

विवाहपूर्वको सेक्स थाहा पाइन्छ कि पाईदैन ?

विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ ।
के हो हाइमेन ?
एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
Image result for sex
महिनावारीका बेला यौनसम्पर्क
नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिनावारी आपैंमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । 

महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ । महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन । पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् ।

बामगठबन्दनको पक्षमा उर्लियो जनसागर;साँफेबगरमा (हेर्नोस, फोटो फिचर)

बामगठ्बन्दन एमाले र माओवादीको आयोजनामा अछामको साँफेबगरमा सम्पन्न भएको बिशाल जनसभाको जनसागर फोटोमा



































कांग्रेस उम्मेदवारको यसरी प्रचार गर्दै निर्वाचन आयोग, एमालेले निर्वाचन आयुक्तलाई कारबाहीको माग गर्दै माग्यो स्पष्टीकरण, राजेश हमाल पनि यसरी मुछिए

१७ मंसिर मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले खुलेआम सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा प्रचार गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले) ले आपत्ति जनाएको छ। अभिनेता राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रममार्फत् सत्तारुढ दलका उम्मेदवारहरुको पक्षमा प्रचार गरिएको आरोप लगाउँदै एमालेले यस्तो कार्यमा संलग्न निर्वाचन आयुक्तमाथि कार्वाहीको माग गरेको हो।
आयोगद्वारा सञ्चालित मतदाता शिक्षा अन्तर्गत राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रम विभिन्न १० वटा टेलिभिजनबाट प्रशारित भइरहेको छ। त्यसमा अभिनेता राजेश हमालले ‘गगन थापा र विश्वप्रकाश शर्मा कुन कुन क्षेत्रमा उम्मेदवार हुन्’ भनी प्रश्न गरेका छन्। यसप्रति आपति जनाउँदै मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी पाएका आयुक्तमाथि एमालेले कार्वाहीको माग गरेको हो।

‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभि स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘२ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएको छ’ एमाले निर्वाचन परिचालन कमिटीका प्रबक्ता बिष्णु रिमालले आइतबार विहान प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ।’

स्रोतका अनुसार, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी निर्वाचन आयोगले आयुक्त इला शर्मालाई दिएको छ। शर्मा नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्त बनेकी हुन्। शर्माको नाम उल्लेख नगरी रिमालले भनेका छन्, ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गर्दछ।’

यस विषयमा निर्वाचन आयोगले मौनता साँधे वा संलग्न आयुक्तमाथि तत्काल कार्वाही नगरिए त्यसलाई संस्थागत धाँधलीको रुपमा लिइने चेतावनीपनि एमालेले दिएको छ। रिमालद्वारा जारी विज्ञप्तीमा थप भनिएको छ, ‘यस विषयमा हुने आयोगको मौनता वा निर्णयको  ढिलाईलाई संस्थागत धाँधलीको प्रक्रियामा निर्वाचन आयोग संलग्न रहेको निष्कर्षमा पुग्न हाम्रो पार्टी बाध्य हुनेसमेत स्पष्ट पार्दछ।’

चुनावको मुखैमा चर्चामा रहेका रबिन्द्र मिश्र अप्ठ्यारोमा, एक्कासी आयो यस्तो समाचार

काठमाडौ क्षेत्र नम्बर १ बाट वामगबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार अनिल शर्मालाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाका एन.के. थापाले उनलाई समर्थन गर्ने बताए । थापाले निर्वाचनको अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिई शर्मालाई सहयोग गर्ने बताएका हुन् ।

जनमोर्चाले समर्थन गरेपछि शर्मा थप बलियो भएका छन् । शर्मासँग कांग्रेस नेता प्रकाशमानसिंह श्रेष्ठ, पूर्व पत्रकार रवीन्द्र मिश्र पनि चुनावी भिडन्तमा रहेका छन् । सो क्षेत्रमा कांग्रेस (विपी)का नेता हरिबोल भट्टराई सहित कुल २२ जना प्रतिनिधिसभा तर्फ उम्मेदवार छन् ।

काठमाडौ क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ वडा पर्छ । स्थानीय तहको मत अनुसार कांग्रेसको ८ हजार ८ सय ८२, वाम गठबन्धनको ११ हजार ७ सय २ मत, साझा र विवेकशिलको ११ हजार २ सय मत रहेको छ । भने राप्रपाको १ हजार ५ सय ४० मत छ ।

वाम गठबन्धनलाई समर्थन गर्दै अर्को ठुलो पार्टीले गर्यो प्रचारप्रसार नै स्थगीत

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल सिन्धुली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेशसभाका उमेद्वारहरुले वाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने भन्दै प्रचारप्रसारको सम्पूर्ण कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ ।
शनिवार दुधौली नगरपालिका–११ टाँडीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त गणतान्त्रिक मोर्चा नेपालका प्रदेश सभा १ को १ का उमेद्वार तथा नेकपा माओवादीका केन्द्रीय सदस्य शान्तिमान कार्कीले वाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने घोषणा गरेका हुन । उनले मोर्चाले शनिवारदेखि नै वाम गठवन्धनको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिवद्धता सहित कार्यक्रम स्थगन गरेको छ, कार्कीले भने ।

अहिले देश भरी वामपन्थीको पक्षमा जनलहर आईरहेको र जनताले राजनीतिक स्थायित्व चाईरहेकोले जनमतको कदर गर्दै उमेद्वारी स्थगित गर्दै बाम गठबन्धका उमेद्वार प्रतिनिधि सभाका उमेद्वार गणेशकुमार पहाडी र प्रदेश सभाका उमेदवारहरु खेलनाथ दाहाल राजन र प्रदिप कटुवाललाई सहयोग गर्ने घोषणा गरेको हो । चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम पश्चात भएको चुनावी सभामा बोल्दै कार्कीले ‘अहिले जनताले राजनीतिक स्थायित्व र समृद्धि चाहानालाई आत्मसाथ गर्दै निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेद्वारले उमेद्वारी स्थगित गरी वाम गठबन्धनका उमेदवारलाई सहयोग गर्ने घोषणा गरेका छौं ।’ भनेका छन् । 

कार्यक्रमलाई माओवादी केन्द्रका नेता डम्बर कार्की, एमालेका नेता गंगा नेपालले सम्बोधन गरेका थिए । वामपन्थी आन्दोलनका प्रभावशाली नेता शान्तिमान कार्की संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीको तर्फबाट उमेद्वार भएका थिए । कार्की नेकपा एमालेका विषमलाल अधिकारी दनुवारसँग २ सय ५७ मतले पराजित भएका थिए ।

मोर्चाबाट प्रतिनिधिसभा उमेद्वार लोकेन्द्रबहादुर कार्की र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को २ बाट चन्द्रबहादुर मगरले पनि उम्मेदवारी फिर्ता लिएर गणेश पहाडी र प्रदिप कटुवाललाई सहयोग गर्ने बताए ।

ओलीको गर्जन सन्तानको भविष्य उज्जल चाहनुहुन्छ भने कांग्रेस छोडेर एमालेमा आउनुस

चितवन–एमाले अध्यक्ष केपी ओलीले बामपन्थी आन्दोलनलाई अव कसैले हल्लाउन नसक्ने बताएका छन् । चितवनको माडी नगरपालिकास्थित बसन्तपुरमा आइतबार आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अव बाम गठबन्धनका उम्मेदवारलाई हराउन खोज्नेहरुको दाल नगल्ने बताए । उनले कांग्रेसले रुख काटेर काँधमा हलो बोकेर हिडेको भन्दै कांग्रेसका कार्यकर्तालाई कांग्रेस छाडेर एमालेमा आउन आव्हान गरे ।

ओलीले भने ‘कांग्रेसका कार्यकर्तालाई म भन्न चाहान्छु–तपाइका सन्तानको भविष्य उज्जल बनाउने जिम्मा हामी लिन्छौ, लोकतन्त्रको रक्षा हामी गर्छौ, छोड्दिनुस् कांग्रेस आउनुस् एमालेमा ।’
Related image सम्बोधनका क्रममा ओलीले अहिले बाम गठबन्धनका उम्मेदवारलाई जिताएपछि ५ बर्षपछि के फरक पर्यो भनेर प्रश्न गर्ने ठाउ नै नहुने बताए । ‘देश धेरै अघि बढ्छ । कहाँको प्रचण्ड कहाको विक्रम पाण्डे ?’ उनले भने ।
अध्यक्ष ओलीले प्रचण्ड र बिक्रम पाण्डेबीच तुलना नै गर्न नमिल्ने भन्दै भने, ‘प्रहरी प्रशासनको चिन्ता नगुर्नस् अव कसैको दाल गल्दैन । तर, निर्वाचनपछि बाकसबाट आँखा ओझेल पर्न नदिनुस् । आँखा झिम्क्याउनुपर्दा अर्को साथिलाई भनेर झिम्क्याउनुस् । प्रशासन पुलिस लगाएर बुथ कव्जा गर्ने कसैले नसोचे हुन्छ । कसैले केही गर्न सक्दैन । आच्छ्यु खायौ बाच्छयु खायौ झुसे वारुलो ।’

बाँदरमुढेका पीडित र प्रचण्डको सहमतिको स्वागत गर्दै अध्यष ओलीले अव पछि हैन अगाडि बढ्ने बेला आएको बताए । जनयुद्धका क्रममा भएको क्षति हामी सवैको भएको भन्दै ओलीले कसले गरायो भन्ने विषय छाड्ेर त्यसको ब्यवस्थापनबारे सोच्नुपर्ने बताए । उनले अव त्यसको व्यवस्थापन पनि हुने बताए ।
एमाले माओवादी पार्टी एकीकरण चुनावलगत्तै हुने भन्दै अध्यक्ष ओलीले एकीकरणपछि पार्टी अध्यक्ष को हुने भन्ने कुनै विवाद नभएको बताए ।

उनले अध्यक्ष हुनेमा विवाद हुन्छ भनेर हल्ला चलाइएको भन्दै आफुहरुलाई अध्यक्ष होइन देश विकास, भोको पेट र गरिविको व्यवस्थापन चाहिएको बताए ।

बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति कांग्रेस प्रदेशसभाका उम्मेदवार


काठमाडौं, १७ मंसिर । बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति नेपाली कांग्रेस बाराको प्रदेससभाका उम्मेदबार बनेका छन् । बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर ४अन्तर्गत प्रदेशसभा ४(क)मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि ओमकृष्ण कार्की उम्मेदबार बनेका हुन् । कार्कीलाई बारा जिल्ला अदालतले २०५२ साल भाद्र ५ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । कार्कीमाथि बाँके जिल्ला बस्ने एक १९ बर्षीय एक बिवाहित महिलालाई २०५२ साउन १९ गते इलामतर्फ जान पथलैया चोकमा बस पर्खिरहेको अवस्थामा आफ्नो दाजुको गाडीमा चढाइदिने आश्वसन दिई जंगलमा लगेर बलात्कार गरेको आरोप थियो ।

कार्की सोही आरोपमा १ बर्षभन्दा बढी जेल बसेका हुन । उनले जेलमा बसेर मुद्दा लडी पछि सफाइ पाएका थिए । जेल बसेकालाई पार्टीले टिकट दिएपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन् ।

कुन कुन उद्योग डुबायो काँग्रेसले? : स्थलगत रिपोर्ट

काठमाण्डौ, १५ मंसिर । संघिय संरचनासहितको पहिलोपटक हुन गईरहेको नेपालको निर्वाचन नयां दिशानिर्देश गर्ने निर्वाचनमात्र होईन बिगतलाई समिक्षा गर्ने र नयां बाटो कोर्ने निर्वाचन पनि हो । मतदाताहरु मतदान गर्न गईरहंदा निर्वाचनमा मत खसाल्नु अगाडी बिगतमा दलहरुले गरेका राम्रा र नराम्रा कामहरुको पनि समिक्षा गर्न जरुरी छ । नेपाली राजनीतिको समिक्षा गर्नेहो भने नेपालमा जवजव कांग्रेस नेतृत्वको सरकार आएको छ तवतव भ्रष्टाचारले प्रश्रय पाएको छ । राष्ट्रिय उद्योगधन्दाहरु बेचिएकाछन् र अर्थतन्त्रमा नकारात्मक असर देखिएको छ ।

कुनैबेला बिश्वमा पहिचान देखाउन सक्ने मुलुक आर्थिकरुपमा त्यसै जर्जर भएको होईन । बिश्व समुदायमा गरिव मुलुकको सुचिमा सुचिकृत हुनु कसैको दोष बिना सम्भव नै हुंदैन, तर नेपाल बिगत ५० वर्षदेखि लगातार ओरालो लाग्ने क्रममा छ । बिशेषगरि पंचायतले जर्जर बनाएको मुलुकलाई आर्थिक सम्पन्नताको दिशामा लैजाने बिषयमा ४६ सालको आन्दोलनमा सहभागि धरैले अपेक्षा गरेका थिए । तर ४६ सालकोे जन आन्दोलन पछि जव जव कांग्रेसले सरकार चलाएको छ तव तव मुलुकमा भ्रष्टाचार र आर्थिक बिचलनले जरो गाडेको देखिएको छ । कांग्रेस नेतृत्वको सरकारले प्रजातन्त्र प्राप्ती लगत्तै लिएको निजीकरणको नितीले मुलुकका उद्योग कलकारखाना डुबाएको मात्र छैन मुलुकमा भ्रष्टाचारको संस्थागत बिकास पनि गरेको छ । कांग्रेस सरकारले निजीकरण गरको अधिकांश संस्थानको अवस्था कमजोर देखिएको छ । सरकारको सेयर स्वामित्व आंशिक वा पूर्ण रूपमा बिक्री गरी निजीकरण गरिएका अधिकांश कम्पनी बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका पनि घाटामा छन् ।

२०४८ मा निजीकरणको नीति लिएपछि हालसम्म ३० भन्दा बढी उद्योग तथा व्यावसायिक संस्थानलाई निजीकरण गरिसकेको छ । यसमध्ये ११ वटा संस्थान मात्रै सञ्चालनमा छन् । बांकी १९ मध्ये ३ वटा संस्थान अस्तित्वमा छैनन् ९ वटा बन्द अवस्थामा छन् भने ७ वटा सञ्चालनमा छैनन् ।

निजीकरणपछि सञ्चालनमा रहेका ११ मध्ये ५ संस्थान मात्रै नाफामा रहेको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । बांकी ६ वटा संस्थान भने नोक्सानमा रहेका छन् । निजीकरण गरिएका संस्थानको अवस्था कमजोर हुनुलाई सरकार र व्यवसायीले एक–अर्कालाई दोष देखाएका छन् । कमजोर अवस्थाको संस्थानको स्वामित्व बिक्रीपछि सरकारले कुनै सहयोग नगरेको उद्योगी व्यवसायीको अरोप छ । सरकारले भने निजी क्षेत्र नै जिम्मेवार नभएकाले निजीकरणमा गएका संस्थानको अवस्था दयनीय भएको जनाएको छ । राम्रोसंग चलिरहेका उद्योगहरुलाई कौडीको मुल्यमा बेचेपछि उद्योग सुक्नुको बिकल्प नभएको राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटा बताउंछन् ।
सरकारले सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग निजीकरण नगर्ने घोषणा गरेको छ । २०७३ सालमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफ्नो स्वामित्वमा रहेका उद्योगको स्वामित्व सरकारमै रहने गरी लगानी व्यवस्थापन र सञ्चालन गर्न निजी क्षेत्रलाई लिजमा उपलब्ध गराउने नीति लिएको थियो ।
कांग्रेसले निजीकरणका नाममा डुबाएको उद्योगहरुलाई संचालनमा ल्याउने र आर्थिक क्षेत्रमा आएको बिचलनलाई सच्याउने तत्कालीन ओली सरकारले निर्णय समेत गरेको थियो । निजीकरण आफैमा खराब नभएपनि राज्यले नियमन नगर्दा परिणाम राम्रो नआएको देवकोटाको भनाई छ ।

कांग्रेसको निजीकरणको नितीका कारण डुबेका उद्योगहरुः
निजीकरणपछि पनि नोक्सानमा चलेका उद्योग
नेपाल रोजिन एण्ड टर्पेन्टाइन
नेपाल चिया विकास निगम
निजीकरणपछि बन्द भएका उद्योग
भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स
हरिसिद्धि इटा टायल कारखाना
बालाजु कपडा उद्योग
कृषि आयोजना सेवा केन्द्र
नेपाल कोल लिमिटेड
हेटौंडा कपडा उद्योग
वीरगन्ज चिनी कारखना लिमिटेड
कृषि औजार कारखाना लिमिटेड
बन्द नभएका तर सञ्चालनमा नरहेका उद्योगहरु
रघुपति जुट मिल
घरेलु शिल्पकला बिक्री भण्डार
नेपाल यातायात संस्थान
नेपाल ड्रिलिङ कम्पनी
निजीकरणपछि अस्तित्वमै नरहेका संस्थान
बांसबारी छाला जुत्ता कारखाना
कांचो छाला संकलन तथा विक्री कम्पनी
नेपाल जुट विकास तथा व्यापार कम्पनी
कांग्रेसका केन्द्रमा रहेका केहि नेताहरुले भोगेको भ्रष्टाचारको कारवाहिबाट पनि कांग्रेसले संस्थागत भ्रष्टाचार गरेको पुष्टी गरेको छ । डाक्टर राम शरण महत अर्थमन्त्रीहुंदा थालनी गरिएको राष्ट्रिय गौरवका उद्योगहरुलाई कौडीको मुल्यमा बेच्ने नितीमाथी कांग्रेसजनहरु अहिले पनि गौरव महसुस गर्ने गरेकाछन् । कुनैबेला उद्योगका नामबाट गौरव गर्ने उद्योगहरुलाई सम्झना गर्ने धेरै नेपालीहरु अहिले पनि जिउंदै छन् तर कांग्रेसले कौडीका मुल्यमा बेचेका कारण ति उद्योगहरु एकादेशको कथा जस्तै बनेको छन् ।



पुजीबादी क्रान्ती गर्दै समाजबादको दिशामा जाने घोषणापत्रकासाथ चुनावी मैदानमा उत्रीएका कम्युनिष्टहरुले भोलिका दिनमा कस्तो अर्थनिती अपनाउलान् त्यो बामपन्थीहरुको सरकार बनेपछि नै थाहा होला । तर कागजमा लेखिएजस्तै राष्ट्रिय उद्योगको संरक्षण गर्दै समाजबादमा मुलुकलाई लैजाने कार्यबाट बिचलित बनेमा जनताले कम्युनिष्टहरुलाई पनि माफी दिने छैनन् ।

कांग्रेस खराब पार्टी हो, - प्रदीप गिरी: ढाँटेर राजनीति गर्दिनँ, कम्युनिष्टले जित्दैमा अधिनायकवाद आउँदैन

'ढाँटेर राजनीति गर्दिनँ, कम्युनिष्टले जित्दैमा अधिनायकवाद आउँदैन

१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका उम्मेदवार नभएर, कुनै लथालिंग घरका अभिभावक हुन् । ‘तपाईहरु मलाई नै खोज्दै किन आउनुभएको ? यो मेरो सहयोगी पनि पत्रकार बन्दैछ, पत्रकार भन्यो कि कुनै ग्रहको भगवान आएजस्तो हुँदो रहेछ, लिएर आइहाल्छ म भा’ठाउँ’ झर्को मान्दै गिरीले हामीतिर हेरेर एकछिन कराए । अब कुनै पनि पत्रकारलाई समय नदिनू भन्दै उनी २० हजार रुपैयाँ खोज्न निस्किए । बहिनीलाई मोबाइल किन्न पैसा चाहिएको रहेछ, सहयोगीलाई भनेर २० हजार दिलाए, अनि हामीसँग कुरा गर्न बसे ।
सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप गिरीले यो अन्तिमपटक हो भन्दै भोट मागेका रहेछन् । उनले खुलस्त पार्दै भने- म ढाँटेर राजनीति गर्दिन, कांग्रेस पार्टी राम्रो हो पनि भनेको छैन, मेरो पार्टी खराब छ, तर मलाई अटाउने पार्टी कांग्रेस बाहेक अरु देखाइदेऊ न त भन्दा कुनै पनि पार्टी कांग्रेसभन्दा असल देखिएनन् । यसपटक चुनाव लडेर कांग्रेसको एक सिट बढ्छ भने बढोस् भनेर चुनाव लडिदिएको हुँ ।
प्रदीप गिरीसँग चुनावी प्रतिस्पर्धाको अवस्थाबारे बुझ्न गएका हामीले कुराकानी कसरी थाल्ने भन्ने मेलो पाउन सकेनौं । दार्शनिक नेता गिरीमा चुनावी मुड नै थिएन । चुनावमा उम्मेदवार बनेका नेताहरु आफ्ना कुरा मिडियाबाट मतदातामा लैजान आतूर हुन्छन् । तर, गिरी भने पत्रकारसँगै झर्को मानिरहेका थिए । तर, पनि हामीले चुनावमै केन्द्रित रहेर प्रश्न शुरु गर्‍यौं ।
तपाई लामै ग्यापमा प्रत्यक्ष चुनाव लड्न आउनुभयो, त्यो पनि क्षेत्र परिवर्तन गरेर, किन हो ? 
मैले आफ्नो संसदीय जीवनको शुरुवात प्रत्यक्ष निर्वाचनबाटै गरेको हो । बीचमा दुईपटक स्थानीय कारण संविधानसभामा समानुपातिकमा बसेको हुँ । यसपटक मैले चुनाव लड्न चाहेँ, पार्टीका मान्छेले पनि मलाई जन्मथलोमै बोलाए । त्यसैले यहाँ आएको छु । यसमा अरु केही भनिरहनुपर्ने कुरा छैन ।
तर, तपाईको कर्मथलो छाडेर जन्मथलो रोज्नुभएको हो ? 
चुनाव लडेको ठाउँलाई कर्मथलो भन्ने अवधारणा धेरै दुर्भाग्यपूर्ण हो । सांसद त एउटा क्षेत्रका लागि होइन नि । आफ्नो क्षेत्रका लागि त नगरपालिकाको मेयर, गाउँपालिका अध्यक्ष भए भइहाल्थ्यो नि । दुर्भाग्यवस कांग्रेसजस्तो ऐतिहासिक पार्टीले नै सांसदलाई क्षेत्रमा सीमित गरिदियो । तपाईजस्तो प्रबुद्ध व्यक्तिले पनि मलाई अहिले कर्मथलोको प्रश्न उठाउनु भनेको त्यसकै द्योतक हो । यसका कारण धेरै छन् । यो त कांग्रेसको गढ हो नि । सोह्रैआना मैले रोजेर भन्दा पनि पार्टीले पनि यहीँ पठायो ।
यो मधेस आन्दोलनको उद्गम थलो लहानसहितको क्षेत्र पनि हो, पछिल्लोपटक एमाले निकै बलियो बनेको देखिन्छ, कत्तिको दबावमा हुनुहुन्छ ? 
मतगणनाको हिसाबले हेर्ने हो भने, म भविष्यवाणी गरिदिन्छु, मेरो दुवै प्रतिस्पर्धीको मत जोडेर पनि बढी मत पाउँछु । चुनाव जित्ने भन्ने कुरामा मलाई कुनै समस्या छैन । बिचारको हिसाबले मधेसमा फोरमसँग मेरो बिचारधारा नजिक छ, मेरो बिचाराधारा सिके राउतहरुसँग मिल्दैन ।
मधेस पृथ्वीनारायण शाहको पालादेखि नै यस राज्यबाट बहिस्करणमा परेको छ । मधेसीले यो राज्यमा सहभागिता र पहुँच पाएका छैनन् । राज्य भनेको प्रतिनिधिसभा होइन । प्रतिनिधिसभा त राज्यको अनुहारमात्र हो । अनुहारलाई देखाउन मधेसी, जनजाति, महिला पनि छन् भनेर देखाउन सकिन्छ । तर, तिनले संरचनात्मक परिवर्तन गर्दैनन् । शरीर पुरानै छ भने मधेसीले मूलधारबाट बहिस्कृत नै छन् । तिनका एजेण्डा मैले उठाएको छु ।
तपाईका विपक्षीले तपाईले संविधानमा हस्ताक्षर नगरेको, नाकाबन्दीको समर्थन गरेको जस्ता आरोप लगाएका रहेछन् नि ? 
चुनावमा आरोप प्रत्यारोप हुन्छ । विपक्षीहरुले अरु पनि धेरै आरोप लगाइरहेका मैले सुनिरहेको छु । चुनाव प्रचारमा मलाई भन्न मन नलागेको कुरा पनि मैले भनिरहेको हुन्छु । व्यक्तिगत लान्छाना मैले लगाइरहेको छैन । हिजो प्रधानमन्त्री शेरबहादुरजी आउनुभयो, मैले उहाँको बारे बढाइ चढाई बोलेँ । ओलीजी र प्रचण्डजीहरुको बारेमा मन नलाग्दा नलाग्दै पनि गाली गरेँ । यस्तै हो, चुनावमा जे पनि चल्छ ।
मैले संविधानमा हस्ताक्षर नगरेकै हो, यसमा मैले आपत्ति जनाउनुपर्ने कुरा छ र ।
लामो ग्यापपछि प्रत्यक्ष चुनाव लड्नुभएको छ, विगतको र अहिलेको चुनावमा के फरक पाउनुभयो ? 
विगतका चुनावभन्दा यो चुनाव कतिपय सन्दर्भमा फरक पनि छ । भर्खरै स्थानीय चुनावमा धेरै खर्च भएछ । खर्च धान्नै नसक्ने गरी बढेछ । यो चाहिँ एउटा अलि समस्याकै कुरा भयो । तर, विगतमा जस्तो आरोप प्रत्यारोप, हिंसा, गोला बारुदको अवस्थ्ाा अहिले कम छ । सभ्य र शिष्ट ढंगले नै प्रतिस्पर्धा भइरहेको छ ।
म पैलो चुनाव लड्दा कांग्रेसको जुन संगठनात्मक ढाँचा थियो, अहिले बिल्कुल फरक भइसकेछ । नाम त कांग्रेसकै छ तर यति ज्यादा विकृत भइसक्यो कि पार्टी भन्ने नै रहेन ।  कांग्रेसमात्र होइन, एमाले र मधेसवादीमा पनि आयाराम गयारामहरु बढेका छन् । कुनै बैचारिक आस्था छैन, यसले चुनावको परिणाममै असर पार्छ । कम्युनिस्टहरुमा समेत बैचारिक प्रतिवद्धता देखिएको छैन, आज एउटा पार्टीमा छ, भोलि अर्कोमा गइसकेको हुन्छ ।
तपाईको स्वभाव पनि अलि फरक खालको छ, के भनेर भोट मागिरहनुभएको छ जनतासँग ? 
यो ठाउँ मेरो जन्ममूमि हो । मेरो घर यहीँ बस्तिपुरमा छ । मेरी बहिनी मन्जुला गिरी हेर्नुस, यहीँ बसिरहेकी छ । म किन उम्मेदवार बनेँ भनेर मलाई भोट दिने कारण पब्लिकले सोध्दैन । म यहीँ जन्मेको, हुर्केको, मेरो बानी पनि उनीहरुलाई थाहा छ । उनीहरुले मेरो राम्रो नराम्रो सबै थाहा पाएका छन् । त्यसैले मैले यहाँ यो गर्छु, ऊ गर्छु भनेर केही भोट थपिनेवाला छैन ।
यसका साथै मैले यो संविधान त्रुटिपूर्ण छ भनेर हस्ताक्षर गरेको छैन । मैले यहाँका जनतालाई पनि भनेको छु । यो संविधानलाई मधेसीको पक्षमा बनाउन प्रयास गर्छु भनेको छु । यो संविधान अधूरो छ, अपूरो छ भन्ने सबैभन्दा ठूलो प्रमाण मैले हस्ताक्षर नगर्नु हो, यही कुरा मैले भनेको छु । 
कांंग्रेस खराब पार्टी हो भनेर म आफैंले भनिरहेको छु । तर, मलाई जनताले कांग्रेस भएर होइन, हाम्रो मान्छे हो भनेर भोट दिन्छन् ।
संविधानमा हस्ताक्षर नगरेको कुरालाई चुनावी मसला बनाउनुभएको हो ? 
यो तपाईलाई अहिले भनिहाल्ने बेला भएको छैन होला । चुनाव पनि एउटा लडाइ नै हो । जित्छु कि हार्छु भन्ने धेरै सोचेको छैन । भोटरलाई असर गर्छ भनेर मैले धेरै कुरा लुकाउने कुरा पनि छैन ।
साँचो कुरा भन्दा जित हारलाई असर गर्ला, तर मेरो यो अन्तिम लडाई हो । लामो समयदेखि कांग्रेसभित्र लडेँ । ठीक बेठीक जे भए पनि अहिले म अटाउने पार्टी नेपाली कांग्रेस नै रहृयो । यो पार्टीको जति आलोचना गरे पनि, जति उपाहास गर्दा पनि यसका नेताहरुले मलाई विश्वास गरेर टिकट दिए । यो अन्तिम हो, मैले यो पार्टीमा धेरै पाएँ ।
अन्तिम भन्नाले अब तपाई चुनाव नलड्ने ? 
मेरो चुनाव लड्ने अन्तिम हो । म यो चुनाव लडेर कांग्रेसको एक सिट बढ्छ भने म चुनाव उठ्छु भनेर उठेको हुँ । अब म चुनाव लड्दा पनि लड्दिनँ । म जनतालाई ढाँटेर राजनीति गर्दिनँ । मैले सत्य बोल्दा चुनाव हार्छु कि भन्ने डर छैन, तर म चुनाव जित्छु ।
अहिले म मधेसका बस्तीहरुमा गइरहेको छु । वास्तवमा मान्छेहरुको चेताना धेरै माथि गएछ । म मधेसको पक्षमा उभिएको छु भन्ने कुरा यहाँका जनतालाई भन्नुपर्ने रहेनछ । उनीहरु सबैले थाहा पाएका छन् । त्यसका लागि चाहिँ तपाईहरुलाई मिडियावालालाई धन्यवाद दिन चाहान्छु ।
आफ्ना प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादव र फोरमका राजलाल यादवबारे के भन्नुहुन्छ ? 
मेरा प्रतिस्पर्धी आ आफ्ना पार्टीका एकदम गतिला उम्मेदवार छन् । शुरुदेखि नै राजनीति गरेका, राजनीतिमै बाँचेका मान्छे छन् । उनीहरुमा मैले कुनै खोट देखिरहेको छैन । गंगा यादव मेरै गाउँठाउँका हुन्, उनले अहिले मविरुद्ध अलि बढी नै हल्लाखल्ला गरिरहेका छन् ।
दुई महिनाअघिको स्थानीय चुनावको मतपरिणाम हेर्दा चाहिँ हारिन्छ कि भन्ने धरमर लाग्दैन ? 
स्थानीय चुनावको परिणामले राष्ट्रिय चुनावलाई असर गर्दैन । सबै चुनाव स्थानीय हुन्छन्, तर एजेण्डा फरक हुन्छन् । अहिले तीन पार्टी छन्, तीन एजेण्डा छन् । बरु उम्मेदवारका रुपमा अरु दुई उम्मेदवारसँग मेरो तुलनै गरेका छैनन् । मलाई श्रेष्ठ नै भनेका छन् ।
पार्टीका रुपमा कता कता पार्टी चाहिँ… .भनेर अनुहार बिगार्ने गर्छन् । मैले हाँसेर भन्ने गरेको छु- मेरो पार्टी खराब छ, बाँकी दुई पार्टी झन् खराब छन् । मेरो पार्टीले थोरै काम गरेको छ, तर अरु पार्टीले त केही गरेकै छैनन् । कांंग्रेस खराब पार्टी हो भनेर म आफैंले भनिरहेको छु । तर, मलाई जनताले कांग्रेस भएर होइन, हाम्रो मान्छे हो भनेर भोट दिन्छन् ।
अनि कम्युनिस्टले जिते भने अधिनायकवाद ल्याउँछन्, रुन पनि पाइँदैन भन्ने कुरा कांग्रेस नेताहरुबाट आइरहेको छ किन हो ? 
म त्यो सम्भावना देख्दिनँ । बिचारधाराको संघर्षमा नेकपा एमाले, नेकपा माओवादीको मालेमावाद र कांग्रेसको समाजवाद छाड्दिनुस । प्रजातन्त्र भनेको मुख्यतः व्यक्तिको स्वाधीन चेतनालाई केन्द्रमा राखेर गरिने चिन्तन हो । साम्यवाद भनेको चाहिँ व्यक्तिभन्दा पार्टी ठूलो हो भन्छ । अधिनायकवादी बिचारधाराका बाहक जसरी प्राचीन विचाराधारमा प्लेटो थिए, शंकराचार्य पनि थिए । हेगेल पनि थिए । यसको मतलब उनीहरुले अधिनायकवादी समाज बनाएका थिएनन्, उनीहरुको सोच अधिनायकवादी थियो, व्यक्तिले आँटेर अधिनायकवादी समाज बनाउने होइन ।
जुन यो सूचना संयन्त्रको विकास भएको छ, भूमण्डलीकरण आएको छ, यसको अगाडि कसैले चाहेर पनि अधिनायकवाद ल्याउन सक्दैन । एमाले र माओवादीले अधिनायकवाद ल्याउछन् भन्नु चुनावी प्रचारमात्र हो । शेरबहादुरजीले भनिरहनुभएको छ । यो कुरा म भन्छु, कुनै हालतमा अधिनावयकवाद ल्याउँदैनन् । तर, चुनावको बेला हो, म पनि भन्छु, आधारभूत रुपमा शेरबहादुर देउवा सही हुनुहुन्छ, एमाले माओवादी गलत छन् ।
ठूला दुई कम्युनिस्ट पार्टी मिलेका छन्, कांग्रेसले जति त्रास सिर्जना गरे पनि बहुमत त ल्याउलान् नि होइन ? 
म त उनीहरु विरुद्ध कुनै पनि हालतमा बहुमत नल्याउन् भनेर चुनाव लडेको मान्छे । कथम कदाचित एउटै चुनाव चिन्हमा लडेका भए कदाचित (ठूलो अक्षरमा क) बहुमत पनि ल्याउने थिए । कदाचित ठूलो क हुन्छ । तर अहिले अलग अलग चिन्हमा लडेको ठाउँमा त बहुमत ल्याउछन् भन्ने लाग्दैन ।
एमाले जम्मा १०३ ठाउँमा उठेको छ, कांग्रेस १४५ स्थान भन्दा बढी ठाउँमा लडेको छ । समानुपातिमा कांग्रेसको जति सिट एमालेको आउँदैन । कुनै पनि हालतमा एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमतको सम्भावना म देख्दिनँ ।
त्यसोभए त प्रचण्ड र केपी ओलीको सहकार्य पनि चुनावसम्मलाई मात्रै हो त ? 
विल्कुल । चुनावपछि सहकार्य प्रचण्ड र ओलीको हुँदैन । यसमा कुनै संशय छैन । कुन घटकसँग मिल्ने भन्ने कुरा प्रचण्डजीले त्यहीबेला निर्णय गर्नुहुन्छ । त्योबेला प्रचण्डलाई कांगेसले फेरि पनि काँध हाल्नेछ ।

काठमाडौं २ मा नयाँ शक्तिको उम्मेदवार एमालेमा


१७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले पार्टीमा स्वागत गरे ।

सिंखडाले अब आफू माधव नेपाललाई जिताउन सक्रिय हुने बताए ।

खोतलिंदै दुर्लभ खनिजको रहस्य

नेपाली भूगर्भमा रहेको अनुमानसहित ‘रेयर अर्थ इलिमेन्ट’ भनिने दुर्लभ र धेरैका लागि अन्जान खनिजको रहस्य खोतलिंदैछ ।
कम्प्युटर, मोबाइल, टेलिभिजन, क्यामेरा, कार, हवाईजहाजको इञ्जिन, एक्स–रे, अप्टिकल फाइबरलगायत आधुनिक विद्युतीय उपकरणदेखि जटिल प्रविधि विकासमा प्रयोग हुने ‘रेयर अर्थ इलिमेन्ट’ (मेटल) अर्थात् दुर्लभ खनिज पदार्थ (धातु) नेपालको गर्तमा होला ? प्रष्ट जवाफ प्राविधिकहरूसँग पनि छैन ।
किन पनि भने, मूल्यवान् यी धातु नेपाली भूगर्भभित्र छ/छैन भनी अहिलेसम्म अध्ययन भएकै छैन, भूगर्भशास्त्रीहरूबीच अनुमान र चर्चा–परिचर्चा बाहेक । तर, अन्यत्रका मिल्दोजुल्दो भौगर्भिक अवस्थिति तथा जमीनमुनिको चट्टानहरूको बनोटका आधारमा भूगर्भशास्त्रीहरूको निचोड छ, ‘रेयर अर्थ मेटल’ हरू देशका कुना कन्दराका जमीनमुनि केही न केही त पक्कै छन् । यद्यपि, तिनको परिमाण र उत्खनन्को आर्थिक–प्राविधिक सम्भावनाको निक्र्योल भने अध्ययनबाट मात्र गर्न सकिएला ।

अनुसन्धानकर्ताहरूले वर्षौंअघिदेखि देशका डाँडाकाँडा चहारेर अन्य खनिज तत्वहरूको खोजतलास र अध्ययन गरिरहे पनि यी अनौठो दुर्लभ गुण भएका तत्वको अन्वेषण र अध्ययन हुनसकेको छैन, सरकारी र निजी दुवै तवरमा । खनिज क्षेत्रको अनुसन्धान र विकासको जिम्मेवारी बोकेको सरकारी अड्डा खानी तथा भूगर्भ विभागलाई बल्ल यो दुर्लभ मूल्यवान् धातुको रहस्य खोतल्ने जाँगर चलेको छ ।

“रेयर अर्थ इलिमेन्ट भएको आकलनसहित गोरखाको आँपपिपल क्षेत्रमा यो वर्षभित्रै प्रारम्भिक अध्ययन थाल्दैछौं” विभागका प्रवक्ता कृष्णदेव झा भन्छन् । झाका अनुसार, रेयर अर्थ इलिमेन्टको ‘स्रोत चट्टान’ (सोर्स रक) आँपपिपल क्षेत्रमा भेटिनुका साथै कोरियाली अनुसन्धान टोलीले सुझाएको आधारमा विभागले अध्ययन शुरू गर्न लागेको हो । त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र विभागका प्रा.डा. लालु पौडेल आग्नेयसहितका अन्य स्रोत चट्टान विभिन्न भागमा भेटिएकाले नेपालमा पनि दुर्लभ खनिज धातुको सम्भावना रहेको बताउँछन् । विदेशी अनुसन्धानकर्ताहरूले डडेलधुरा र नुवाकोटको ककनीबाट संकलित नमूनाको विदेशमा गरिएको परीक्षणबाट समेत यस्तो संकेत गरेको उनी बताउँछन् । “तर, यस्ता पदार्थ कस्तो अवस्थामा, कति छन् भन्ने बारे खोजी गरिएकै छैन”, पौडेल भन्छन् ।
विदेशी चासो !नेपालमा ‘रेयर अर्थ इलिमेन्ट’ को खोजीमा स्वदेशीभन्दा विदेशी चासो बढी छ । जस्तो कि, डेढ वर्षअघि चिनियाँ अनुसन्धानकर्ताको टोलीले यसबारे अनुसन्धानको इच्छा दर्शाउँदै अनुमतिको माग गरेको तर विभागले अनिच्छा देखाएको बताइन्छ । प्रा. पौडेल ‘रेयर अर्थ मेटल’ को महत्व बुझेका चिनियाँहरूले नेपालमा आँखा लगाइरहेको बताउँछन् । “यस्ता धातुको सर्वाधिक उत्पादन गर्ने चिनियाँहरू सम्भावना देखेरै नेपाल छिर्न खोजिरहेका छन्”, उनी भन्छन् ।
त्यसो त, यसअघि कोरियाली अनुसन्धानकर्ताहरूले पनि दुर्लभ धातु खोज्ने चासो नदेखाएका होइनन् । ६–७ वर्षअघि कोरिया इन्ष्टिच्यूट अफ जियोसाइन्स एण्ड मिनरल रिसोर्सेस् (किगाम) ले रियल अर्थ मेटलको अन्वेषणमा प्राविधिक र अन्य सहयोग गर्न विभागसँग प्रारम्भिक समझदारी गरेको थियो । त्यसअन्तर्गत, पहिलो चरणमा विभागका अधिकारीहरूले कोरियामा तालीमसमेत लिएका थिए । किगामले पूर्ण सम्झाैतापत्रमा हस्ताक्षर गरेर काम अघि बढाउन खोजे पनि उद्योग मन्त्रालयले सहमति नदिएपछि अनुसन्धान रोकियो ।
अहिले भने विभाग आफैंले प्रारम्भिक अध्ययन अघि बढाउन ‘एक्सआरएफ एनालाइजर’ सहितका केही उपकरण खरीद गरेको छ । तर, यस्तो गहन अनुसन्धान अघि बढाउन विभागसँग न प्राविधिक क्षमता छ, न पर्याप्त आर्थिक स्रोतसाधन नै । अनुसन्धान अघि नबढ्नुको मुख्य कारणमध्ये एक परीक्षणशालाको अभाव पनि हो ।
प्रा. पौडेल यस्ता धातुको अन्वेषणमा अत्यावश्यक अत्याधुनिक आईसीपी–एमएस (मास स्पेट्रोमेट्री) सहितका उपकरण र दक्ष जनशक्ति विभागसँग नभएको बताउँछन् ।
औपचारिक रूपमा ‘रेयर अर्थ इलिमेन्ट (मेटल)’ भनिए पनि यी धातु एकै भने होइनन्, होल्मियम, प्रासिओडाइमियम, सेरियम, लुटेटियम, ल्यान्थानम, प्रोमेथियलगायतका १५ देखि १७ धातु ‘दुर्लभ’ समूहमा पर्छन् । यी धातुको प्रयोग आधुनिक विद्युतीय र अन्य प्रविधि विकासमा हुने गर्छ, स्मार्टफोनदेखि हावाबाट बिजुली निकाल्ने टर्वाइनको सञ्चालनसम्म ।
लघु उपकरण तथा प्रविधि त यस्ता धातु विना असम्भव नै मानिन्छन् । शुद्ध रूपमा छुट्टै एकै ठाउँमा नभेटिने र अन्य धातुसँग मिश्रित हुने भएकाले यसलाई ‘रेयर’ मानिन्छ, नभए भेट्न त माटोदेखि विभिन्न खालका चट्टानमा पनि भेटिन्छ ।
सामान्यतः युरेनियम जस्ता रेडियोधर्मी विकिरण भएका स्थानमा भेटिने यी धातु आर्थिक र प्राविधिक रूपमा एकत्रित गर्न भने सजिलो छैन । प्रा. पौडेल अत्यन्त थोरै हुने भएकाले यो धातुलाई पीपीएम (पार्टस् पर मिलियन) मा हेरिने बताउँछन् । 
सन् १९८२ मा ‘रेयर अर्थ मेटल’ को प्रयोगमार्फत पहिलो पटक बनाइएको एक खालको चुम्बक आधुनिक प्रविधिको लागि ठूलो क्रान्ति मानिन्छ । कम्प्युटरको हार्डड्राइभदेखि मोबाइलको स्पिकर, ल्यापटप तथा टेलिभिजन, एमआरआई स्क्यानर, आणविक ब्याट्रीमा यस्ता धातु नभई हुँदैन । अहिले संसारमा प्रयोग हुने यस्ता धातु ८५ प्रतिशतभन्दा बढी चीनबाट आउँछ । चीनले उत्तर कोरियाबाट समेत गोप्य रूपमा यस्ता मूल्यवान् धातु भित्र्याउने गरेको पनि बताइन्छ ।
चीनका सबै उच्च प्रविधियुक्त उद्योगहरू यिनै दुर्लभ धातुमा आधारित रहेको मानिन्छ । कतिसम्म भने, सन् २०१० मा चीनले वातावरण संरक्षणका लागि यस्ता धातुको निर्यात घटाउने चेतावनी दिएसँगै कतिपय धातुको मूल्य ३००० प्रतिशतसम्मले बढेको थियो । त्यतिबेला डाइस्प्रोसियम धातुको मूल्य प्रतिकिलो ९९४ डलरसम्म पुगेको थियो ।
उदारवादी चिनियाँ नेता तङ स्याओ फिङले मध्यपूर्वका देश तेल बेचेर धनी भएजस्तै चीन यस्ता धातु बेचेर धनी हुनसक्ने उल्लेख गरेका थिए । अमेरिकाले अफगानिस्तानलगायत आफ्नो सहज उपस्थिति भएका देशमा यस्ता धातुको व्यापक खोजी गरिरहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाउने गरेका छन् ।
चट्टानको स्थिति र भू–बनोटको आधारमा भेटिने यी धातु नेपालको उच्च हिमालय क्षेत्र, महाभारत शृंखलाको काठमाडौं र पूर्वतिर उदयपुर तथा पश्चिममा जाजरकोटसहितका कर्णाली र डडेलधुरामा प्रचुर मात्रामा रहेको अनुमान गरिएको भूगर्भविद् पौडेल बताउँछन् । सेडिमेन्टरी, मेटामर्फिक र आग्नेय सबैखाले चट्टानमा यस्ता धातु भेटिए पनि बढी सम्भाव्यता भने आग्नेय चट्टान फैलिएको क्षेत्रमा हुन्छ । अर्का भूगर्भविद् डा. कमलकान्त आचार्य पनि चट्टानको बनोटको आधारमा नेपालमा पर्याप्त ‘रेयर अर्थ मेटल’ रहेको बताउँछन् ।
माथिल्लो मुस्ताङमा युरेनियम !विद्युत् उत्पादन, आणविक अस्त्र तथा परमाणु परीक्षण लगायतमा प्रयोग हुने युरेनियम माथिल्लो मुस्ताङमा भेटिएको छ । विभागका प्रवक्ता कृष्णदेव झा १० वर्ग किमी क्षेत्रफलमा गरिएको दोस्रो अन्वेषणबाट यो क्षेत्रमा युरेनियम भण्डार देखिएको बताउँछन् ।
विभागका एक उच्च अधिकारीका अनुसार, माथिल्लो मुस्ताङमा मध्यम गुणस्तरको ठूलै युरेनियम भण्डार छ । “आर्थिक–प्राविधिक रूपमा उत्खनन्योग्य युरेनियम भेटिएको छ” ती अधिकारी भन्छन्, “रणनीतिक महत्वको धातु भएकाले परिमाण तथा गुणस्तरबारे धेरै हल्लाखल्ला गर्न मिल्दैन ।”
केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उल्लेख गर्दै माथिल्लो मुस्ताङ क्षेत्रमा युरेनियम भण्डार रहेको बताएपछि यसको चर्चा चुलिएको थियो । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै उक्त क्षेत्रको माटो परीक्षण गर्दा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।
विभागले जनाए अनुसार यसअघि मकवानपुरको तीन भङ्गाले, सिन्धुलीको बुका खोला, काठमाडौंको शिवपुरी, बझाङलगायतका स्थानमा युरेनियम भेटिएको थियो । तीन भङ्गाले क्षेत्रमा मात्रै ३५ टनभन्दा बढी शुद्ध युरेनियम निकाल्न सकिने अनुमान छ । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमलाई बहुमूल्य धातु मानिन्छ ।

एक युवतीको प्रश्न: ‘रात परेपछि अत्याधिक यौन उत्तेजना हुन्छ’ म के गरौं ?

म १७ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ । मेरो कुनै केटासाथी पनि छैन । अब मैले के गर्दा उपयुक्त होला ? –डा. राजेन्द्र भद्रा
Image result for sexiest photo
यौन भावनाको व्यवस्थापन
हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ ।यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।
किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् । यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।
 
हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् ।
महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए ।
महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि ।
त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं ।
काँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।
पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।
भगांकुर चलाउनु : भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।
त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।
योनिमा केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।
यौन प्रसाधनको प्रयोग : भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् ।
अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।

‘नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’



करुणा कुँवर,  मनोविज्ञ (फेमिली थेरापिष्ट)
नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् ।
Image result for sex
यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन– अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् ।
नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा ।
तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ?
मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो ।
एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ ।
तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँजोडीका मुख्य समस्याहरु के के रहेछन् ?
पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ ।
अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ ।
सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ?
९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु ।
केही उदाहरण दिन सकिन्छ ?
धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन्
पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ ।
नेपालीको यौन कृयाकलाप कसरी हँुदोरहेछसमस्या के पाउनुभयो ?
सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् ।
त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै ।
नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ?
उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।
पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।
नेपालका शहरी क्षेत्रमा महिलापुरुष सेक्समा उदार हँुदैछन् , यससँगै सेक्समा बिभिन्न प्रयोग भएको सुन्न पाइन्छ , यसलाई कसरी लिनु भएको छ ?
शहरमा सेक्स टोयका सामान बिक्रि हुन थालेका छन् । प्रारम्भमा मलाईपनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् भन्ने लागेको थियो । तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै बर्गका मानिस जाने रहेछन् । यसले सेक्समा मानिस उदार हुदै गएको देखिन्छ ।
यद्धपि कस्तो सेक्स वा नराम्रो भन्ने कुरा दुईजना वीचको यौन ब्यबहारले छुट्याउने कुरा हो । यौन कृयाकलापका बेला दुबैजाना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो कृयाकलाप अरुका लागि अप्राकृतिक भएपनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।
अहिले गुदा मैथुन मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्तपाइँको अध्ययनले के पाउनु भयो ?
विदेशमा विशेषगरी शिक्षित जोडीहरु सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरुषलाई मुख मैथुन रमाईलो लाग्छ भने त्यहा महिलाले पनि आफुलाई त्यही रुपमा आफ्नो सन्तुष्टीको आधार खोज्छिन् । यहि कारण महिलाहरु पनि त्यती नै रमाईलो मान्छन् । नेपालमा भने महिलाहरु आफ्नो सन्तुष्टिको अधिकारबारे त्यती सचेत छैनन् ।
आफ्नो पार्टनरले मुख मैथुन वा गुद मैथुनको बारेमा कुरा गरो भने आफु जर्वजस्तीमा परेको अनुभब गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेवित्तिकै पुरुष लिङग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रती दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।
किशोरीहरुमा हिस्टोरीया भन्ने एक किसिमको परम्परागत रोग देखिन्छयसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छखासमा यो के हो ?
किशोर अवस्थामा अचानक बेहोश हुने वा अन्य कृयाकलाप देखाउने रोग भएकोले हिस्टोरीयालाई यौन सगँ जोडीएको हो । वास्तवमा यो यौनसगँ सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोली यसलाई ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । पहिलो हिस्टोरीया भएका यूवतीलाई विवाह गरिदिदा यो रोग हराएकोे पाईयो ।
कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टि सँग सम्बन्धित हो भन्ने ब्याख्या गरियो । आजभोली यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन , जुनसुकै तनावका कारण पनि हिस्टोरीया हुन सक्छ ।
विवाहको केही बर्षपछि पुरुषहरु आफ्ना श्रीमतीको यौन चाहाना कम भएको भन्ने गर्छन् । उनीहरु परस्त्री गमन गर्न थाल्दछन् । फलस्वरुप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ?
विवाहको पहिलो बर्ष महिलाहरु पुरुषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुदै जान्छ । उनीहरुको ध्यान आफनो श्रीमान भन्दा छोरा–छोरी प्रति जान्छ । तर पुरुषले श्रीमतीबाट त्यही ब्यवहार चाहान्छ ।
त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । म सँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसगँ सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ ।
नेपालमा एकथरी महिला छन् जसका लागि यौन लाजको बिषय हो । तर अर्काथरी महिला यस्ता पनि छन्जो खुला रुपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन् , यसलाई कसरी लिनुहुन्छ ?
धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गदैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् ।
मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् ।
यहाँ महिला मात्र हैन , पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । आजको तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् ।
यौन भनेकै यस्तो कुरा हो । जो कसैले प्रकट गरोस् या नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम बस्त्र लगाउँछिन् । यसकारण उनी सबैभन्दा बढी यौन इच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन् त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।
यति हुँदाहुँदै पनि नेपालीहरु किन हिप्पोक्रयाट भएका ?
किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासंग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरुले यसलाइ लाजको बिषय भने । शिक्षक–शिक्षकाले पनि यसलाई गोप्य भनिदिए ।
यसरी जोवाट यौनका बिषयमा खुलेर कुरा आउनु पर्ने होे, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचार यौन कलंकित हुने नै भयो । म सभ्य छु भन्नेहरुले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो ।
अहिलेको नयाँ पुस्ता घरमा यौनलाइ गलत भनेको सुन्छतर इन्टरनेट र साथिभाइका माध्यमबाट सबैकुरा सिकिसक्छ । यस्तो अबस्थालाई कसरी मिलाउने ?
यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ । नत्र विकृत ब्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोबैज्ञानिकहरुले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ ।
(अश्विनी कोइरालाको पुस्तक ‘उनीबाट साभार ।)