कैलाली क्षेत्र नम्वर ५ की प्रतिनिधि सभाकी उम्मेदवार डाक्टर आरजु राणा देउवालाई हराउन काग्रेंसको एक तप्का सक्रिय भएको छ । पार्टी सभापतिकी पत्नीलाई टिकट दिन नहुने भन्दै लामो समयदेखि विरोध गर्दै आएको काग्रेंसको एउटा समुहले अहिले पर्चा पम्पलेट छाप्दै आरजु हराउ अभियान थालेको हो ।

केही दिन अघि गोप्य रुपमा आरजुलाई भोट नदिनका लागि लागिरहेका नेताहरुले जय नेपाल सहित पर्चा छापेर आरजुलाई हराउन सवैमा अपिल गरिरहेको छ । करोडतन्त्रको अन्त्य गर्न डाक्टर आरजु राणा देउवा हराउ अभियानको अपिल लेखिएको पर्चा वजारका चोक चोकमा छ्यापछ््प्ती छरिएका छन ।


यसले आरजुलाई अझ चुनौती थपिएको छ । आरजुले पैसाको खोलो वगाएको, कमिसन वापतको सरुवा वढुवावाट आर्जित कालो धनलाई चुनावमा खर्च गरेको लगायतका आरोप उक्त पर्चामा लगाईका छन । 

यसपाली रुख चिन्हमा मतदान नगर्न र त्यो वाहेकको अन्य विकल्प खोज्न पर्चामा अपिल गरिएको छ । हरियो रंगको मतपत्रमा आरजुलाई रुख चिन्हमा मतदान नगर्न भनिएको भए पनि प्रदेश र समानुपातिक मतपत्रमा भने भोट गर्न वा नगर्न केही पनि भनिएको छैन ।

डाक्टर आरजु राणा हराउ, लोकतन्त्र जोगाउ, करोडतन्त्र र भष्ट्राचार कमिसनतन्त्रको अन्त्य गर्न सहयोगी वनौ, हामी सवै सचेत नागरिकको कर्तव्य पुरा गरौं, मत अमुल्य छ सदुपयोग गरौं, डाक्टर आरजुलाई होईन अन्यलाई रोजौं लगायतका नाराहरु पर्चामा उल्लेख गरिएका छन ।