Dec 5, 2017

टीकापुर घटनाको नयाँ खुलासा, भदौ ८ गते थारुका पसल लुटपाट गर्ने मुख्य नाईके को थियो ? (भिडियो सहित)


टीकापुर  । वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र डेढ वर्षीय नावालक टेकेन्द्र साउदसहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको घटनामा नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको नयाँ तथ्य बाहिर आएको छ । टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका लक्ष्मण थारुले भदौ ७ गते नौ जनाको ज्यान जानेगरी भएको घटना र त्यसको भोलिपल्ट भदौ ८ गते टीकापुरका थारु व्यवसायीहरुको घर पसलमा भएको लुटपाट र आगजनीमा नेपाली कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको बताएका छन् ।


थारुले टीकापुर घटनामा निर्दोष मानिसहरुलाई फसाइएको बताउदै स्वतन्त्रपूर्वक छानविनको माग गरेका छन । उनले भनेका छन् , सरकारले दोषीलाई कार्वाही र निर्दोषलाई उन्मुक्ति दिनु पर्छ । तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका थारुले कैलाली कारागारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्दै टीकापुर घटनाको भित्रि पाटोको बारेमा खुलस्त पारे ।

भदौ ७ को भोलिपल्ट टीकापुर बजारमा थारु समुदायका घर पसलमा भएको आगजनीमा डिएसपी विश्वराज खड्काको संलग्नता भएको लक्ष्मण थारुले बताएका छन । टीकापुरका गुण्डा केटाहरु र प्रहरी सहितको सहयोगमा डिएसपी खडकाको नेतृत्वमा भदौ ८ गते राती थारु समुदायका घर पसलमा लुटपाट र आगजनी भएको प्रमाण आफुसंग भएको थारुको भनाई छ ।था रुले डिएसपी विश्वराज खडका माथि सरकारले कारवाही नगरे आफुहरुले आदिवासी थारुहरुका घर लुटपाट र आगजनी गर्ने विरुद्द अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन ।

को हुन डिएसपी विश्वराज खड्का ?
विश्वराज खडका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्का भतिजा हुन । २०७२ साल भदौ ७ गतेको घटनामा उनी जिल्ला प्रहरी कार्यालय धनगढीमा दरबन्दी भई थरुहट आन्दोलनकाक्रममा टीकापुरमा खटिएका थिए ।खड्काकैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सदस्यको उम्मेद्वार रहेकी ईश्वरी न्यौपानेका ज्वाई हुन ।

थारु नेता लक्ष्मण थारुले टीकापुरमा थारु समुदायको घर पसलमा लुटपाट र आगजनी गर्ने षडयन्त्रको आरोप लगाइरहदा डिएसपी खड्काकी सासु चुनावी मैदानमा छिन ।
कैलाली क्षेत्र नम्बर १ मा निर्णायक भूमिकामा रहेका थारु मतदाताबीच ईश्वरी न्यौपानेले थारु वस्तीहरुमा कसरी भोट माग्लिन चासोको विषय बनेको छ । भदौ ८ गतेको लुटपाट र आगजनीको योजना बनिरहदा डिएसपी ज्वाई विश्वराजले सासु ईश्वरी न्यौपानेसंग के के संवाद भयो होला ?

कैलाली कारागारबाट भिडियो वक्तव्यमा थारु नेता लक्ष्मण थारुले टीकापुर घटनामा नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताको संलग्नताको प्रमाण छ भनेर किन भने होलान रु यस्ता प्रश्नको जवाफ कैलालीका मतदाता जान्न चाहान्छन

नयाँ रिपोर्ट बाहिरियो : वाम गठबन्धनले १४५ र कांग्रेसले ७० सिट जित्ने दाबी

त्यस्तै नेपाली कांग्रेसको ४५ देखि ५० सिट आउने रिपोर्टमा उल्लेख गरिएको स्रोतको दाबी छ । नेकपा मओवादी केन्द्रले २५ देखि ३० सिटको हाराहारीमा विजयी हाँसिल गर्ने उल्लेख गरिएको छ ।
यता राजपा र संघीय समाजवादी को १० देखि १२ सिट र राप्रपा र राप्रपा प्रजातान्त्रिकको २ देखि ५ सिट आउने दाबी गरिएको छ । त्यस्तै साना साना दल १ वा २ सिट जित्ने दाबी पनि उक्त रिपोर्टमा गरिएको छ ।
यसरी हेर्दा, एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा साधरण बहुमत आउने पक्का भएको छ । बहुमतको लागि एक सय ३८ चाहिनेमा वाम गठबन्धनको पक्षमा एक सय ४५ सिट आउने बुझिएको छ। 
कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी पटक पटक गरेको छ । केही दिन अघिमात्रै काठमाडौं आयोजित एक पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो दाबी गरेको थियो ।
‘मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनअन्तर्गत १ सय २८ स्थानका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले पत्रकारसँग भने, ‘लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाउँमा सहयोगी दलका उम्मेदवारले विजय हासिल गर्नुहुन्छ ।’ कांग्रेसले १ सय १८ स्थानमा पार्टीका उम्मेदवार उठाएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पार्टीले बहुमत सिटमा जित्ने दाबी पनि खाँणले गरेका थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुले वाम गठबन्धन निर्माण गर्दै संविधान संशोधनसहित एकदलीय व्यवस्था लाद्ने उद्घोष गरकाले आफ्नो पार्टीको पक्षमा थप जनमत निर्माण भएको कांग्रेसको विश्लेषण छ ।
तर यता एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरिसकेको छ ।

किन गरे गगनले सामान्य कानको चोटमा यत्रो नौटंकी?

काठमाडौं, – बुढानिलकण्ठ नगरपालिकाको चपलीमा सोमबार अपरिचित समुहले बम बिस्फोट गरायो । नेपाली कांग्रेस क्षेत्र नम्बर चारका उम्मेदवार गगन थापा सहितको समूहले घरदैलो गरिरहेको बेलामा उक्त घटना भएको बताईएको छ । उक्त घटनामा गगन थापाका साथमा रहेका केहि कांग्रेस कार्यकर्ताहरु घाइते भएतापनि थापाको भने कानमा सामान्य चोट लागेको बुझिएको छ । कुनै ठुलो चोटपटक नलागेका कारण उनि केहि समय अस्पताल बसेर घर फर्किसकेका छन् । तर उनि अस्पतालबाट बाहिर निस्किदा भने अचम्मको दृश्य देखियो । अस्पतालबाट निस्कदा उनले टाउको वरिपरी नै सेतो कपडाको बाक्लो पट्टि बाधेको देखिएको छ जुन गहिरो चोटपटक लाग्दा मात्रै प्रयोग गर्ने गरिन्छ ।

आखिर किन थापा आफुलाई टाउको भरि बाधिएको पट्टिसहित अस्पतालबाट सार्वजनिक भए त ? अहिले सर्वाधिक चासोको बिषय बनेको छ । आफ्ना भासणमा आफुलाई नैतिकताको राजनीति गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने भन्न रुचाउने थापा यो कार्यले भने उनको त्यो भनाइको आफैंले खण्डन गरेको छर्लङ्ग भएको छ । सहानुभूतिको मत प्राप्तिका लागि मात्रै उनले त्यसो गरेको सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचन प्रचारको शुरुवाती देखि नै बाम गठबन्धनका पक्षमा ब्यापक जनलहर पैदा भएको यस क्षेत्रमा गगन थापा उनकै कारण जनतामाझ अलोकप्रिय हुँदै गएका थिए । यस क्षेत्रमा दुइ कार्यकाल जनप्रतिनिधि रहेका थापाले यस क्षेत्रको बिकासमा कुनैपनि उल्लेखनीय भूमिका निर्वाह गर्न नसकी जनताको नजरमा असक्षम साबित भैसकेका थिए । स्मरण रहोस यहि कारण स्थानीय तहको निर्वाचनको समयमा कपनका स्थानीय बासिन्दाबाट समेत लखेटिनु परेको थियो ।

यी र यस्तै कारणले प्रताडित बन्दै गएका थापा यस क्षेत्रबाट पुन: निर्वाचित हुन बिभिन्न बहानाबाजीको खोजीमा थिए र कुनै न कुनै रुपमा जनताको सहानुभूति खोजिरहेका थापाले बिना चोटपटक टाउकोमा निकैठुलो पट्टि बाधेर मतदाता सामु प्रस्तुत भएका छन् । नक्कली पट्टिकै भरमा जनताले उनलाई सहानुभूति प्रकट गर्लान् भन्ने कुरामा भने बिश्वास गरिहाल्ने अवस्था छैन । किनभने चिल्ला कुरा गर्न थापा बिगत लामो समयदेखि माहिर रहेको यस क्षेत्रका आम मतदाताले स्पष्ट संग बुझिसकेका छन् भनेर  चपली अनलाइनमा खबर छ