Dec 8, 2017

‘देउवालाई सात चोटी प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिष फरार, देउवा ज्योतिष खोज्दै !’


चुनावको परिणामले नराम्रोसँग बढारिने संकेत गरेपछि सामाजिक सञ्जालमा देउवाको उच्छितो काढ्न सुरु भएको छ । लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरमा प्रतीक रिमाल लेख्छन्, ‘डढेलधुराको मत गन्नुअघि, शेरबहादुर देउवाद्धारा ज्योतिष खोजिकार्य तिब्र । त्यसैले मतगणना ढिलो ।’ रिमाल थप्छन्, ‘देउवाको ज्योतिष फरार किनभने तिनले भनेका थिए, शेरबहादुर देउवाज्यू तपाई सात पटक प्रधानमन्त्री बन्नु हनेछ ।’

यस्तै सोमेश नाम गरेका ट्वीटर प्रयोगकर्ता प्रश्न गर्छन्, ‘बिपी बाँचिरहेका भए काँग्रेसलाई भोट हाल्थे कि नाई?’ जवाफ दिदै नयनराज पाण्डे लेख्छन्, ‘प्रत्यक्षमा हरिबोलको लागि भोट माग्थे, उनको नाम समानुपातिकमा हुन्थ्यो ।’

यसरी नै ग्रेभयाड एन्जल नामको ट्वीटरबाट सासा काँग्रेसको हविगतलाई गीतसँग जोडद्र लेख्छिन्, ‘अच्छा चलता हुँ, दुवाऔंमे याद रखना ।’

पत्रकार नारायण अमृतको बिश्लेषण छ, ‘देउवा मात्र किन? बने राचपौ र महामन्त्री शसांकसहितका पदाधिकारीहरूले यो पराजयपछि राजीनामा दिंदा राम्रो । नयाँ पुस्ता र नयाँ सोच, दृष्टिलाई स्थान दिने, हुर्काउँने र संरक्षण गर्ने परम्पराको थालनी किन नगर्ने? नत्र, रामराम भन्ने त होलान् काँध थाप्ने शून्यतिर लाग्ने देखियो ।’

अर्का पत्रकार शिव दाहाल हारेको काँग्रेसको घाउमा नून यसरी दल्छन्, ‘कांग्रेस सभापति देउवाले विवेकशील भन्दा बढि मत ल्याउछु भनेका रहेछन् मानिसहरु बहुमत भनेर झुक्किएछन् ।’


देउवालाई प्रश्न: तपाईले आफ्नै गाँउको स्कुल त वनाउनु भएको रैनछ। देश कसरी वनाउने ?


चार पटक प्रधानमन्त्री वनेका प्रधानमन्त्रीको मतदान केन्द्रको स्कुलको भौतिक अवस्था देखेर मलाई दया जाग्यो ! तपाईले आफ्नै गामको स्कुल त वनाउनु भएको रैनछ देश कसरी वनाउने ?
लथालिंग —-तपाई केही भन्नु हुन्छ की ?

कांग्रेसको पक्षमा नतिजा नआउने स्पष्ट भएपछि सभापति देउवाको राजिनामा माग

२२ मंसिर, काठमाण्डौ । प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै केही नेताहरु रुष्ट बनेका छन् ।
पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।
“चुनाव हराएका कारण राजिनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” एक नेताले भने ।
प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजिनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।
पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतमाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ ।
पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।