Dec 9, 2017

काँग्रेस पराजयको समिक्षा

लोकतान्त्रिक गठबन्धनका नाममा परायालाई रोजेर आफ्नैलाई धोका

२३ मंसिर, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ स्थित असिग्राम मावि, रुवाखोला केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरले दुईवटा सन्देश दिन्थ्यो ।
पहिलो, उनी अब बूढेसकालमा प्रवेश गरिसकेका छन् । र, दोस्रो, २६ वर्षयताका नौ वटा चुनावमा मत खसालेको विद्यालय र त्यहाँसम्म पुग्ने बाटो अहिलेसम्म उस्ताको उस्तै छ । त्यसैले हुनुपर्छ, देउवाले देशभर घन्काएको कम्युनिस्टविरोधी नारा र समृद्धिको आश्वासन यसपालि मतदाताले पत्याएनन् ।
कांग्रेस देब्रे कि दाहिने ?
अहिलेको यक्ष प्रश्न हो यो । के कांग्रेस दक्षिणपन्थी पार्टी हो ? प्रजातान्त्रिक समाजवादको वकालत गर्ने कांग्रेस त ‘सेन्टर टु लेफ्ट’ अर्थात् वामपन्थतिरै झुकाव राख्ने पार्टी हुनुपर्ने हो ।
एमाले र माओवादीले चुनावी गठबन्धन गर्दैगर्दा देउवाको नेतृत्वमा मुलुकभरका कांग्रेसहरुले कम्युनिस्ट अधिनायकवाद आउँदै गरेको नारा लगाए । सिद्धान्ततः आफैं वामपन्थी रहेको दलले अर्को वाम गठबन्धनको अधिनायकवादको कुरा गर्नु आफैंमा हास्यास्पद थियो ।
दलाल पूँजीवादमा अभ्यस्त भइसकेका कांग्रेस नेताहरुले आफ्नो सिद्धान्त नै बिर्सिसकेको आभाष यसअघि पनि नहुने गरेको होइन ।
एमाले र माओवादी सम्मिलित सरकार आएमा रुन, हाँस्न पनि पाइँदैन भन्नेजस्तो हलुका टिप्पणी गरेर देउवाले आफैंलाई उपहासको पात्र बनाए
कम्युनिस्ट शब्द झुण्ड्याएका दुई दलहरुबीचको चुनावी तालमेललाई निरंकुशतन्त्रको पूर्वाभ्यासका रुपमा व्याख्या गर्दै गर्दा कांग्रेसजनहरुले छुटाए, ती दल प्रजातान्त्रीकरण भइसकेका छन् र अब नाममा मात्र कम्युनिस्ट शब्द बाँकी छ ।
तर, देउवाले न त एमाले र माओवादीहरु कम्युनिस्ट नरहेको बुझाउन सके, न कांग्रेस वामपन्थी रुझान बोकेको दल हुनुपर्ने हेक्का नै राखे । अझ, दुवै दललाई प्रजातान्त्रिक धारमा समाहित गर्न कांग्रेसले नेतृत्व लिएको र अब कम्युनिस्ट नै नरहेको बुझाउनुपर्ने कुरामा कांग्रेसका नेता/कार्यकर्ताको ध्यानै पुगेन ।
एमाले र माओवादीहरु तानाशाही कम्युनिस्ट पन्थमा रहँदै नरहेको  विषयलाई भण्डाफोर गर्नबाट चुके, देउवा । उल्टै, एमाले र माओवादी सम्मिलित सरकार आएमा रुन, हाँस्न पनि पाइँदैन भन्नेजस्तो हलुका टिप्पणी गरेर देउवाले आफैंलाई उपहासको पात्र बनाए ।
०६३ सालयता नै जनताले अन्तरिमकालसहित ६ पटक माओवादीलाई सत्तामा पाइसकेका छन् । तीमध्ये तीनपटक त कांग्रेस पनि सत्ता सहयात्री थियो । एमाले र माओवादीबीच चार पटकसम्म सत्ता गठबन्धन भएको थियो । त्यस क्रममा नआएको अधिनायकवाद भविश्यमा पनि आउला भनेर जनताले कसरी पत्याउने ? कांग्रेस नेताको कुरा जनताले पत्याएनन् ।
अझ, ज्योतिषिले आफूलाई ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आफूलाई जनतामा विश्वास नै नभएको सन्देश दिए, देउवाले । कांग्रेस होइन, देउवाचाहिँ दक्षिणपन्थी देखिए ।
भारतीय कित्ताको पराजय !
चुनावको मुखैमा बूढीगण्डकी बहुउद्देश्यीय परियोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवा (गोजोपा) सँगको सम्झौतापत्र रद्द गर्नुको अर्थ के थियो ? सीधा जवाफ हुन्छ, आफूलाई चुनावको मुखमा भारतीय कित्तामा उभ्याउने ।
‘गेजुवासँग सम्झौता गर्दा पनि देउवाको पार्टी सरकारमा थियो र रद्द गर्दा उनी नै प्रधानमन्त्री थिए,’ अनौपचारिक कुराकानीमा एक चिनियाँ अधिकारी भन्छन्, ‘उनले आफूलाई भारतीय कित्तामा उभ्याएकै कारण यसपटकको निर्वाचनमा लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।’ अर्थात्, नेपालमा भारतीय ‘लबी’ स्वतः अलोकपि्रय हुन्छ भन्ने कुरामा चिनियाँहरु जानकार छन् । यही कुरा नेपाली कांग्रेसको नेतृत्वले बुझेन ।
डेढ वर्षयता देउवाको बाह्य साँठगाँठको विश्लेषण गर्नु यहाँनेर सान्दर्भिक हुन सक्छ ।
०७३ सालमा १० दिने भ्रमणमा शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । १५ वैशाख ०७३ मा उनी स्वदेश फर्केलगत्तै तत्कालीन केपी ओली सरकार संकटमा पर्‍यो । तत्कालका लागि ओली सरकार अडिए पनि अर्को चार महिनामै फेरि धर्मरायो । र, त्यतिबेलाको विपक्षी दल कांग्रेससहितको गठबन्धनले २० साउन ०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायो । त्यतिबेलाकै सहमतिअनुसार देउवाले २३ जेठ ०७४ मा चौथोपटक सत्ताको बागडोर सम्हाले ।
त्यतिबेला देउवाले भारत भ्रमण गर्नुको उद्देश्य पत्नी आरजुको कम्मरको शल्यक्रिया थियो । तर, त्यही बाहानामा आरजुले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटघाट मात्र होइन, बैंगलोर, गुजरातलगायत शक्तिपीठहरूको दर्शन गर्दै पीठाधीशहरुसँग पनि भेटेकी थिइन् । काञ्ची कामकोठी पीठका शंकराचार्य जयन्द्र सरस्वतीमार्फत् उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध कसिलो बनाइन् ।
अहिले कांग्रेसको लज्जाजनक हारमा पूर्णरुपमा भारतीय कित्ताको उभ्याइले पनि भूमिका निर्वाह गरेको विश्लेषण कांग्रेसजनहरुको छ
५ मंसिर ०७३ मा कैलाली धनगढीमा आयोजित धर्म सम्मेलनमा शंकराचार्यले त्यसबारे रहस्य खोले । त्यही समयदेखि हो, आरजुमा पनि प्रत्यक्षतर्फबाट निर्वाचित हुने महत्वाकांक्षा पलाएको । पत्नीले समातेको भारतीय डोरीमै झुण्डिन देउवाले पनि उपयुक्त ठाने । र, यसअघिको अमेरिकी-युरोपेली ‘लवी’ छाडेर भारतीय लगनगाँठोमा उनी कस्सिए । यसअघिसम्म देउवालाई भारतसँग भन्दा पश्चिमासँग निकट मानिन्थ्यो ।
२६ कात्तिक ०७३ मा दक्षिण-पश्चिमको तटीय शहर गोवामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र हिन्दु धर्मगुरुहरुसँगै तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ सांगेसँग मञ्च साझेदारी गरेको देउवाको तस्वीरले तहल्का मच्चाएको थियो । आफू भारतीय ‘लवी’मा प्रवेश गरेको सन्देश दिँदै गर्दा देउवाले नेपालको एक चीन नीतिसमेत बिर्सिए । र, त्यही विन्दुमा उनले उत्तरी छिमेकी चीनलाई नराम्ररी चिढ्याए । कांग्रेस मन्त्रीहरुको असहमतिका बावजुद तत्कालीन प्रधानमन्त्री दाहालले चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने निर्णय लिएको कुरा कतै छिपेको छैन । दाहाल सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काठमाडौं आएका चिनियाँ अधिकारीहरुलाई भेटसम्म नदिएर अपमानित गर्न पनि पछि परेका थिएनन् ।
तत्कालीन केपी ओली सरकारले चीनसँग गरेका सम्झौताहरु कार्यान्वयन र दुवै छिमेकीसँग व्यापार र पारवहनको सहजता हुने आशामा रहेका जनताको भावनाको कदर गर्न उपयुक्त ठानेनन्, देउवा र उनका अनुयायीहरुले । एमाले अध्यक्ष ओलीको सरकार ढालेर कांग्रेस-माओवादी गठबन्धन तयार पार्दै गर्दा उनले पार्टीलाई पूर्णरुपमा भारतीय कित्तामा धकेलिदिए । नेपालमा भारतीय कित्ता बिक्दैन भन्ने बुझ्न स्थानीय तहमा भएको लज्जास्पद पराजय पनि काफी भएन उनका लागि ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा बूढीगण्डकी आयोजना निर्माण सम्झौता रद्द गरेर आफू सोही कित्तामा रहेको जनाउ देउवाले दिएका थिए । अहिले कांग्रेसको लज्जाजनक हारमा पूर्णरुपमा भारतीय कित्ताको उभ्याइले पनि भूमिका निर्वाह गरेको विश्लेषण कांग्रेसजनहरुको छ ।
अराजनीतिक शैली, कमजोर प्रस्तुती
कैलालि ५मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेकी डा. आरजु राणा स-साना कोणसभा र घरैमा भेटघाटमा सीमित थिइन् । त्यसबाहेकको उनको उपस्थिति स्थानीय होटेल डिभोटीमा हुन्थ्यो, जहाँ व्यवसायी, जिल्लाका उच्च पदस्थ कर्मचारीलगायत भेला गराएर मत माग्ने गर्थिन् । थारु समुदायका भलमन्साहरु पनि सोही होटेलमा आरजुसँग भेटघाट गरिरहेका थिए । अर्थात्, उनी निर्वाचन क्षेत्रमा उम्मेदवारका रुपमा नभई प्रधानमन्त्रीकी पत्नीका रुपमा प्रस्तुत भइरहेकी थिइन् । ‘म नै राज्य हुँ’ भन्ने सिद्धान्त उनले चुनाव प्रचार-प्रसारमा पनि प्रयोग गरिरहेको महशुस हुन्थ्यो । मतदाता भने उनी घरआँगनमा नझुल्किएमा गुनासो गरिरहेका थिए ।
आफू सानो घेरामा रमाइरहेको र मतदातामाझ अन्तक्रिर्या कम भएको महशुस उनलाई पटक्कै देखिँदैनथ्यो । त्यसभन्दा ठूलो गल्ती त उनले असन्तुष्ट रहेका पुराना नेता पुष्करनाथ ओझालाई आफैं भेटेर कुरा नगर्नु थियो । टिकट लिएर जानासाथ उनको पहिलो कर्तव्य नै ओझालाई भेट्नु हुन्थ्यो । किनभने, ओझाजस्तै नेताहरुले कांग्रेसको संगठन बचाइदिएका कारण आरजुले त्यस क्षेत्रमा चुनाव लड्ने आँट गरेकी थिइन् । तर, यसको उल्टो आरजूले ओझालाई चुनावपछि पार्टीले कारवाही गर्ने बताइन् ।
प्रधानमन्त्री देउवाले कणर्ाली पुलदेखि पश्चिमका खोलानालामा २२ वटा पुल निर्माण गरेको तथा पूर्व-पश्चिम राजमार्गको चिसापानी-अत्तरिया खण्ड निर्माणमा अग्रसरता लिएको विषयलाई कांग्रेसका तीन नेताले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । उनीहरु थिए- डा. आरजु, रमेश लेखक र एनपी साउद ।
ती पुल र राजमार्ग खण्ड निर्माण गरेको विषयलाई भँजाएर देउवाले ०४८ सालयता लगातार डडेलधुरा, कञ्चनपुर र कैलालीमा चुनाव जित्दै आएका छन् । त्यो बाहेक मतदाता खुशी पार्ने नयाँ एजेन्डा अगाडि सार्न कैलाली र कञ्चनपुरका कांग्रेस नेताहरु असफल भएको झल्को मिल्छ यसबाट ।
जस्तो- कांग्रेसको पकड मानिएको कञ्चनपुरको चाँदनी-दोधारा क्षेत्रमा देउवाका विश्वासपात्र रमेश लेखकले जम्मा डेढ सय मत बढी ल्याए । त्यहाँ २५ सयदेखि तीन हजार मत बढी आउने अपेक्षा कांग्रेसको थियो । यसअघि ०५१ सालमा एमालेका उर्वादत्त पन्तले पाँच सय ५० मत ल्याउँदा कांग्रेसले करिब पाँच हजार मत ल्याएको थियो, चाँदनी-दोधारामा ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले स्वतः कञ्चनपुर-२ मा चुनाव जित्ने आँकलन पनि विफल देखियो । अव्यवस्थित बसोबासी र सुकुम्बासीको मत आकषिर्त गर्न उनी असफल रहे । शिविरहरुको करिब २२ हजार मतमध्ये अधिकांश एमालेका नरबहादुर धामीका पक्षमा गएको देखियो । ०७० सालमा साउदले सुकुम्बासीलाई हातमा लिन सकेकैले जितेका थिए ।
बझाङको कुरा बेग्लै छ । एमालेभित्र अन्तर्घातको सम्भावना धेरै देखिन्थ्यो, टिकट वितरणमा असन्तुष्टिका कारण । तर, भइदियो उल्टो, कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहविरुद्ध अन्तर्घात भयो । र, एमाले उम्मेदवार सात हजार सात सय दुई मतको अन्तरले जिते । कांग्रेसको सबै मत उनको पक्षमा आएको भए एमाले उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन थियो ।
मोरङमा कांग्रेसले आशा गरेको क्षेत्र थियो, डा. शेखर कोइराला उम्मेदवार बनेको निर्वाचन क्षेत्र नम्बर ६ । तर, उनी ६७५ मतान्तरमा पराजित भए, एमालेका सादगी नेता लालबाबु पण्डितसँग । तत्कालीन लोकतान्त्रिक फोरमको पकड क्षेत्र मानिएको बूढीगंगा गाउँपालिकाको मत उनले कमै प्राप्त गरे । स्थानीय कांग्रेस नेताहरुको बुझाइमा डा. कोइरालाले यसअघि चुनाव जितेकै क्षेत्रको पनि मत बिगि्रयो । उनको पक्षमा खस्ने आशा गरिएको करिब पाँच हजार मत पण्डितले पाएको आँकलन उनीहरुको छ ।
अमृत अर्यालको पकड रहेको मानिएका विराटनगर-१२ र उनको घर भएको इलाका डा. शेखरको क्षेत्रमा परे, जहाँ डा. शेखरसँग असन्तुष्ट जमात ठूलो थियो । रमेशजंग रायामाझीलाई डा. शेखरको ठाउँमा टिकट दिएको भए पाँच हजार मतले उनी विजयी हुने स्थानीय कांग्रेस नेताहरुको आकलन छ । सोही कारण डा. शेखरलाई मोरङ-२ बाट चुनाव लड्न आग्रह पनि गरेका थिए, स्थानीय नेता/कार्यकर्ताले । उनले नमानेकाले पराजय बेहोरे ।
अर्का नेता महेश आचार्यले चुनाव जित्ने विश्वास जिल्लाका कांगे्रेसजनमा थिएन । किनभने, निर्वाचन क्षेत्रमा नटेक्ने, कार्यकर्तालाई नभेट्नेलगायत गुनासा थिए, आचार्यसँग । प्रदेशतर्फको सिटमा सम्धीलाई टिकट दिलाउँदा उनीप्रतिको आक्रोश अझ फराकिलो बन्यो । बरु, विवादित व्यक्ति नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले मोरङ ३ मा ४० हजार मत कटाए । र, १९ सय मतले हारे एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालसँग हारे । तर, मोरङ ३ पनि कांग्रेसले पहिले जितेको क्षेत्र थियो, त्यो पनि गुम्यो ।
नाम मात्रको गठबन्धन, युवा नेता पाखा 
खासमा, कांग्रेसले आफ्नो नेतृत्वमा घोषणा गरेको लोकतान्त्रिक गठबन्धन नाम मात्रको थियो । त्यसमा सहभागी राप्रपाले झापामा कृष्णप्रसाद सिटौलालाई हरायो र अर्को क्षेत्रमा एमाले अध्यक्ष ओलीलाई जितायो ।
राप्रपा अध्यक्ष कमल थापालाई भने कांग्रेसका मतदाताले पछ्याए । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले उनलाई मात्रै जिताउन कांग्रेसको साथ लियो । अन्यत्र कांग्रेसविरुद्धमै उम्मेदवार उठायो । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग कांग्रेसको तालमेल पनि बेअर्थको बन्यो । राजपा अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेसले सघाउँदै गर्दा धनुषामा सोही पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो कांग्रेस नेता विमलेन्द्र निधिका लागि महंगो सावित भए । राजपासँग गठबन्धनका कारण कांग्रेसलाई लाभ पुगेको कतै देखिएन ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसको भूमिका रह्यो । उक्त पार्टीले सघाएकाले कांग्रेसका उम्मेदवारले जितेको देखिएन ।
खासमा, कांग्रेसले आफ्नो नेतृत्वमा घोषणा गरेको लोकतान्त्रिक गठबन्धन नाम मात्रको थियो । त्यसमा सहभागी राप्रपाले झापामा कृष्णप्रसाद सिटौलालाई हरायो र अर्को क्षेत्रमा एमाले अध्यक्ष ओलीलाई जितायो
खासमा, गठबन्धनमा सहभागी दलहरुले आ-आफ्नो फाइदाका लागि कांग्रेसलाई उपयोग गरे । देउवाले पार्टीलाई उपयोग हुन दिए ।
अन्य दलसँग नाम मात्रको गठबन्धन गर्दै गर्दा कांग्रेसले आफ्ना युवा नेताहरुलाई जिम्मेवारी दिन उपयुक्त ठानेन । सुरेन्द्र पाण्डे, गुरुराज घिमिरे, बद्री पाण्डे, धनराज गुरुङ, विनोद कायस्थलगायत युवा नेताले प्रतिनिधि र प्रदेश सभा दुवैतिर टिकट पाएनन् । टिकट पाएर जित्ने भाग्यमानी युवा गगन थापा मात्र देखिए ।
‘सबै परिणाम आइसकोस् अनि कांग्रेसको नेतृत्वबारे मुख खोलौंला,’ पछाडि पारिएका एक युवा नेता भन्छन्, ‘परिणाम आइसकेपछि बैठक र समीक्षा होला अनि नेतृत्वको असक्षमताबारे प्रश्न उठाउनेछौं ।’ उनको भनाइमा गाउँ-गाउँमा कांग्रेसको संगठन रक्षा गरेर बसेका धेरै नेता/कार्यकर्तालाई टिकट र जिम्मेवारी वितरणमा छुटाइयो । कांग्रेसका अर्का युवा नेता भन्छन्, ‘यसको सुक्ष्म अध्ययन गर्दैछौं, परिणाम आइसकेपछि नेतृत्वको नालायकीपनका दृष्टान्त सार्वजनिक गर्नेछौं ।’
एक कांग्रेस समर्थकले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘यसपटकका उम्मेदवारहरुले कांग्रेसकै डीएनए चिनेनन् र कांग्रेसकै भोट पाएनन् ।’ अर्थात्, मुलुककै पुरानो पार्टी कांग्रेसका रुपमा निर्वाचनमा प्रकट हुन सकेन । र, नैतिक धरातल नै गुम्ने गरी पराजयको सामना गर्न पुग्यो ।

बिकेनन् देउवाका कम्युनिस्टविरोधी एजेन्डा, दक्षिणको भर पर्दा भड्खालोमा

कांग्रेसले आजै विशेष महाविधेशनको मिति तय गरि देउवाको राजिनामा माग्दै,असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सही ढंगले ड्राईभ गर्न नसकेको भन्दै तत्काल देउवाको विकल्प खोज्नेगरि तयारी थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको गलत निर्णय र प्रष्ट भीजन नभएकै कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै असन्तुष्ट नेताहरु यतिवेला विशेष महाधिवेशन बोलाएर उनको विकल्प खोज्ने आन्तरिक तयारीमा जुटेको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले पार्टी सभापति शेरबहादुर देउवाको आफ्नो कार्यशैली, व्यवहार र प्रष्ट भीजन नभएको कारण पार्टीले हार व्यहारेको आरोप लगाएका छन् ।

मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको र पार्टीले सर्वनाक हार व्यहोरिरहेको बेला नेता खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तत्काल पार्टीले महाधिवेशन बोलाउनको लागि शीर्ष नेताहरुले नेतृत्वलाई दबाब दिनुपर्ने माँग गरे ।

भारतीय अक्षबाट बाहिरिँदै छन्, नेपाल र माल्दिभ्स

दुवै संवेदनशील छिमेकी चीनतर्फ सर्दै गरेको परिदृष्य

एमके भद्रकुमार
Advertisment

२३ मंसिर, नयाँदिल्ली । घटनाक्रमसँगै दक्षिण एसियाको भू–राजनीतिक नक्सा परिवर्तन हुँदै गएको छ । गत बिहीबार नेपालमा सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक गणनाले वाम गठबन्धनले नै अग्रता लिइरहेको देखिन्छ । नेपालका दुई ठूला वामपन्थी पार्टी गठबन्धनमा आवद्ध छन्

र, त्यही गठबन्धनले काठमाडौंमा आगामी सरकार गठन गर्ने सम्भावना देखिएको छ । बुझाइमै सही वाम गठबन्धनलाई ‘चीन पक्षधर’का रुपमा हेरिएको छ ।
यहीबेला माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यमिन अब्दुल गैय्युम चारदिने चीन भ्रमणमा छन् ।
यी दुई घटना क्रमबीच लेनदेनको कुनै साइनो छैन । तथापि, दक्षिण एसियामा भारतीय प्रभाव बुझ्न यी दुवै घटनाले सानो कडीको काम गर्छन् ।
यसलाई नरेन्द्र मोदी सरकारको असफल विदेश नीतिका रुपमा बुझ्न सकिन्छ । र, नेपाल र माल्दिभ्स भारतीय अक्षबाट बाहिर सर्ने क्रममा रहेको स्पष्ट परिदृष्य देखा पर्छ ।
विस्तृत रुपमा चर्चा गर्दा जे भइरहेको छ, त्यसलाई मोदी सरकारले यी साना र संवेदनशील छिमेकीहरुप्रति देखाएको ‘बलशाली कुटनीति’लाई कारक मान्न सकिन्छ । हिन्दुराष्ट्र बन्ने कि नबन्ने भन्ने विषय नेपालको निर्णयमै भर पर्नुपथ्र्याे । नयाँदिल्लीले नेपाललाई कुनै पनि बाटो रोज्न दबाब दिनु हुँदैन ।
खुलस्त रुपमा भन्दा भारतले दुई वर्षअघि इन्धन, खाना पकाउने ग्यास र औषधीसमेत अभाव हुनेगरी आर्थिक नाकाबन्दी लगाउनु नै सबैभन्दा ठूलो मुख्र्याईं थियो । यसले नेपालमै पनि मधेशका बासिन्दा (जो भारतीय मुलका हुन्)लाई भारतीय पक्षका रुपमै हेर्न थालियो ।
सन् २०१५ मा नेपालमा गएको भूकम्पपछिको राहतका क्रममा भारतले चीनसँग प्रतिस्पर्धा गरिरहेजस्तो देखिन्थ्यो । यद्यपि, भारतीय पक्षले त्यस समयमा देखाएको बडप्पनबाट पनि नेपालीहरु चिढिएका थिए । त्यसयता नेपालसँगको भारतीय कुटनीतिले कहिल्यै सकारात्मक गति लिन सकेन ।
भारतविरोधी भाव नेपालमा बढ्दै जाँदा भारतको छवी चिन्ताजनक रुपमा ध्वस्त भयो । नयाँदिल्लीले नेपालका राजावादी भनेर चिनिने वर्गबीच हालैका महिनाहरुमा गरेका वार्ताहरुले पनि त्यहाँका प्रजातान्तिक शक्तिहरुलाई थप चिढ्यायो । यसले समस्या अझ जटिल बन्यो ।
समग्रमा भन्नु पर्दा अनुदार नीति र वरिष्ठ बन्न खोज्ने भारतीय प्रवृत्तिका कारण अहिले कुनै पनि राजनतिक शक्तिहरुले दिल्लीको साथ चाहिरहेका छैनन् ।
माल्दिभ्स र भारतको सम्बन्ध केलाउँदा पनि उही कथा दोहोरिन्छ । वैदेशिक र सुरक्षा नीतिमा नयाँदिल्लीले मुर्खतापूर्ण प्रयोग गरेकै कारण भू–राजनीतिक सम्बन्ध सप्रनुको साटो अझ बिग्रियो । माल्दिभ्स र भारतबीचको आन्तरिक निर्भरतालाई बलियो बनाउनु लाभदायक हुने थियो ।
माल्दिभ्ससँग भारतको विशेष स्वार्थ छ । अमेरिकासँग मिलेर एउटा टापुमा रहेको देशविरुद्ध लाग्न भारतले किन साँठगाँठ गर्नुपथ्र्यो ? पाकिस्तान भ्रमण गरिसकेका प्रधानमन्त्री मोदीले माल्दिभ्सको निम्तो अस्वीकार गर्नुपर्ने आवश्यकता नै थिएन ।
नेपाल र माल्दिभ्सलाई चीनको अक्षतर्फ धकेल्न भारतकै व्यवहारले मलजल पुग्यो । नयाँदिल्लीले माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद आउने वातावरण बन्न दिने अवस्थामै दुई देशबीचको सम्बन्ध रसातलमा भासिएको थियो ।
जनवरी २०१५ मा श्रीलंकामा सत्ता परिवर्तनको जुन खेल भएको थियो, त्यही दोहोरिने चिन्ता र चासो माल्दिभ्समा थियो । त्यसैको पूर्वाभ्यासको रुपमा नासिदलाई पदार्पर्ण गराउने खेल भइरहेको चिन्ता राजधानी मालेमा देखिन्थ्यो ।
कुनै किसिमको अवधारणा बन्नु पनि दोहोरो सम्बन्धमा ठूलो विषय हुन जान्छ । नासिदप्रति दिल्लीको बढ्दो सामिप्यले पक्कै राम्रो छाप पारिरहेको छैन ।
हुनत, यी दुवै देशका लागि भारतको परिपूर्तिको काम चीनले गर्न सक्दैन । यद्यपि, मालदिभ्सका राष्ट्रपति यमिनलाई बेइजिङले रातो कार्पेट ओछ्याएर स्वागत गरेको छ ।
नोभेम्बरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महासभापछि चीन भ्रमणमा पुग्ने उनी पहिलो दक्षिण एसियाली नेता हुन् । राष्ट्रपति सी जिनपिङद्वारा प्रस्तावित ‘२१औं शताब्दिको मेरिटाइम सिल्क रुट’को एक महत्वपूर्ण साझेदार माल्दिभ्सलाई बताएको छ, बेइजिङले । र, बेइजिङमा उनलाई स्वागत गर्दै गर्दा राष्ट्रपति सीले सोही विषय दोहो¥याएका छन् ।
यसको संकेत गहिरो छ । यमिनले पनि चीन आफ्ना लागि विश्वासयोग्य र भरपर्दो घनिष्ठ दौंतरी भएको प्रतिक्रिया दिएका छन् । हिन्द महासागरमा सिल्क रुट विकास गर्ने आफ्नो रणनीतिमा चीनले पनि श्रीलंकाभन्दा माल्दिभ्सलाई भरपर्दो साथीकै रुपमा ग्रहण गरिरहेको पाइन्छ ।
यो लेख एसिया टाइम्सबाट साभार गरिएको हो । भद्रकुमारले भारतीय परराष्ट्र सेवामा करिब तीन दशक बिताएका छन् ।

संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

कांग्रेस किन हार्‍यो ? पुनर्जागरण कति सम्भव छ ?

अरुण बराल

धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।
कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।
नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन ।
दोस्रो संविधानसभाको चुनावसम्म सबैभन्दा ठूलो दल रहेको र स्थानीय चुनावमा दोस्रो भए पनि एमालेको हाराहारीमै रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ एमालेसँग होइन, माओवादीसँग संघर्ष गरिरहेको छ ।
अहिलेसम्म के विश्लेषण गरिँदै आएको छ भने समानुपातिकमा नेपाली कांग्रेसले ल्याउने मत बढी हुनेछ र त्यही मतका आधारमा कांग्रेसले माओवादीलाई ह्वात्तै जित्न सक्छ । तर, देशैभरि बढेको कांग्रेसको अलोकप्रियतालाई हेर्दा समानुपातिकमा पनि माओवादी र कांग्रेसवीच प्रतिस्पर्धा नहोला भन्ने स्थिति अब रहेन ।
नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन । तैपनि अहिले यति भन्न सकिन्छ कि माओवादी र कांग्रेसमध्ये को दोस्रो पार्टी बन्ने भन्ने विषयको छिनोफानो समानुपातिक मतले नै गर्नेछ ।
राजधानी र तराईको रुझान
कांग्रेस नेता खाँडले दोस्रो चरणमा निर्वाचन भएका जिल्लाहरुबाट कांग्रेसको राम्रो परिणाम आउने दाबी गरिरहेकै बेला शुक्रबार अपरान्हसम्म राजधानी र तराई–मधेसका अधिकांश जिल्लामा प्रारम्भिक मत परिणाम आउन थालिसकेको छ ।
काठमाडौं उपत्यकादेखि लिएर तराई–मधेसको अवस्था हेदा त्यहाँ पनि कांग्रेसको स्थिति दयनीय छ
र, काठमाडौं उपत्यकादेखि लिएर तराई–मधेसको अवस्था हेदा त्यहाँ पनि कांग्रेसको स्थिति दयनीय छ । धनुषामा विमलेन्द्र निधिको क्षेत्रमा होस् या बिराटनगरमा सुरक्षित भनिएको डा. शेखर कोइरालाको क्षेत्रमा नै किन नहोस्, कांग्रेसले अग्रता लिन सकिरहेको छैन । मोरङमा वाम गठबन्धनले सबै सिटमा अग्रता लिनु कांग्रेसका लागि निकै ठूलो धक्का हो ।
राजधानीमा प्रकाशमान सिंहको क्षेत्रबाहेक अन्य स्थानमा वाम गठबन्धनकै अग्रता देखिन्छ । ललितपुरमा पनि वाम गठबन्धनकै सुरुवाती अग्रता देखिएको छ ।
कांग्रेसले पहाडमा गुम्ने सिटहरुको ‘रिकभर’ मोरङ, सुनसरी र कैलाली– कञ्चनपुरका जिल्लाहरु अनि काठमाडौं उपत्यकाबाट गर्ने सोचेको थियो । तर, यिनै क्षेत्रमा उसको स्थिति राम्रो नदेखिँदा यसपालिको चुनावमा कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोर्ने देखिएको छ ।
अब देउवाले राजीनामा देलान् ?
नेपाली कांग्रेसले यसपालि व्यहोर्ने पराजय सामान्य हुने छैन । पहिलो संविधानसभामा हारेको स्थितिमा भन्दा पनि नराम्रो पराजय ठहरिनेछ कांग्रेसका लागि अहिलेको चुनाव ।
अब ५ वर्ष बहुमत पाउने दलले कांग्रेसलाई सत्ता बाहिरै राख्ने अवस्था आउन सक्छ । त्योबेलामा कांग्रेसभित्र चरम निराशा र विग्रह आउन सक्छ । भनिन्छ, हारेका सिपाहीहरु झगडा गर्छन् ।
कांग्रेस पार्टीलाई पराजयको पन्तुरो बोकाउने स्थिति आयो भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्न सक्छ । र, एक प्रकारले भन्दाखेरि देउवाको कार्यशैलीले कांग्रेसलाई अगाडि बढाउन सक्दैन भन्ने पुष्टि हुनेछ । त्यो अवस्थामा देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र रामचन्द्र पौडेललाई कार्यवाहक सभापति बनाउनुपर्ने माग पार्टीभित्रै बाट उठ्न सक्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।
त्यो बेला देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिन्छन् या दिँदैनन् ? त्यो अहिले नै बताउन सकिँदैन । विगतको नजिरलाई हेर्ने हो भने पहिलो संविधानसभाको चुनावपछि एमालेका तत्कालीन प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, गिरिजाप्रसाद कोइरालाले पार्टी सभापतिबाट राजिनामा दिएनन् ।
त्यसैगरी दोस्रो संविधानसभा चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिएनन् ।
निश्चय नै चुनावमा एउटा दलले जित्नु र अर्कोले हार्नु स्वाभाविकै हो । चुनाव भनेकै हारजितका लागि हो । चुनावपछि एउटाले बहुमत पाउने र अर्कोले बहुमत गुमाउने स्वाभाविकै विषय हो । तर, विश्वका धेरै मुलुकमा चुनाव हारेपछि पराजित दलभित्र नेतृत्व परिवर्तन हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गराउँदैनन् कि भन्ने धेरै मानिसहरुमा आशंका थियो । तर, उनले आफ्नो दलले हार्ने अवस्थामै पनि चुनाव गराएर मुलुकलाई निकास दिएका छन्, यसका लागि देउवालाई धन्यवाद दिनैपर्छ ।
मुलुकको संक्रमणकाल अन्त्यका लागि देउवाले प्रधानमन्त्रीका रुपमा खेलेको भूमिकाका लागि इतिहासले उनलाई सम्झिइरहनेछ । नेपाली कांग्रेसलाई पनि इतिहासले सम्झनेछ । तर, यसो भनिरहँदा कांग्रेसलाई अलोकप्रिय बनाउने र बदनाम गराउनमा देउवाको कार्यशैलीले भूमिका खेलेको कुरालाई बिर्सन सकिँदैन ।
प्रधानमन्त्रीका रुपमा देउवाले सुशासन दिन सकेनन् । ६४ सदस्यीय मन्त्रिमण्डल बनाउनेदेखि लिएर विभिन्न अलोकप्रिय निर्णयहरु उनले गरेकै हुन् । प्रधानमन्त्री भएपछि जे गर्दा पनि हुन्छ भन्ने उनले सोचे । र, यसैको प्रतिफलस्वरुप देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको लोकप्रियता ह्वात्तै घट्यो । अनि कांग्रेसले जनताको विश्वास गुमायो ।
आम जनता भन्दा मुठ्ठीभर मानिसहरुको कुरा सुन्ने र भ्रष्टाचार र कमिसनतन्त्रमा भर पर्ने ‘कांग्रेस स्कुलिङ’ का प्रणेता देउवा आफैं थिए । त्यस्तो नभएको भने उनले ६४ सदस्यीय मन्त्रिमण्डलको झुण्ड बनाउने नै थिएनन्, उनी संविधानले भनेअनुसार २५ सदस्यीय सरकार बनाएर चुनावमा जाने थिए ।
तर, देउवाले जनताको आवाज र भावना सुन्दै सुनेनन्, अरु कसैका कुरा सुनेर निर्णय लिए । त्यसको मूल्य उनी र उनको पार्टीले निर्वाचनमा चुकाउनुपर्‍यो ।
हुन त वाम गठबन्धन बनेका कारणले पनि कांग्रेसले गणितमा पराजय भोग्नुपरेको हो । तर, माओवादीलाई विश्वासमा लिन नसक्नु कांग्रेसको दलीय हितका लागि देउवाको अदुरदर्शिता नै मुख्य कारक बन्यो ।
यी सबै परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।
तर, अझै पनि कांग्रेसले खेलाँची गर्‍यो भने कांग्रेसको वर्तमानमात्रै होइन, भविश्यसमेत धरापमा पर्न सक्छ । त्यसबेला कांग्रेसलाई भगवानले पनि जोगाउन सक्ने छैनन् ।
कांग्रेसको पुनर्जागरण कति सम्भव ?
चुनावमा नेपाली कांग्रेस किन हार्‍यो भन्ने पहिलो प्रश्न हो । तर, योभन्दा अर्को गम्भीर प्रश्न के छ भने अबको ५ वर्षपछि कांग्रेसको पुनर्जागरण सम्भव होला कि नहोला ?
सर्वप्रथमतः कांग्रेस नेताहरुले नेपाली राजनीतिको ‘रियल ग्राउण्ड’ नै चिन्न सकेनन् । नेपाली जनता भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहन्छन् । तर, कांग्रेस नेताहरुले ०४८ सालदेखि चिरञ्जीवी वाग्ले र खुमबहादुरहरुले सुरु गरेको भ्रष्ट संस्कारलाई नै निरन्तरता दिए । त्यसैलाई संस्थागत गरे । फलाए, फुलाए ।
कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो
कर्मचारी, प्रहरी आदिको सरुवामा घुस खानु कांग्रेस नेताहरुको दैनिक खान्कीजस्तै बन्यो । कांग्रेस नेताहरु भ्रष्टाचारको पर्याय बने । अन्ततः यही भ्रष्टाचारकै कारणले गर्दा ०४८ सालयता देशमा न बिकास भयो, न अमन चयन ।
जनताले ०६२/०६३ पछि देशमा परिवर्तन चाहेका थिए । यही परिवर्तनको आकांक्षाका लागि हजारौंको रगत बगेको थियो । तर, यसको मर्म नेताहरुले बुझेनन् । लोकतन्त्र, वीपीको समाजवाद इत्यादि नारा जपिसकेपछि जे गर्दा पनि हुन्छ भन्ने नेताहरुको बुझाइ देखियो । व्यापारी, तस्कर, ठूलाठूला ठेकेदारहरु अनि घैंटे डनहरु कांग्रेसजन साथी बने, सारथी बने ।
डा. रामशरण महतको ‘स्कुल अफ थट’ का कारण उद्योगधन्दाहरु कौडीका भाऊमा बिक्री भए । निजीकरणले देश टाट पल्टियो । युवाहरु विदेश पलायन हुन बाध्य भए । विदेशमा छोराछोरी पढाउने कांग्रेसका रिटाडर्य उमेरका नेताहरुले मुलुकको गरीबीमाथि अनवरत रजाइँ गरे । तर, शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा गरीब जनताको पहुँच बढाउन कांग्रेस नेताहरुले फिटिक्कै ध्यान दिएनन् । दिनै चाहेनन् । सोझा जनतालाई चुनावमा मासु चिउरा ख्वाएपछि जे गर्दा पनि हुन्छ भन्ने उनीहरुले ठाने ।
जनता चुपचाप–चुपचाप कांग्रेस नेताहरुले मच्चाएको ब्रह्मलुट, भ्रष्टाचार र अव्यवस्थाको शिकार बनिरहन बाध्य भए । लोकतन्त्रका लागि केही वर्ष, केही महिना जेल बसेको बाहना बनाउँदै चारतारे झण्डा ओढेर देशको सम्पत्तिमा रजाइँ गर्ने काम भयो यसअवधिमा निरन्तर हुँदै आयो । कांग्रेसले वीपीको समाजवाद मात्रै बिर्सिएन, लोककल्याणकारी राज्यको अवधारणालाई नै रामशरण महतको थ्यौरीको चास्नीमा खोलेर घुट्क्याउने काम गर्‍यो ।
कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो । तर, पौडेलको यो भनाइले नेपाली कांग्रेसभित्रको खराबीलाई पूरै ढाकछोप गर्छ । जबसम्म कांग्रेस नेताहरुले कुतर्कको घुम्टोमा छोपिएर आफूभित्रको फोहोरको गन्ध पत्तो लगाउन सक्दैनन्, तबसम्म वामपन्थीको विरोध गरेकै भरमा कांग्रेसको पुनर्जागरण सम्भव छैन ।
देशको विकास नहुनुमा उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई दोष देखाउने कांग्रेसले यो चुनावमा तिनै दक्षिणपन्थीलाई हलो र गाईमा भोट हालेर आफ्नो दाबीको आफैं खण्डन गरिसकेको छ । कांग्रेस नेताहरुले अरुलाई गलत देखाएर आफू सही सिद्ध हुने अवैज्ञानिक प्रयास गर्दै आएको देखिन्छ ।
वामपन्थी पनि उही ड्याङका 
चुनावीहारको पीडामा परेको नेपाली कांग्रेसमाथि यसरी निर्मम आलोचना गरिरहँदा कांग्रेस समर्थकहरुले प्रश्न उठाउन सक्छन्– के उसोभए माओवादी–एमालेलगायतका वामपन्थी दलहरु चाहिँ दूधले नुहाएका हुन् त ? के उनीहरु चाहिँ भ्रष्टाचार र बेथितिबाट मुक्त छन् ?
एमाले र माओवादी लगायतका दलहरु पनि जनपक्षीय नीति लिनमा चुक्दै आएका छन् । तर, वामपन्थीहरु खराब छन् भन्ने देखाएर मात्रै अब जनताले कांग्रेसलाई पत्याउने चरणको लगभग अन्त्य भएको छ ।
अब कांग्रेसले आफूलाई जोगाउन र सत्तामा पुर्‍याउन विपक्षीको विरोध होइन, आफूभित्रको शुद्धीकरणमा जोड दिन आवश्यक देखिन्छ । यसबारेमा कांग्रेस नेताहरुले पक्कै समीक्षा गर्लान् ।
कांग्रेसले आफूलाई सुधार्न के के गर्नुपर्छ ? यस विषयमा यो एउटै लेखमा चर्चा गर्न सम्भव छैन, भावी दिनमा यसमाथि समीक्षा हुँदै जाला ।
अब वाम गठबन्धनको सरकार बन्यो भने त्यो सरकार सम्भावना र चुनौतीको दोभानमा उभिनेछ ।
वामपन्थी नेताहरुको अवस्था ‘ढाँटको निम्तो खाई पत्याउनु’ भन्ने स्थितिमा छ । उनीहरु पनि कांग्रेसकै जस्तो विकृत राजनीतिबाट मुक्त हुन सकेका छैनन् । नातावाद, डनहरुलाई संरक्षण गर्ने, कर्मचारीतन्त्रमा राजनीतिकरण गर्ने अनि देश र जनतालाई भन्दा कार्यकर्ता र परिवारलाई ध्यान दिने नेताहरुको अभाव छैन एमाले र माओवादीमा ।
एमालेभित्र पनि शिक्षा र स्वास्थ्यका व्यापारीहरुको अभाव छैनन् । मेडिकल माफिया र शैक्षिक माफियाहरुले एमाले नेताहरुलाई जकडेको अवस्था छ । माओवादीमा त्यस्ता माफिया कम भए पनि पार्टीभित्रैका भ्रष्टहरु समृद्धिका बाधक बन्दै आएका छन् । कमिसन खाने सवालमा माओवादीहरु पनि कांग्रेसभन्दा कम छैनन् ।
एमाले र माओवादीभित्रको अर्को खराब पक्ष भनेको के हो भने उनीहरुभित्र लोकतान्त्रिक भन्दा बढी सामाजिवक फासीवादी चरित्र छ । मुखले उनीहरु लोकतन्त्रको कुरो गर्छन् तर व्यहारमा अनैतिक, भ्रष्ट र भिन्न विचारप्रति असहिष्णु छन् । एमाले नेताहरुले मधेसीप्रति गरेको व्यवहार र एमाले नेताले स्वयं माओवादीप्रति विगतमा गरेको व्यवहार यसको ज्वलन्त उदाहरण हो ।
वाम सरकार र कांग्रेसको ढोडिया
यसरी आफैं नसुध्रिएको वाम सरकारले जनपक्षीय काम गर्न सकेन भने त्यसबाट कांग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि पाँच वर्षको अवधिमा केही सुविधा पाउन सक्छ । तर, वामपन्थीको बदनामीको लाभ कांग्रेसकै ढोडियाभित्र पर्छ भन्ने ग्यारेन्टी छैन, त्यसपछि जनताले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीलाई लत्याएर नयाँ राजनीतिक शक्तिलाई राजनीतिको केन्द्र भागमा ल्याइदिन सक्नेछन् । त्यसको भ्रुण अहिले नै विवेकशील साझा र नयाँशक्ति इत्यादिका आदि नाममा भइसकेको अवस्था छ ।
वाम सरकारले जनप्रिय काम गर्न सकेन भने विप्लव समूह वा सिके राउत आदि नामका ‘बाइप्रोडक्ट’ हरुले पनि देशलाई दुःख दिन सक्छन् । त्योबेला कांग्रेसले आफूलाई जनपक्षीय बनाउनुको साटो उल्टै खराब तत्वहरुलाई बोकेर ठिमीको उकालो चढ्ने नीति लियो भने कांग्रेसका लागि भावी राजनीतिक यात्रा थप प्रत्युत्पादक हुन सक्छ ।
अब बन्ने सम्भावित बहुमतको सरकारलाई समेत जनता र मिडियाले निरन्तर खबरदारी गरिराख्नुपर्नेछ । नभए यिनीहरु मैमत्त भएर बहुलाउन सक्छन् र हामीसँग बहुमत छँदैछ भनेर फेरि पुरानै ढर्रामा चल्न सक्नेछन् ।
कथंकाल वामपन्थीहरु सुध्रिए र पुण्य कमाउने बेलामा एकचोटि साधु बनौं न त भन्ने बाटोमा उनीहरु लागे भने यसले मुलुकलाई विकास र समृद्धितर्फ लैजान सक्छ । जनताले पनि यही आशाले वामपन्थीलाई भोट दिएका हुन् ।
वाम सरकारले राम्रो काम गर्‍यो भने त्यो बेलामा कांग्रेसको शक्ति अझै खिइने र प्रजापरिषजस्तै हालतमा पुग्ने सम्भावना बढ्ने छ । त्योबेला छिमेकीले पनि शक्तिहीन कांग्रेसलाई उपियाँले जसरी सहजै छाडिदिन सक्छ । कांग्रेसलाई न जनताको साथ रहनेछ, न पराईको ।
जहाँसम्म कांग्रेस नेताहरुले वीपीको समाजवाद, लोकतन्त्र अनि कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउने बताउँदै आएका छन् । त्यसलाई जोगाउन कांग्रेसकै सदृश अनुहारको एमाले पार्टी उभिएपछि कांग्रेस नामको अर्को पार्टी किन चाहियो ? यस्तो प्रश्न उब्जन सक्छ लोकतन्त्रवादीहरुमा ।
अन्त्यमा,
यो कुरा विचारणीय छ कि नेपालका कुनै पनि नेता र दलहरु अन्तरस्करणबाटै नैतिकवान र जनपक्षीय छैनन्, यिनीहरुलाई जनदबावले मात्रै नैतिकवान र जनपक्षीय बनाइराख्न सकिन्छ ।
त्यसैले, अब बन्ने सम्भावित बहुमतको सरकारलाई समेत जनता र मिडियाले निरन्तर खबरदारी गरिराख्नुपर्नेछ । नभए यिनीहरु मैमत्त भएर बहुलाउन सक्छन् र हामीसँग बहुमत छँदैछ भनेर फेरि पुरानै ढर्रामा चल्न सक्नेछन् ।
हामीलाई चाहिएको स्थिर सरकार मात्रै होइन, जनपक्षीय एवं भ्रष्टाचाररहित स्थिर सरकार हो । यसका लागि एमाले र माओवादी भरपर्दो शक्ति होइनन् । जनताले यी दललाई शंकाको सुविधासहित बहुमत दिएका हुन् ।
वाम नेताले यो कुरा बुझ्न सकेनन् भने कांग्रेसले ५ वर्षपछि त्यसको लाभ उठाउन त सक्ला । तर, पुरानो कांग्रेसले होइन, सुधारिएको कांग्रेसले मात्रै ।
तथापि, देउवा नेतृत्वको कांग्रेस सुध्रिने सम्भावना अति नै क्षीण छ । अति नै ।

शेखरलाई लड्डु खुवाउन घरमै जाने लालवाबु पण्डित: चिनजान पनि गर्ने

मलाई चिन्दिन भन्नुहुन्थ्यो, अब समय मागेर घरमै गएर पहिला चिनजान गर्छु ।’-लालबाबु

मोरङ ६ मा एमालेको पण्डित विजयी भएका छन् । विजयी भएपछि पण्डितले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका डा. शेखर कोइरालालाई साईकलमा गएर उनकै निवासमा भेट्ने र लड्डु खुवाउने बताए ।

पत्रकारसँगको कुराकानीमा पण्डितले भने,‘उहाँले मलाई चिन्दिन भन्नुहुन्थ्यो, अब समय मागेर घरमै गएर पहिला चिनजान गर्छु ।’ भावी कांग्रेस सभापातिको रुपमा चिनिएका कोइरालाई साथमै लिएर क्षेत्र विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

पण्डितले मोरङ ३ मा भानुभक्त ढकालको जितप्रति आफू खुसी नभएको बताए । वामगठबनधनको २१ हजार भन्दा बढी मत भएको र सोही अनुपातमा जित निकाल्न नसकेको भन्दै आक्रोश पोखे । पण्डितले कम मत आएकाले उनलाई पार्टीले कारबाही गर्नुपर्ने बताए ।

पण्डितले भने,‘कम मत आएकोमा उहाँलाई पार्टीले कारबाही गर्नुपर्छ । जित्नुभएकोमा भानुभक्त दाईलाई बधाई छ । अब मन्त्री भएर देश विकासमा लाग्नुहोस्, शुभकामना !’