Feb 15, 2019

अपराधगृहपृष्ठ अपराध १८ किलो सुन काण्ड : प्रहरी जवान र उनका भाई पक्राउ

Feb 13, 2019

नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार

काठमाडौं : नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।
उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम १६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाई छ ।
नेपालले भारतबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ प्रस्तावलाई नमानेको हो । इन्सास भारतमै निर्मित राइफल हो । एम १६ भने अमेरिकी अत्याधुनिक हतियार हो । सेनासँग इन्सास राइफलको संख्यामात्रै १५ हजार बढी छ । यसका लागि चाहिने गोलीगठ्ठा भारतबाटै किन्नु पर्ने बाध्यता छ ।

Feb 12, 2019

आफैं बस्ने छाउगोठ भत्काउँदै अछामी महिला

माघ २९, अछाम  साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानका ईश्वरादेबि खातिले छाउगोठमा बस्दा खेप्नु परेको समस्या ताजै रहेको छ । सानो कोठा कतैबाट हावा नछिर्ने कोठामा बसेर उहाँले करिब २० वर्षभन्दा वढी महिनाको ५ दिनसम्म कष्टकर जीवन विताउनु प¥यो । पुष–माघ महिनाको जाडो र साउद भदौ महिनाको झरी महिना छाउँगोठमा बस्दा पाएको दुःख अहिलेसम्म विर्सन भएको छैन । आफूले पाएको जस्तो दुःख अझै अरु महिला दिदीवहिले पाउन नपरोस भनेर खाती छाउपडी गोठहरू भत्काउने अभियानमा कम्मर कसेर लाग्नुभएको छ । उहाँ अभियानलाई सार्थकता बनाएर छोड्ने पनि बताउनुहुन्छ।
          
    देविस्थानका महिला संगठित भएर महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काउने अभियानमा लागेका छन् । गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै विभिन्न हिंन्सा हुने क्रम नरोकिएपछि छाउपडी गोठ भत्काउने अभियान सुरु गरेको अगुवा महिला तुल्सी वोहराको भनाई रहेको छ । ‘सामाजिक कुप्रथाका कारण महिनावरी भएका महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास अझै कायम रहेको छ।’ वोहराले भन्नुभयो–‘सामाजिक कु–प्रथाका विरुद्ध देविस्थानका महिला संगठित भएर अघि बढेका छन ।’ महिला सञ्जालको वैठक बसेर देविस्थानका महिला छाउ गोठ भत्काउने अभियानमा लागेको भन्दै वोहराले वडाका सम्पूर्ण गोठ भत्काएसँगै देविस्थालाई छाऊगोठमुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको बताउनुभयो ।
           
   देविस्थानका महिलाले थालेको अभियानमा राजनीतिक दलदेखि अन्य महिलाले पनि साथ दिएको वडा स्तरीय महिला सञ्जालका अध्यक्ष हरिना ओडको भनाई रहेको छ । महिला सञ्जालले छाउ गोठमा बस्ने परिवारलाई नगरपालिका र वडाले प्रदान गर्ने सेवा सुबिधाबाट बञ्चित गर्नको लागि स्थानीय सरकारसँग आग्रह गर्ने भनेपछि देविस्थानका सबै महिला छाउगोठ भत्काएर घरमै बस्न सहमत भएको अध्यक्ष ओडको भनाई रहेको छ । ‘महिनावारी हुँदा गोठमै बसेका कारणले अछाममा थुप्रै महिलाले ज्यान गुमाएका छन् ।’ अध्यक्ष ओडले भन्नुभयो–‘छाउपडी गोठ भत्काउने अभियानलाई वडामा तिव्रता दिएर छाउँगोठ मुक्त वडा घोषणा गरिनेछ।’
     छाउगोठमा बस्ने किशोरी र महिलाहरुको अकालमा ज्यान जाने र यौन हिसा जस्ता घटनाहरु घट्न थालेपछि छोउगोठमा राख्ने त्यस्ता परिवारलाई स्थानिय सरकारले सेवा सुविधा नदिने साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानले जनाएको छ । साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानका अध्यक्ष गणेश बहादुर खड्काले महिनावारी भएको बेलामा छाउगोठमा राख्ने परिवारलाई वडाबाट दिने सेवा सुविधा कटौति गर्ने बताउनुभयो । उहाँले छाउगोठहरु भत्काएपछि पुनः सम्पूर्ण टोलको थप अध्ययन गरिने जानकारी दिनुभयो । महिलाले थालेको अभियानलाई वडाले पूर्ण रुपमा सहयोग गरेको पनि बताउनुभयो ।
          
    भाद्र १ गते देखि सरकारले मूलुकी अपराध संहिता ऐन २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाईने उल्लेख छ । संहिताको दफा १६८ को उपदफा ३ मा उल्लेख छ महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुदैन, उपदफा ४ मा यस्तोे किसिमको भेदभाव गर्नेलाई तिन महिना कैद र तिन हजार जरिवाना वा दुवै सजाय हुनेछ । उपदफा ५ अनुसार महिनावारी र सुत्केरी भएकी महिलालाई गोठमा पठाउने वा छुवाछुत गर्ने र गराउने ब्यक्तिलाई थप तिन महिना कैद गरिने सरकारले कानुनी व्यवस्था गरेको छ । जिल्लाका केहि गाउँमा गैसस र सरकारी क्षेत्रबाट नै परियोजना संचालन गरेर छाउपडी गोठ भत्काउदा त्यति सफल नभएको यो अभियानमा महिलाले स्वस्फूर्त रुपमा गोठ भत्काउन थाल्दा छाउपडी कुप्रथाको अन्त्य हुनेमा सरोकारवालको विश्वास रहेको छ ।

धनगढी स्टार्सको लगातार दोस्रो हार, सीवाइसी अत्तरिया ५ रनले विजयी

२९ माघ, काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो ।
यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित भएको थियो ।
९६ रनको झिनो लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा धनगढीलाई जितको लागि छक्का चाहिएको थियो । क्रिजमा थिए राजु रिजाल । २० औं ओभरको पहिलो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गरेका राजुले यही ओभरको पाँचौ बलमा दुई रन जोडे ।
तर अन्तिम बलमा छक्का हान्न कोशिस गरे पनि असफल भए र खेल अत्तरियाले जित्न पुग्यो । राजु २६ रनमा अविजित रहे ।
त्यस्तै, धनगढीका लागि रोहन मुस्तफाले १८ रन बनाए । बलिङतर्फ अत्तरियाका भुवन कार्कीले चार विकेट लिदा सन्नी पटेलले दुई विकेट लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । अत्तरियाका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।
सन्नी पटेलले ३५ र जयकिसन कोल्सवालाले २१ रन बनाए । त्यस्तै, प्रेम तामाङ १२ र कप्तान दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए ।
बलिङतर्फ धनगढी स्टार्सका रोहन मुस्तफाले दुई विकेट लिए ।

१३ लाखको अवैध सुर्तिजन्य सामाग्री सहित २ जना पक्राउ

अछाम, २९ माघ — प्रहरीले १३ लाखको सुर्तिजन्य सामाग्री सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चौखुट्टे अछामबाट खटिएको प्रहरी टोलीले २ जना सहित गाडी र अवैध सुर्तिजन्य समाग्री नियन्त्रणमा लिएको छ ।
चौरपाटी गाँउपालिका वडा नं. ०६ स्थित रहेको प्रहरी चेक प्वाईन्टमा सवारी चेक जाँच गर्ने क्रममा सुर्तिजन्य सामाग्री उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगज उप–महानगरपालिका ०७ बस्ने ४६ बर्षिय सुनिल कुमार शर्मा सहित जिप चालक जिल्ला बारा बरेवा नगरपालिका ११ बस्ने ४० बर्षिय गोरख महतो रहेका छन ।
सो क्रममा से.१.च.२२७५ नम्वरको महेन्द्रा बलेरो पिक अप जिपमा अवैध रुपमा बिक्रिबितरण गर्न ल्याएका बिना स्टिकरका ‘जि’ सुर्ति एक सय बोरा पनि बरामद गरिएको छ ।
आन्तरिक राजश्व बिभागको स्टिकर नटासेको १३ लाख बराबरको समान बरामद गरिएको प्रहरी चौकी चौखुट्टेका ईन्चार्ज मदनसिह धामीले बताए । जिप सहित २ जना र सुर्तिजन्य समान प्रहरीको जिम्मा लगाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढीमा पठाईएको छ ।

Feb 11, 2019

विवाहपछिको पहिलो रात

विवाहपछिको पहिलो प्रणय रात्रि अर्थात् सुहागरातका सम्बन्धमा नवविवाहित जोडीलाई जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै डर पनि हुन्छ । प्रथम प्रणय रात्रि सम्बन्धमा महिलालाई मात्र नभएर पुरुषको मनमा पनि डर तथा अन्यौल हुन्छ ।
महिलालाई महसुस हुने डर!
सामाजिक कारणः हाम्रो सामाजिक परििस्थति र मान्यताअनुसार यौनलाई वर्जित कुराका रूपमा लिइएको पाइन्छ । विवाहपछिको क्रियाका रूपमा लिइने र वंश वृद्धिको माध्यममा सीमित राखिएकाले अहिलेको आधुनिक सामाजिक दायरामा पनि कतिपय युवती विवाहयोग्य हुँदाको उमेरसम्म पनि यसको जानकारीबाट वञ्चित देखिन्छन् । यही कारणले उनीहरू यौनप्रतिको रुचि र उत्सुकताबाट टाढा छन् । उनीहरूमा यसप्रतिको डर तथा अन्यौल पनि हुन्छ ।
समाधान ः एक निश्चित उमेरपछि यौनका बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । विवाह तय भैसकेपछि यौन सम्बन्धका बारेमा मनमा कुनै प्रकारको शंका वा भय रहे आफ्ना विवाहित मित्रहरू वा आमा, भाउजू अथवा यौन-विशेषज्ञबाट सही जानकारी हासिल गरी शंका र जिज्ञासा हटाउनु आवश्यक छ ।

भावनात्मक कारण: हाम्रो समाजमा करबि ९० प्रतिशत विवाह परिवारको सहमतिमा हुन्छ । जसमा विवाहित दम्पती एक-अर्काका बारेमा अपरिचित हुन्छन् । प्रारम्भिक समयमा दम्पतीबीच भावनात्मक लगाव हुँदैन । यस स्थितिमा अधिकांश महिला यौन सम्बन्धका लागि तयार हुँदैनन् । परण्िाामस्वरूप सुरुका दिनमा यौनसम्पर्कका समयमा उनीहरू उत्तेजित हुँदैनन् । यसका अतिरत्तिm कतिपय महिलामा यौनका सम्बन्धमा अनेक भ्रान्ति हुन्छन् । अधिकांश महिलामा प्रथम सहवासका समयमा पीडा तथा ब्लिडिङको भय रहन्छ । साथै तिनमा गर्भधारणको पनि डर हुन्छ ।
समाधान ः विवाहका विभिन्न विधि पूरा गर्ने क्रममा नवदम्पती त्यसै पनि शारीरकि रूपले थकित हुन्छन् । अतः यौनका लागि हतार गर्नुहुँदैन । सबैभन्दा पहिले एक-अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ । भावनात्मक लगावका लागि अवसर प्रदान गर्नुपर्छ । त्यसपछि मात्र एक-अर्काको इच्छा बुझेर यौन-सम्बन्धतर्फ अग्रसर हुनु उचित हुन्छ । यो प्रसंगमा प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा बुझ्नु राम्रो हुन्छ ।

डीपीएल क्रिकेटमा काठमाडौंको विजयी शुरुवात्

डीपीएल क्रिकेटमा काठमाडौंको विजयी शुरुवात्
काठमाडौं, २८ माघ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा साविक विजेता धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंका लागि अंकित दबासले २९, गाैरब तमोरले २८ रन बनाए भने अनिल कुमार साहले २४ रन जोडे ।
धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले ५० बलमा ५० रन जोड्दै इनिङ्स उकासेका थिए ।
काठमाडौंका नन्दन यादबले २ विकेट लिए । जितसँगै काठमाडौंले २ अंक जोडेको छ ।
मंगलबारको खेलमा धनगढी र सिवाईसी अत्तरिया खेल्नेछन्

एनसेलको बाँकी वक्यौता एक महिनाभित्र असुल नभए कम्पनी खारेज गर्ने

काठमाडौं २८
दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको अर्थ समितिले दूर सञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी २ अर्ब ९६ करोड रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।यस्तै रकम असुल गर्न नसकेमा सेवा प्रदायक संस्थालाई काम नगराउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
समितिले यसअघि सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयसँगको छलफलमा नौ वटा दूरसञ्चार सेवा प्रदायक संस्थाले पुस मसान्तसम्म २ अर्ब ९६ करोड ८५ हजार बक्यौता रकम असुल गर्न बाँकी रहेको जानकारी दिएका थिए । एक महिनाभित्र पनि बाँकी रकम उठाउन नसके कम्पनी खारेज गर्ने प्रक्रियामा अघि बढ्न समेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

यस्तै, बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्ने सम्बन्धमा सर्वोच्चको निर्णय समेत तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले पेश गरेको तथ्यांकमा एनसेलले १२ अर्ब ७३ करोड पूँजीगत लाभर उठाउन बाँकी गरेको छ ।

एनसेलले ठूलो मात्रामा पूँजीगत लाभकर छली गर्नुमा सरकारको सम्बन्धित निकाय राजश्व प्रशासन र नियामक अन्य निकायहरु पनि जिम्मेवार रहेको समितिको निष्कर्ष निकालेको छ ।