धनगढी, २ फागुन - प्रहरीले १८ किलो सुन संगै प्रहरी जवान र उनका भाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीमा कार्यरत सादा पोशाकमा परिचालित हुने घुमुवा प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेका छन् ।
ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको बताइएको छ । प्रहरीले सुन नेपाल भित्रिएको सूचना पाएपछि अनुसन्धान थालेको र झण्डै २ कहिनापछि पउक्राउ परेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले पुर्नवास नगरपालिका वडा नम्बर २ को दशरथ बस्थीबाट १८ किलो सुन बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरिक्षक सुदीप गिरीले बताए ।
१ सय ८ टुक्रा सुन छन् औषत तौल १६९.६७ छ । उनले सुनको प्रकृती हेर्दा चाईनाबाट नभएर म्यानमार तिरबाट आएको हुन सक्ने बताए । सुन चाईना नेपाल भएर भारत तस्करी हुन्छ । प्रहरी उपरिक्षक गिरीले भने यो सुन भारतबाट नेपाल आएको हो ।
सुन तस्करीमा संलग्नहरुको अनुसन्धान भैरहेको पनि प्रहरी उपरिक्षक गिरीले बताए । घटनाको अनुसन्धान भैरहेकाले सबै सुचना दिन मिल्दैन गिरीले भने, हामी अनुसन्धान गरिरहेका छौं ।
सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ ।
लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनी लुकाएर राखेको बताइएको छ । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ । लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ ।