Mar 9, 2020

पार्टीको नाममा गुण्डागर्दी गर्ने सांसद प्रेम आलेमगरका भान्जा पार्टीबाट निस्कासित


नेपाल कम्युनिस्ट पार्टी नेकपा डोटीले पार्टी एकता प्रक्रियासँगै सँगठन शुद्धिकरण गर्ने शुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानले सँगठन निर्माण तथा पुननिर्माण,भेला प्रशिक्षण, पार्टी अनुशासनलाई कडाईका साथ लागू गराउने लगायतका क्रियाकलाप गरिने नेकपा डोटीले जनाएको छ ।


पार्टी एकता प्रकृयामा भिन्न भिन्न पृष्ठभूमिका नेता कार्यकर्ताहरु समाहित भएकाले उनिहरुलाई प्रशिक्षित गरि सँगठन शुद्धिकरण गर्न सुदृढीकरण अभियान आवश्यक रहेको जनाएको छ ।
पार्टीको नाममा गुण्डागर्दी गर्ने एक जना पार्टीबाट निस्कासित
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित साँसद प्रेमबहादुर आलेमगरको सँरक्षणमा धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्गमा गुण्डागर्दी गर्दै आएका नेकपा समर्थित भरत कुँवरलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरि निस्कासन गरेको छ ।
सिलगढीमा हालै सम्पन्न जिल्ला सचिवालयको बैठकले कुँवरलाई कारबाही गरेको हो । जोरायल गाउँपालिका वडा नं २ रुपसकाँडा निवासी भरत कुँवरलाई गुण्डागर्दी, चन्दा असुली, स्थानीय तहसँग चन्दा माग्ने, अनुत्पादक ठाउँ तथा नीति नियम र प्रकृया विपरित  बजेट माग गर्ने, रकम नदिएमा सामाजिक सन्जालको दुरुपयोग गरेर नेता तथा जनप्रतिनीधिहरुको चरित्र हत्या गर्ने र अनुशासन हिन काम गरेको लगायतका उजुरीका आधारमा पार्टीले छानविन गरि कारबाही गरिएको पार्टीले जनाएको छ ।
यस अघि पनि कुँवरलाई धनगढी डडेल्धुरा भिमदत्त राजमार्गको फलटुडे, बुडर, गैरा क्षेत्रमा गुण्डागर्दी गर्ने, गाडी लुटपाट, तोडफोड गर्ने, चन्दा असुली तथा स्थानीय ब्यापारीहरुलाई आतँकित गरेको  आरोपमा दर्जनौं पटक सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएपनि नेकपा नेता आलेमगरको दवावमा छुट्दै आएका थिए ।
कुँवरका हरेक गतिविधि स्थानीय प्रहरी प्रशासनलाई राम्रोसँग जानकारी भएपनि साँसद आलेका कारण कुँवरमाथी कुनै थप छानविन र कारबाही गर्न नसकेको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । गुण्डागर्दी गर्दै आएका भरत कुँवर नेकपाका नेता प्रेमबहादुर आलेमगरका सहोदर भान्जा हुन् ।