Nov 22, 2017

कांग्रेस पूर्व पार्टी उपसभापती एमालेमा प्रबेश;अछाम कांग्रेसमा पहिरो

अछाम कांग्रेसमा छटपट सुरु; बामगठबन्धनको जित १००% पक्का


 नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन ।  झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो । 
   उहाँलाई नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार भिम रावलले टिका ग्रहण सहीत पार्टी प्रबेश गराएका हुन । नेपाल विद्यार्थि सँघ अछामका अध्यक्ष, केन्द्रिय सह महामन्त्री बनिसकेका नेता स्वार यस अघिको कार्यकालमा नेपाली काग्रेसको उप सभापती हुनुहुन्थ्यो । पार्टी प्रबेश पछी नेता स्वारले नेपाली काग्रेसमा ब्यक्तिबादी सोच हाबि भएकाले आफु एमालेमा प्रबेश गरेको बताउनुभयो । 

सबै दलित, महीला, अपाग, पछाडी वर्गको सम्मान दिन नसक्ने पार्टी काग्रेस बन्दै गएकाले देशको राष्टिय हितका लागि एमालेले मात्र काम गर्न सक्ने भन्दै प्रबेश भएको दाबि समेत गर्नु भयो । 

Image may contain: 3 people, people standing, outdoor and food
एमाले प्रबेश पछी आफ्नो मन्तव्य राख्दै जयन्द्र स्वार 

अछामको भागेश्वरमा भएको बाम गथबन्दनको चुनावी कार्यक्रममा एमाले प्रबेश गर्दै कांग्रेसपूर्व पार्टी उपसभापती जयन्द्र स्वारले कांग्रेस जनताको मतको अपमान गर्ने, अरुको चरित्र हात्या गर्ने र भ्रस्टाचारको जननी पाटी भयकोले आफुले तेस्तो पाटी मा बस्न कुनै उचित नरहेको र जनताको हित र बिकास गर्ने पार्टी एमाले मात्र भएकोले आफु एमालेमा प्रवेश गरेको उहाले बताउनु भयो.....।
     
ठेकेदारले देशबिकास गर्नभन्दा आफ्नै मात्र बिकास गर्ने भन्दै उहाले अब अछाममा कांग्रेसको कुनै भबिश्य पनि छैन भन्नु भयो।
     
   स्मरण रहोस् कांग्रेस का प्रतिनिधि सभा उम्मेस्वार भरत स्वार सुदुर्पश्चिम कै ठुला ठेकेदार मध्यका एक हुन।  स्वार कन्स्ट्रक्सन का मालिक समेत रहेका भरत स्वार को स्वार कन्स्ट्रक्सनले ठेक्का लिएका कतिपय कामहरु गुणस्तरीय हिन छन भने समयमै सम्पन्न नगरेर आयोजना अलपत्रमा  पारीदिदा जनताका बिकासका काम हुन सकेका छैनन।  र जनता अबको सबै भोट एमाले माओवादी गठबन्दन लाई दिने भन्न थालेका छन




No comments:

Post a Comment