Dec 9, 2017

शेखरलाई लड्डु खुवाउन घरमै जाने लालवाबु पण्डित: चिनजान पनि गर्ने


मलाई चिन्दिन भन्नुहुन्थ्यो, अब समय मागेर घरमै गएर पहिला चिनजान गर्छु ।’-लालबाबु

                 
मोरङ ६ मा एमालेको पण्डित विजयी भएका छन् । विजयी भएपछि पण्डितले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका डा. शेखर कोइरालालाई साईकलमा गएर उनकै निवासमा भेट्ने र लड्डु खुवाउने बताए ।

पत्रकारसँगको कुराकानीमा पण्डितले भने,‘उहाँले मलाई चिन्दिन भन्नुहुन्थ्यो, अब समय मागेर घरमै गएर पहिला चिनजान गर्छु ।’ भावी कांग्रेस सभापातिको रुपमा चिनिएका कोइरालाई साथमै लिएर क्षेत्र विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

पण्डितले मोरङ ३ मा भानुभक्त ढकालको जितप्रति आफू खुसी नभएको बताए । वामगठबनधनको २१ हजार भन्दा बढी मत भएको र सोही अनुपातमा जित निकाल्न नसकेको भन्दै आक्रोश पोखे । पण्डितले कम मत आएकाले उनलाई पार्टीले कारबाही गर्नुपर्ने बताए ।

पण्डितले भने,‘कम मत आएकोमा उहाँलाई पार्टीले कारबाही गर्नुपर्छ । जित्नुभएकोमा भानुभक्त दाईलाई बधाई छ । अब मन्त्री भएर देश विकासमा लाग्नुहोस्, शुभकामना !’


No comments:

Post a Comment