Dec 5, 2017

टीकापुर घटनाको नयाँ खुलासा, भदौ ८ गते थारुका पसल लुटपाट गर्ने मुख्य नाईके को थियो ? (भिडियो सहित)


टीकापुर  । वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र डेढ वर्षीय नावालक टेकेन्द्र साउदसहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको घटनामा नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको नयाँ तथ्य बाहिर आएको छ । टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका लक्ष्मण थारुले भदौ ७ गते नौ जनाको ज्यान जानेगरी भएको घटना र त्यसको भोलिपल्ट भदौ ८ गते टीकापुरका थारु व्यवसायीहरुको घर पसलमा भएको लुटपाट र आगजनीमा नेपाली कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको बताएका छन् ।


थारुले टीकापुर घटनामा निर्दोष मानिसहरुलाई फसाइएको बताउदै स्वतन्त्रपूर्वक छानविनको माग गरेका छन । उनले भनेका छन् , सरकारले दोषीलाई कार्वाही र निर्दोषलाई उन्मुक्ति दिनु पर्छ । तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका थारुले कैलाली कारागारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्दै टीकापुर घटनाको भित्रि पाटोको बारेमा खुलस्त पारे ।

भदौ ७ को भोलिपल्ट टीकापुर बजारमा थारु समुदायका घर पसलमा भएको आगजनीमा डिएसपी विश्वराज खड्काको संलग्नता भएको लक्ष्मण थारुले बताएका छन । टीकापुरका गुण्डा केटाहरु र प्रहरी सहितको सहयोगमा डिएसपी खडकाको नेतृत्वमा भदौ ८ गते राती थारु समुदायका घर पसलमा लुटपाट र आगजनी भएको प्रमाण आफुसंग भएको थारुको भनाई छ ।था रुले डिएसपी विश्वराज खडका माथि सरकारले कारवाही नगरे आफुहरुले आदिवासी थारुहरुका घर लुटपाट र आगजनी गर्ने विरुद्द अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन ।

को हुन डिएसपी विश्वराज खड्का ?
विश्वराज खडका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्का भतिजा हुन । २०७२ साल भदौ ७ गतेको घटनामा उनी जिल्ला प्रहरी कार्यालय धनगढीमा दरबन्दी भई थरुहट आन्दोलनकाक्रममा टीकापुरमा खटिएका थिए ।खड्काकैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सदस्यको उम्मेद्वार रहेकी ईश्वरी न्यौपानेका ज्वाई हुन ।

थारु नेता लक्ष्मण थारुले टीकापुरमा थारु समुदायको घर पसलमा लुटपाट र आगजनी गर्ने षडयन्त्रको आरोप लगाइरहदा डिएसपी खड्काकी सासु चुनावी मैदानमा छिन ।
कैलाली क्षेत्र नम्बर १ मा निर्णायक भूमिकामा रहेका थारु मतदाताबीच ईश्वरी न्यौपानेले थारु वस्तीहरुमा कसरी भोट माग्लिन चासोको विषय बनेको छ । भदौ ८ गतेको लुटपाट र आगजनीको योजना बनिरहदा डिएसपी ज्वाई विश्वराजले सासु ईश्वरी न्यौपानेसंग के के संवाद भयो होला ?

कैलाली कारागारबाट भिडियो वक्तव्यमा थारु नेता लक्ष्मण थारुले टीकापुर घटनामा नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताको संलग्नताको प्रमाण छ भनेर किन भने होलान रु यस्ता प्रश्नको जवाफ कैलालीका मतदाता जान्न चाहान्छन

No comments:

Post a Comment