Nov 18, 2017

वर्षमान पुनलाइ आक्रमण गरेकै दिन विप्लवले देउवासंग भेट गरेको खुलासा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा र रुकुममा आफ्ना पार्टीका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट र गोली प्रहार गर्नेलाई सरकारले संरक्षण गरेको बताइरहेकै बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको खुलासा भएको छ ।
शनिबार रोल्पामा माओवादी नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमाथि गोली प्रहार भएकै दिन चन्द र विश्वकर्मा प्रधानमन्त्री भेट्न राधजानी भित्रिएका थिए । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा राजधानी छाडेर अर्धभूमिगत बसेका चन्द र विश्वकर्मा माओवादी उम्मेदवारलाई लक्षित गरी आक्रमण तीव्र पारिएकै बेला अकस्मात राजधानी आएपछि पार्टी पंक्ति शसंकित बनेको एक नेताले बताए । ‘उहाँहरु एउटा निश्चित अवधिसम्म राजधानी बाहिरै बस्ने भनेर जानुभएको थियो’, उनले भने, ‘तर एक्कासि काठमाण्डु आउनुले हामीलाई आश्चर्य लागेको छ ।’
पुनमाथि गोली प्रहार भएकै दिन शनिबार चुनावी कार्यक्रममा जान लागेका पुनमाथि गोली प्रहार भएको थियो । त्यसको एक दिनअघि पुन सवार गाडीलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको थियो । बिहीबार रुकुममा बिनाविभागीय मन्त्रीसमेत रहेका माओवादी केन्द्रकै नेता एवं संघीय प्रतिनिसधसभा सदस्य उम्मेदवार जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी विप्लव कार्यकर्ताले बम विस्फोट गराएका थिए ।
स्रोतका अनुसार पुनमाथि गोली प्रहार भएको दिन नेताद्वय चन्द र विकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा भएको कुराकानीका बारेमा भने आफूलाई जानकारी नभएको ती नेताले बताए । सरकार नेतृत्वकर्ता काँग्रेस र नेकपाबीचको साँठगाँठलाई काँग्रेसबाट संघीय प्रतिनिसधसभामा उम्मेदवार रहेका अमरसिंह पुनको भनाइले पनि पुष्टि गर्छ । पुनले विज्ञप्ति जारी गरेरै पुन र शर्मालगायतमाथि आक्रमणको योजना बनाउने काममा संलग्न नेकपाका पक्राउ परेका नेता रिहाइको माग गरेका थिए ।
सोही आधारमा माओवादी र एमाले सम्मिलित बाम गठबन्धनले काँग्रेस–नेकपा कनेक्सन रहेको आरोप लगाउँदै आएको छ । बम विस्फोट र गोली चलाउनेहरुलाई कारबाही गर्नुको साटो सरकारले संरक्षण गरिरहेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

No comments:

Post a Comment