Feb 11, 2019

डीपीएल क्रिकेटमा काठमाडौंको विजयी शुरुवात्

डीपीएल क्रिकेटमा काठमाडौंको विजयी शुरुवात्
काठमाडौं, २८ माघ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा साविक विजेता धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंका लागि अंकित दबासले २९, गाैरब तमोरले २८ रन बनाए भने अनिल कुमार साहले २४ रन जोडे ।
धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले ५० बलमा ५० रन जोड्दै इनिङ्स उकासेका थिए ।
काठमाडौंका नन्दन यादबले २ विकेट लिए । जितसँगै काठमाडौंले २ अंक जोडेको छ ।
मंगलबारको खेलमा धनगढी र सिवाईसी अत्तरिया खेल्नेछन्

No comments:

Post a Comment