Feb 11, 2019

विवाहपछिको पहिलो रात

विवाहपछिको पहिलो प्रणय रात्रि अर्थात् सुहागरातका सम्बन्धमा नवविवाहित जोडीलाई जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै डर पनि हुन्छ । प्रथम प्रणय रात्रि सम्बन्धमा महिलालाई मात्र नभएर पुरुषको मनमा पनि डर तथा अन्यौल हुन्छ ।
महिलालाई महसुस हुने डर!
सामाजिक कारणः हाम्रो सामाजिक परििस्थति र मान्यताअनुसार यौनलाई वर्जित कुराका रूपमा लिइएको पाइन्छ । विवाहपछिको क्रियाका रूपमा लिइने र वंश वृद्धिको माध्यममा सीमित राखिएकाले अहिलेको आधुनिक सामाजिक दायरामा पनि कतिपय युवती विवाहयोग्य हुँदाको उमेरसम्म पनि यसको जानकारीबाट वञ्चित देखिन्छन् । यही कारणले उनीहरू यौनप्रतिको रुचि र उत्सुकताबाट टाढा छन् । उनीहरूमा यसप्रतिको डर तथा अन्यौल पनि हुन्छ ।
समाधान ः एक निश्चित उमेरपछि यौनका बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । विवाह तय भैसकेपछि यौन सम्बन्धका बारेमा मनमा कुनै प्रकारको शंका वा भय रहे आफ्ना विवाहित मित्रहरू वा आमा, भाउजू अथवा यौन-विशेषज्ञबाट सही जानकारी हासिल गरी शंका र जिज्ञासा हटाउनु आवश्यक छ ।

भावनात्मक कारण: हाम्रो समाजमा करबि ९० प्रतिशत विवाह परिवारको सहमतिमा हुन्छ । जसमा विवाहित दम्पती एक-अर्काका बारेमा अपरिचित हुन्छन् । प्रारम्भिक समयमा दम्पतीबीच भावनात्मक लगाव हुँदैन । यस स्थितिमा अधिकांश महिला यौन सम्बन्धका लागि तयार हुँदैनन् । परण्िाामस्वरूप सुरुका दिनमा यौनसम्पर्कका समयमा उनीहरू उत्तेजित हुँदैनन् । यसका अतिरत्तिm कतिपय महिलामा यौनका सम्बन्धमा अनेक भ्रान्ति हुन्छन् । अधिकांश महिलामा प्रथम सहवासका समयमा पीडा तथा ब्लिडिङको भय रहन्छ । साथै तिनमा गर्भधारणको पनि डर हुन्छ ।
समाधान ः विवाहका विभिन्न विधि पूरा गर्ने क्रममा नवदम्पती त्यसै पनि शारीरकि रूपले थकित हुन्छन् । अतः यौनका लागि हतार गर्नुहुँदैन । सबैभन्दा पहिले एक-अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ । भावनात्मक लगावका लागि अवसर प्रदान गर्नुपर्छ । त्यसपछि मात्र एक-अर्काको इच्छा बुझेर यौन-सम्बन्धतर्फ अग्रसर हुनु उचित हुन्छ । यो प्रसंगमा प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा बुझ्नु राम्रो हुन्छ ।


पेनिट्रेसनको भय: अधिकांश महिलाको मनमा पेनिट्रेसन अर्थात् लिङ्गको प्रवेशलाई लिएर भय हुन्छ । यही कारणले गर्दा महिलाहरू सहवासमा सहयोग गर्न हिच्किचाउँछन् । यसबाट पुरुषलाई पेनिट्रेसन गर्न असजिलो हुन्छ । यो डर आफन्तजन वा मित्रले ख्याल-ख्यालमा भनेको कुराका कारण पनि उत्पन्न हुन्छ । कतिपय अवस्थामा कुनै युवतीमाथि घटेका कुनै घटनाको समाचार वा त्यस्तै कुनै कुराले पनि असर पारेको हुन्छ ।
समाधान ः मनबाट भय हटाउने प्रयासपछि पनि समस्या समाधान नभए मनोचिकित्सकहरूसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

उत्तेजनाको कमी: सफल र सुखद् यौन-सम्बन्धका लागि महिला उत्तेजित हुनु आवश्यक छ । महिला उत्तेजित नभएको अवस्थामा उनका लागि सहवास अत्यन्त पीडादायी हुन पुग्छ । उत्तेजित नहुनुका पछाडि हार्मोनल वा बायोकेमिकल कारण पनि हुनसक्छ । कतिपय अवस्थामा आत्मविश्वासको कमीले पनि यस्तो हुन्छ । यसका अतिरत्तिm यदि महिला आफ्नो श्रीमान्सँग भावनात्मक रूपले जोडिएकी छैनन् भने पनि उनलाई उत्तेजित हुन समय लाग्छ ।
समाधान ः श्रीमान्सँग नजिकिने प्रयास गर्नुपर्छ । फोरप्लेको समय बढाउनुपर्छ । भावनात्मक रूपले नजिकिने प्रयास गरे सबै समस्या समाधान हुन्छ ।

सहवासका बेला पीडा: कतिपय सहवासमा भय नभए पनि महिलाहरूलाई पीडा हुन्छ । त्यसैले उनीहरू डराउँछन् । पटक-पटक पीडा भए उनीहरूको मनमा सधैंका लागि डर बस्छ । यसका अन्य कारण पनि हुनसक्छन्, जस्तै- पेल्बिक मसल्स टाइट हुनु, हाइमेन मोटो हुनु, हार्माेन्सको असन्तुलन, योनिमा चिप्लोपनको कमी, इन्फेक्सन आदि ।
समाधानः पीडाको कारण थाहा नभएसम्म सहवास गर्नुहुँदैन, अन्यथा स्थिति बिग्रन सक्छ । पहिले आफ्नी नव विवाहिता श्रीमतिसँग कुरा गरेर पीडाको कारण जान्ने प्रयास गर्नुपर्छ । सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । सहवासका बेला योनिमा चिल्लोपनका लागि जेली प्रयोग गर्न सकिन्छ । मोटो हाइमेनको समस्यालाई एक साधारण अप्रेसनबाट ठीक गर्न सकिन्छ । हार्मोन्सको असन्तुलन ठीक गर्न चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

पुरुषलाई महसुस हुने भय: 
परफर्मेन्सको भय ः यौनसम्पर्क असफल हुने एवं आफ्नी श्रीमतीलाई सन्तुष्ट गर्न नसकिने हो कि भन्ने डरले पुरुषलाई रल्ियाक्स हुन गाह्रो हुन्छ । यही कारणले गर्दा यौनसम्पर्क सफल हुन पाउँदैन । फलस्वरूप मनमा निराशा जन्मन्छ । कयौं पटक यो भावना यतिसम्म बढ्छ कि पुरुष स्वयं आफूलाई नपुंसक सम्झन थाल्छ ।
समाधानः परफर्मेन्सको चिन्तालाई छाडेर सहवासबाट प्राप्त हुने आनन्दलाई महसुस गर्नुपर्छ र सामान्य रहने प्रयास गर्नुपर्छ ।

इरेक्सन नहुने डर: सफल सहवासका लागि इरेक्सन अर्थात् पुरुष लिङ्ग उत्तेजित हुनु आवश्यक छ । यदि पुरुष यो कुरामा असफल भए उसको आत्मविश्वास डगमगाउँछ ।
समाधान ः केही क्षणका लागि इरेक्सनको कुरा बिर्सिएर फोरप्लेको आनन्द लिनुपर्छ । मन्द प्रकाश, हल्का संगीत, हल्का खालको पर्फ्युमको सुगन्धमा प्रयास गर्नुपर्छ । त्यसपछि पनि सफलता प्राप्त नभए सेक्सोलोजिस्टसँग सम्पर्क गर्नु उचित हुन्छ ।

पि्र-मेच्योर इजाक्युलेसन: जब पुरुष यौन सन्तुष्टि प्राप्त नगरी इजाक्युलेट अर्थात् स्खलित भए त्यसलाई पि्र-मेच्योर इजाक्युलेसन भनिन्छ । यदि दुई-चार पटक यस प्रकारको स्थिति सामना गर्नुपरे लज्जा महसुस हुन्छ र भयका कारण मनमा निराशा तथा तनावले ठाउँ बनाउँछ अनि त्यसपछि हरेकपटक यो स्थिति दोहोरिन्छ ।
समाधान ः मनबाट डर हटाउने हरसम्भव प्रयास गर्नुपर्छ तर पनि परििस्थतिबाट उम्कन सकिएन भने सेक्सोलोजिस्टको सल्लाहअनुसार स्टार्ट स्टप मेथड वा स्किब्ज थेरापीको सहयोग लिनुपर्छ ।

No comments:

Post a Comment