Feb 12, 2019

धनगढी स्टार्सको लगातार दोस्रो हार, सीवाइसी अत्तरिया ५ रनले विजयी

२९ माघ, काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो ।
यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित भएको थियो ।
९६ रनको झिनो लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा धनगढीलाई जितको लागि छक्का चाहिएको थियो । क्रिजमा थिए राजु रिजाल । २० औं ओभरको पहिलो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गरेका राजुले यही ओभरको पाँचौ बलमा दुई रन जोडे ।
तर अन्तिम बलमा छक्का हान्न कोशिस गरे पनि असफल भए र खेल अत्तरियाले जित्न पुग्यो । राजु २६ रनमा अविजित रहे ।
त्यस्तै, धनगढीका लागि रोहन मुस्तफाले १८ रन बनाए । बलिङतर्फ अत्तरियाका भुवन कार्कीले चार विकेट लिदा सन्नी पटेलले दुई विकेट लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । अत्तरियाका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।
सन्नी पटेलले ३५ र जयकिसन कोल्सवालाले २१ रन बनाए । त्यस्तै, प्रेम तामाङ १२ र कप्तान दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए ।
बलिङतर्फ धनगढी स्टार्सका रोहन मुस्तफाले दुई विकेट लिए ।

No comments:

Post a Comment