Feb 12, 2019

१३ लाखको अवैध सुर्तिजन्य सामाग्री सहित २ जना पक्राउ

अछाम, २९ माघ — प्रहरीले १३ लाखको सुर्तिजन्य सामाग्री सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चौखुट्टे अछामबाट खटिएको प्रहरी टोलीले २ जना सहित गाडी र अवैध सुर्तिजन्य समाग्री नियन्त्रणमा लिएको छ ।
चौरपाटी गाँउपालिका वडा नं. ०६ स्थित रहेको प्रहरी चेक प्वाईन्टमा सवारी चेक जाँच गर्ने क्रममा सुर्तिजन्य सामाग्री उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगज उप–महानगरपालिका ०७ बस्ने ४६ बर्षिय सुनिल कुमार शर्मा सहित जिप चालक जिल्ला बारा बरेवा नगरपालिका ११ बस्ने ४० बर्षिय गोरख महतो रहेका छन ।
सो क्रममा से.१.च.२२७५ नम्वरको महेन्द्रा बलेरो पिक अप जिपमा अवैध रुपमा बिक्रिबितरण गर्न ल्याएका बिना स्टिकरका ‘जि’ सुर्ति एक सय बोरा पनि बरामद गरिएको छ ।
आन्तरिक राजश्व बिभागको स्टिकर नटासेको १३ लाख बराबरको समान बरामद गरिएको प्रहरी चौकी चौखुट्टेका ईन्चार्ज मदनसिह धामीले बताए । जिप सहित २ जना र सुर्तिजन्य समान प्रहरीको जिम्मा लगाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढीमा पठाईएको छ ।

No comments:

Post a Comment