गत
मंसिर ४ गते बिराटनगरमा कसैले नसोचेको घटना भयो । आजीवन कांग्रेसका लागि
संघर्ष, त्याग र परि आउँदा बाहुबल प्रयोग गर्न समेत पछि नपरेका र कुनै बेला
कोइराला परिवारका विश्वासपात्र रहेका उमेश गिरी एमाले अध्यक्ष केपी ओलीको
हातबाट अबीर लगाएर एमाले प्रवेश गरे । उनीसँगै पूर्व गृह राज्यमन्त्री
भीमराज राजबंशी पनि एमाले प्रवेश गरे । इतिहासका हरेक बेला आफूले सर्वस्व
सुम्पेको कांग्रेसले देशलाई उपेक्षा गरेकाले एमाले प्रवेश गरेको बाताउने
उनै गिरीको छोटो आत्मकथाः
विद्यार्थी छँदै कांग्रेस भएँ । मलाई जनता
प्राथमिक विद्यालयमा दुर्गा सुबेदीले पढाउनुहुन्थ्यो । उहाँ क्रान्तिकारी
स्वभावको र कांग्रेसमा आबद्ध हुनुहुँदो रहेछ । उहाँकै प्रेरणाले कांग्रेस
भएँ । हामी बीपीको आदर्शबाट प्रेरित थियौं । तर, कांग्रेस सामन्त र
नातागोताको पार्टी रहेछ । हामीलाई धोका भएपछि बुझ्यौं । दुर्गा दाइ र म
दुवै कम्युनिस्ट हुनुपर्ने, झुक्किएर कांग्रेस हुन पुगेका रहेछौं । दुर्गा
दाइ त बर्बादै हुनुभो, कांग्रेसकै कारणले । मलाइ पनि सिध्याए ।
कांग्रेसमा ऐतिहासिक र क्रान्तिकारी काम
भनेर ब्याख्या गरिने २८ सालको जहाज अपहरण काण्डको योजनाकार र
कार्यान्वयनकर्ता हामी नै थियौं । २०२६ सालमा सशस्त्र क्रान्तिको तयारी
गर्न भनी बीपी भारत जानुभो । गिरिजा पनि सँगै हुनुहुन्थ्यो । २०२७ सालमा
कांग्रेसले पञ्चायत बिरुद्ध स–शस्त्र क्रान्तिको घोषणा गर्दा जनमुक्ति
सेनाको फारम मैले पनि बिनोद अर्याल मार्फत भरेँ । बिहारको फार्बेसगञ्जमा
जनमुक्ति सेनाको क्याम्प थियो । हामीलाई दुर्गा सुबेदीले हतियार
जुटाइदिनुहुन्थ्यो । एकातिर क्रान्तिमा लागेका कार्यकर्ता पाल्न मुस्किल
थियो भने अर्काेतिर हतियारका लागि खर्च जुटाउन झन् गाह्रो । त्यसैले २८
सालमा जहाज अपहरण गरिएको हो, खर्च जुटाउन । जहाजमा ३० लाख भारु समेत रहेको
थाहा पाएपछि पहिले नेपालबाट जहाज अपहरण गरी बंगलादेशको ढाकामा ओराल्ने र
नेपाल सरकारसँग बार्ता गरी पक्राउ परेका कार्यकर्ता छुटाउने योजना थियो ।
यसका लागि भारत सरकारको सहयोग चाहिन्थ्यो, तर भारतले सहयोग नगर्ने बुझेपछि
बिराटनगरबाट जहाज अपहरण गरी फार्बेसगञ्ज ओरालेर ३० लाख भारु मात्र लुट्ने
योजना बनेको हो ।
२०४६ सालको आन्दोलन कम्युनिस्ट र कांग्रेस
मिलेर गर्नुपर्छ भन्ने छलफल मनमोहन अधिकारीको आग्रहमा मैले नै गिरिजा समेत
राखेर मेरै घरमा गर्ने व्यवस्था मिलाएको हुँ । बहुदलीय प्रजातन्त्र पनि
आयो तर, कांग्रेसलाई गिरिजाले नातागोतामा सिमित राख्नुभो, सामन्ती प्रथा
चल्यो कांग्रेसमा । २०४८ सालमा मैले पाउनुपर्ने टिकट गिरिजाले भाञ्जी
शैलजालाई दिनुभो । पहिलो चुनाबमा मैले जिताएँ, अति भएपछि अर्को चुनाबमा
बद्रि मण्डलसँग प्याक भएर हराइदिएँ । अघिल्लो चुनाबमा गिरिजाकै आग्रहमा
बुथ बिथोल्नेदेखि धेरैलाई तह लगाउने काम गरेँ, तर मलाई प्रयोग मात्र गर्ने
उनीहरुको नियत रहेछ जुन मैले बिस्तारै बुझेँ ।
मेरो बिवाह कोइराला परिवारकै नाता भित्र
भएको हो । शेखरकी आमा नोनाले आफ्नो भाइ अम्बरप्रसादकी छोरी तनुजा
उपाध्यायसँग मेरो बिवाह गराइदिनुभएको हो । सुरुमा कोइराला परिवारभित्र म
जतिको नजिक कोही थिएन । पछि उनीहरु नै मेरा दुश्मन भए । कारण सामान्य छ ।
०४८ सालमा कांग्रेसको सरकार बन्यो, गिरिजा प्रधानमन्त्री बन्नुभो । शैलजा र
महेश आचार्यहरु मन्त्री बने । प्रजातन्त्रका नाममा लूटतन्त्र सुरु भो ।
परिवारवाद हावी भो ।
डा. शेखरका दाजु निरञ्जन अमेरिका बस्थे । हतार हतार नेपाल आएर पर्यटन मन्त्रीको सल्लाहकार भए । तीन बर्ष बस्दा दुईवटा जहाज बेच्न सघाए र कुस्त कमिसन कुम्ल्याएर उतै फर्के । फेरि नेपाल आएनन् । अहिले दिल्लीमा छन् । ०४८ सालमा महेश र शेखर विद्यार्थी नै थिए । महेश सिधै अर्थमन्त्री बनाइए भने शेखर कक्षाबाटै बीपी कोइराला अस्पतालको उप–कुलपति बने र कुस्त कमाए । शेखरको अहिले पनि भारतको नोयडामा घर छ । उहीबेला उनको भारतीय रिजर्भ बैंकमा ५० लाख भारु फेला परेको थियो ।
डा. शेखरका दाजु निरञ्जन अमेरिका बस्थे । हतार हतार नेपाल आएर पर्यटन मन्त्रीको सल्लाहकार भए । तीन बर्ष बस्दा दुईवटा जहाज बेच्न सघाए र कुस्त कमिसन कुम्ल्याएर उतै फर्के । फेरि नेपाल आएनन् । अहिले दिल्लीमा छन् । ०४८ सालमा महेश र शेखर विद्यार्थी नै थिए । महेश सिधै अर्थमन्त्री बनाइए भने शेखर कक्षाबाटै बीपी कोइराला अस्पतालको उप–कुलपति बने र कुस्त कमाए । शेखरको अहिले पनि भारतको नोयडामा घर छ । उहीबेला उनको भारतीय रिजर्भ बैंकमा ५० लाख भारु फेला परेको थियो ।
महेश आचार्यको त खान्दानी नै पञ्चायत हो ।
उनकी एक दिदी राष्ट्रिय पञ्चायत सदस्य थिइन् । अर्की दिदी रानी ऐश्वर्यकी
सल्लाहकार । प्रजातन्त्र आएपछि पनि कोइरालाहरु सँगको पारिवारिक नाताले
उनीहरुकै हालीमुहाली रह्यो । म बीपीको आदर्श पछ्याएर कांग्रेस बनेको थिएँ ।
आजसम्म मैले कुनै नेपालीलाई दुख दिएको छैन । सुपारी समेत नखाने मलाई
गुण्डा भनाउने कोइरालाहरु नै हुन् । ब्यापारी तुलसीराम अग्रवालको अपहरणमा
मेरो गाडी चोरेर प्रयोग भएको रहेछ, मा काठमाडौमा थिएँ । होइन भन्दा कसैले
पत्याउने अवस्था थिएन । राजाको शासनमा पनि इमर्जेन्सी लागेको बेला थियो
त्यो । त्यसैले ज्यान जोगाउन भागेर कालिम्पोङ गएँ । त्यो अपहरणमा सामेल
हरुलाई मैले नै सिलिगुडीमा खोजेर पक्राएको हुँ । पछि अदालतले मलाई निर्दोष
सावित गर्यो । म केही पाउँछु भनेर एमालेमा लागेको होइन । यो देशबाट
सामन्तवाद मासियोस् भन्ने चाहन्छु, जुन एमालेबाट मात्र सम्भव छ ।
No comments:
Post a Comment