Dec 1, 2017

केन्याका डान्स बारमा नर्तकी र यौनकर्मी नेपाली युवती

अफ्रिकी मुलुक केन्याका डान्स बारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । 

युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रुपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । आजको कान्तिपुरमा खबर छ । 

तर आफूले भनेजस्तो उचाई, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती युवती लैजान अस्वीकार गरिन् । प्रहरी स्रोतका अनुसार, सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् ।

सुवालले नेपाली युवतीको फोटो सुट गरिएको तस्बिर हाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।
प्रहरीले सुवालको मोबाइलमा केन्या पठाइएका युवतीको तस्विर पनि फेला पारेको थियो । मोबाइलमा केन्याको डान्सबारमा काम गर्ने नेपाली युवतीले पठाएको म्यासेज पनि भेटिएको थियो । 

ती नेपाली युवातीले आफूहरुले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासोसहितको म्यासेज सुवाललाई गरेका थिए ।

No comments:

Post a Comment