Dec 3, 2017

वाम गठबन्धनलाई समर्थन गर्दै अर्को ठुलो पार्टीले गर्यो प्रचारप्रसार नै स्थगीत

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल सिन्धुली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेशसभाका उमेद्वारहरुले वाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने भन्दै प्रचारप्रसारको सम्पूर्ण कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ ।
शनिवार दुधौली नगरपालिका–११ टाँडीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त गणतान्त्रिक मोर्चा नेपालका प्रदेश सभा १ को १ का उमेद्वार तथा नेकपा माओवादीका केन्द्रीय सदस्य शान्तिमान कार्कीले वाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने घोषणा गरेका हुन । उनले मोर्चाले शनिवारदेखि नै वाम गठवन्धनको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिवद्धता सहित कार्यक्रम स्थगन गरेको छ, कार्कीले भने ।

अहिले देश भरी वामपन्थीको पक्षमा जनलहर आईरहेको र जनताले राजनीतिक स्थायित्व चाईरहेकोले जनमतको कदर गर्दै उमेद्वारी स्थगित गर्दै बाम गठबन्धका उमेद्वार प्रतिनिधि सभाका उमेद्वार गणेशकुमार पहाडी र प्रदेश सभाका उमेदवारहरु खेलनाथ दाहाल राजन र प्रदिप कटुवाललाई सहयोग गर्ने घोषणा गरेको हो । चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम पश्चात भएको चुनावी सभामा बोल्दै कार्कीले ‘अहिले जनताले राजनीतिक स्थायित्व र समृद्धि चाहानालाई आत्मसाथ गर्दै निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेद्वारले उमेद्वारी स्थगित गरी वाम गठबन्धनका उमेदवारलाई सहयोग गर्ने घोषणा गरेका छौं ।’ भनेका छन् । 

कार्यक्रमलाई माओवादी केन्द्रका नेता डम्बर कार्की, एमालेका नेता गंगा नेपालले सम्बोधन गरेका थिए । वामपन्थी आन्दोलनका प्रभावशाली नेता शान्तिमान कार्की संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीको तर्फबाट उमेद्वार भएका थिए । कार्की नेकपा एमालेका विषमलाल अधिकारी दनुवारसँग २ सय ५७ मतले पराजित भएका थिए ।

मोर्चाबाट प्रतिनिधिसभा उमेद्वार लोकेन्द्रबहादुर कार्की र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को २ बाट चन्द्रबहादुर मगरले पनि उम्मेदवारी फिर्ता लिएर गणेश पहाडी र प्रदिप कटुवाललाई सहयोग गर्ने बताए ।

No comments:

Post a Comment