विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई
महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको
योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य
तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ ।
यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले
पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ ।
के हो हाइमेन ?
एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले
पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ
भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य
योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका
रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८
प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न
मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क
राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन
सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२
दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
महिनावारीका बेला यौनसम्पर्क
नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ
कि हुँदैन भन्ने पनि हुन्छ । विवाहकै पहिलो रात वा मधुमासका बेला
महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी
केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक
प्रक्रिया हो । महिनावारी आपैंमा कुनै अपवित्र वा दूषित कुरा होइन ।
नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ ।
महिनावारीका
बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने
अन्धविश्वास समेत छ । महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक
श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्याउँदैन । यद्यपि रगतको
मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा
महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई
त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा
थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको
ईच्छा विपरीत करबल गर्नु हुँदैन । पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई
आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला
यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी
वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् ।
No comments:
Post a Comment