Dec 3, 2017

ओलीको गर्जन सन्तानको भविष्य उज्जल चाहनुहुन्छ भने कांग्रेस छोडेर एमालेमा आउनुस

चितवन–एमाले अध्यक्ष केपी ओलीले बामपन्थी आन्दोलनलाई अव कसैले हल्लाउन नसक्ने बताएका छन् । चितवनको माडी नगरपालिकास्थित बसन्तपुरमा आइतबार आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अव बाम गठबन्धनका उम्मेदवारलाई हराउन खोज्नेहरुको दाल नगल्ने बताए । उनले कांग्रेसले रुख काटेर काँधमा हलो बोकेर हिडेको भन्दै कांग्रेसका कार्यकर्तालाई कांग्रेस छाडेर एमालेमा आउन आव्हान गरे ।

ओलीले भने ‘कांग्रेसका कार्यकर्तालाई म भन्न चाहान्छु–तपाइका सन्तानको भविष्य उज्जल बनाउने जिम्मा हामी लिन्छौ, लोकतन्त्रको रक्षा हामी गर्छौ, छोड्दिनुस् कांग्रेस आउनुस् एमालेमा ।’
Related image सम्बोधनका क्रममा ओलीले अहिले बाम गठबन्धनका उम्मेदवारलाई जिताएपछि ५ बर्षपछि के फरक पर्यो भनेर प्रश्न गर्ने ठाउ नै नहुने बताए । ‘देश धेरै अघि बढ्छ । कहाँको प्रचण्ड कहाको विक्रम पाण्डे ?’ उनले भने ।
अध्यक्ष ओलीले प्रचण्ड र बिक्रम पाण्डेबीच तुलना नै गर्न नमिल्ने भन्दै भने, ‘प्रहरी प्रशासनको चिन्ता नगुर्नस् अव कसैको दाल गल्दैन । तर, निर्वाचनपछि बाकसबाट आँखा ओझेल पर्न नदिनुस् । आँखा झिम्क्याउनुपर्दा अर्को साथिलाई भनेर झिम्क्याउनुस् । प्रशासन पुलिस लगाएर बुथ कव्जा गर्ने कसैले नसोचे हुन्छ । कसैले केही गर्न सक्दैन । आच्छ्यु खायौ बाच्छयु खायौ झुसे वारुलो ।’

बाँदरमुढेका पीडित र प्रचण्डको सहमतिको स्वागत गर्दै अध्यष ओलीले अव पछि हैन अगाडि बढ्ने बेला आएको बताए । जनयुद्धका क्रममा भएको क्षति हामी सवैको भएको भन्दै ओलीले कसले गरायो भन्ने विषय छाड्ेर त्यसको ब्यवस्थापनबारे सोच्नुपर्ने बताए । उनले अव त्यसको व्यवस्थापन पनि हुने बताए ।
एमाले माओवादी पार्टी एकीकरण चुनावलगत्तै हुने भन्दै अध्यक्ष ओलीले एकीकरणपछि पार्टी अध्यक्ष को हुने भन्ने कुनै विवाद नभएको बताए ।

उनले अध्यक्ष हुनेमा विवाद हुन्छ भनेर हल्ला चलाइएको भन्दै आफुहरुलाई अध्यक्ष होइन देश विकास, भोको पेट र गरिविको व्यवस्थापन चाहिएको बताए ।

No comments:

Post a Comment