Nov 27, 2017

रुखमा छाप लगाएका ५० मतपत्रसहित नुवाकोटमा मतदान अधिकृत पक्राउ


रामहरि गजुरेल
नुवाकोट । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् ।


मतदान करिब करिब सकिन लाग्दा आज साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट पु¥याएको बताइएको छ । यस विषयमा सम्बन्धित निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जवाफ दिएको छैन ।
रंगेहात समातिएको मतपत्र प्रतिनिधि सभा, प्रदेश सभा र दुवै तर्फका समानुपातिक मतपत्रहरु रहेका छन् । 
उनी काँग्रेस निकट सक्रिय कार्यकर्तासमेत रहेको खुल्न आएको छ । तारकेश्वर गाउँपालिकाको सो क्षेत्र एमाले र माओवादीसहितको वाम गठबन्धनको बलियो क्षेत्र मानिन्छ । स्थानिय तहको निर्वाचनमा पनि एमालेले गाउँपालिकासहित धेरै वडाहरुमा जित हात पारेको थियो ।

No comments:

Post a Comment