Nov 27, 2017

मतपेटिका बुर्तिबाङ ल्याउने गाडीमा काँग्रेसका एजेन्ट मात्र राखे, किन यसो भयो ?? पुरा पढ्नुहोस्



Share on Facebook
बुर्तिबाङ २०७४ मंसिर ११ । तमानखोला गाउँपालिकामा आइतबार मतदान सकिएसँगै मतपेटिका ल्याउने क्रममा बाम गठबन्धनका एजेन्टहरुलाई मतपेटिकासँगै आउन सुरक्षा निकायले रोकेको बाम गठबन्धनले आरोप लगाएको छ । 

मतदान शान्तिपूर्ण सम्पन्न भएसँगै मतपेटिका गाडीमा हालेर बुर्तिबाङ ल्याउने क्रममा सुरक्षा निकाय बाट काँग्रेस कार्यकर्ता भरेको तर बाम गठबन्धनका एजेन्टहरुलाई सँगै जान्छौ भन्दा पनि सुरक्षा निकायका प्रतिनिधिले हामी छौं जानु पर्दैन भनी राकेको माओवादी केन्द्रका सुर्य सिर्पालीले बताए ।
बामगठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र न.२ का प्रतिनिधि सभा उमेदवार देवेन्द्र पौडेलले अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रश्न गरेपछि बोंगादोभानको भालीबाङखोलामा मतपेटिका सहितको गाडी करिव १ घण्टा रोकिएको थियो ।

घटना पछि बुर्तिबाङबाट एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरक्षिक कृष्ण राना र बाम गठबन्धनका नेता, कार्यकर्ता राति नै उक्त स्थानमा पुगेर मतपेटिका इलाका प्रहरी कार्यालय बुर्तिबाङसम्म ल्याइ पु¥याइएको थियो ।

सुरक्षा निकायबाटै यस्तो व्यवहार गर्नुपछिको रहस्य के हो भनी सुरक्षा निकायलाई बाम गठबन्धनले प्रश्न गर्न थालेपछि हिजो राति अवेरसम्म बुर्तिबाङ इलाका प्रहरी कार्यालयमा कोलाहल भएको थियो । सोही क्रममा गठबन्धनका एक कार्यकर्तामाथि काँग्रेस कार्यकर्ताले आक्रमण गरि घाइते बनाएको बाम गठबन्धनले जनाएको छ । घाइतेको अहिले स्वास्थ्य संस्थामा उपचार भइरहेको बताईएको छ ।

सुरक्षा निकायसँगको मिलेमतोमा काँग्रेस कार्यकर्ताले मतपेटिका साटफेर गर्न वा अरु कुनै नियतले यस्तो घटना भएको माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्र अर्यालले आशंका व्यक्त गरेका छन् । तमान खोलाका सबै मतपेटिका अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । आज यस विषयको छलफलहुने बताइएको छ । साभार ई-बागलुंग

No comments:

Post a Comment