Dec 4, 2017

देउवाका प्रतिस्प्रर्धी खगराजले लेखे मार्मिक पत्र : देउवाले निर्वाचन लड्नबाट रोक्न देखी पैसा दिने प्रस्ताव सम्म

डडेल्धुराबाट प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका माओवादी युवा नेता खगराज भट्टले मतदाताका नाममा मार्मिक पत्र लेखेका छन् । शेरबहादुर देउवाका प्रतिस्प्रर्धी समेत रहेका भट्टले आफ्नो र वाम गठबन्धनको पक्षमा मत माग्दै पत्र लेखेका हुन । निकै भावनात्मक रुपमा लेखिएको पत्रमा भट्टले आफ्नो बाल्यकालदेखिको राजनीतिक संघर्ष पनि सम्झीएका छन् । यस्तो छ देउवासँग २ पटक हारेका खगराज  भट्टले लेखेको अपिल
आदरणाीय जनसुदाय, मंसिर २१ गते हुने निर्वाचनमा म डडेल्धुराबाट प्रतिनिधी सभाका लागि उम्मेदवार छु । यो अवधीमा मैले वाम गठबन्धनका साथीहरुको अपार सहयोग,जनताको प्रगाढ स्नेह,समर्थक र शुभचिन्तकको दरिलो साथ महसुस गरेको छु । निर्वाचन नजिकीदै जाँदा मैले सकेसम्म प्रत्येक घर–परिवारसंग भेटघाट गर्ने,गुनासो सुन्ने र आफ्ना कुरा राख्ने प्रयास गरेको छु ।
तथापी प्राविधिक कारणले सबै जनसमुदायलाई समय दिन नसकेको भए क्षमायाचना गर्दछु । सामान्य परिवारमा जन्मीएको म,डडेल्धुराकै डाँडाकाँडामा हुर्कीए,सुखदुख डडेल्धुरामै विताए । मलाई सुखको आभास भएन । अभाव,पीडा र कष्टमै मेरो बाल्यकाल बित्यो । अधिकाशं डडेल्धुरावासीको जीवनको कथा पनि यही हो ।
 
सानै उमेरमा मेरा पनि कयौं,चाहनाहरु थिए । म पनि अध्ययन गर्न चाहन्थे । तर देशका निरंकुश व्यवस्था ढाल्नका लागि एउटा संघर्ष आवश्यक थियो । म संघर्षको मैदानमा होमीए । संघर्षकै दौरानका डडेल्धुरावासी जनताको घर–आगनमा पुगे । तपाईहरुले दिएको मिठो मसिनो खाँए,तपाइकै घरमा परालमा तन्ना ओछ्याएर सुते । त्यसैले मलाई डडेल्धुराका हरेक भान्छामा पाक्ने खानाको स्वाँद थाहाँ छ । बिहान एकछाक खाएर साझ के खाने भन्ने डडेल्धुरावासीको व्यथा थाहाँ छ । उपचार नपाएर मृत्युवरण गरेका कयौं जीवनहरु देखेको छु मैले । शिक्षा,स्वास्थ्य,विधुत खानेपानी वेरोजगारी उस्तै छ । सधैभरी भाग्यलाई दोष दिएर अधिकारबाट वञ्चित डडेल्धुरावासीको मुहारमा सम्वद्धिको सपना फुलाउन म राजनीतिमा लागेको हुँ । जनयुद्धको समयमा बाँचेको यो नाफाको जीन्दगी नभएको भए आज म तपाईको बिचमा हुने थिइन् । जनयुद्धमा लाग्दै गर्दा मैले मेरो सहोदर दाजु गुमाँए, मजस्ता कयौं परिवारले आफ्ना सन्तान,छोराछोरी गुमाए । त्यो मुलुकको परिवर्तनका लागि आवश्यक थियो,त्यसैले त हामीले आज नयाँ बिहान देख्न पाएका छौ । मुलुकमा गणतन्त्र संस्थागत भएको छ र आर्थिक सम्वृद्धिको अभियानमा हामी लम्कीरहेका छौं ।

डडेल्धुराबाट हामीले पटक–पटक मुलुकको नेतृत्व गर्ने अवसर काँग्रेसलाई प्रदान ग¥र्यौ । हामीले २०४८ सालदेखि विकसीत डडेल्धुराको सपना देखेकै हो । तर हाम्रो नियती फेरिएन् । २०४८ सालदेखि उही नारा बोकेर आजसम्म तपाई,हामीसंग मत मागिदैछ । निर्वाचनको बेला सपनाको सगरमाथा देखाएर चुनाव जितेपछि हामी जीवनमा सापेक्षित परिवर्तन आयो कि आएन, गहन समिक्षा गर्नेबेला आएको छ । त्यसैले अब बोतल फेरेर पुरानै रक्सी बेच्नेहरुलाई चिन्न जरुरी छ । म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक ।


हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो । इतिहासमा कुनै दिन त्यसको खुलासा पनि गर्नेछु । तर यो निर्वाचनको समय हो,म व्याक्तिगत टिप्पणी गर्न चाहन्न ।

तर मुलुकको राष्ट्रियतालाई बन्धक बनाएर नेपाली जनताको भावनामा चोट पुर्याउनेहरुलाई चिन्न जरुरी छ । अधिकार पाउँदा सुदुरपश्चिम सम्झीने र कर्तव्य विर्सनेहरुलाई मतदाताले चिन्न जरुरी छ । तेस्रोपटक तपाई जनसमुदायको बिचमा म आएको छु । यसबचिमा मैले केही प्रतिवद्धता पनि गरेको छु । मलाई विश्वास छ इतिहासका निर्माता जनतालाई सम्वृद्ध डडेल्धुरा बनाउने अभिायनको अगुवाई गर्ने वाम गठबन्धन र मलाई मौका दिनुहुनेछ भन्ने विश्वास छ ।

No comments:

Post a Comment