Dec 4, 2017

देउवाका कारण सुरक्षामा चुनौती, पुर्व सचिबले सोधे,'१६ करोड कहाँ गयो ?'

हेर्नुस कहाँ, कहिले, कसलाई लक्षित गरि बम बिस्फोट गराइयो

निर्वाचनको मिति नजिकिदै गर्दा बम बिस्फोटका घटनाहरु बढ्दै गएका छन। प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयको जिम्मेवारी आफैले लिएकाले निर्वाचनमा समयमा शान्ति सुरक्षा कम्जोर बनेको विश्लेषण गरिएको छ। 
'प्रधानमन्त्री देउवाले गृह मन्त्रालयको जिम्मेवारी लिएकालै नै चुनावकै समयमा शान्ति सुरक्षा कम्जोर बनेको हो' पुर्व सचिब ड़ा द्वारिकानाथ ढुंगेलले भने, 'गृहमन्त्री नहुँदा पनि गृह सचिब र सुरक्षा प्रमुखले काम गरिहाल्छन भन्ने सोच छ, कतिपय कुराहरु राजनीतिसंग सम्बन्धित हुन्छन, तर त्यसलाई डिल गर्ने व्यक्ति नै छैनन, त्यसैले यो सुरक्षाको चुनौती थपिएको हो।' 

भारतसंगको खुला सिमानाले नेपालको सुरक्षा चुनौती बढाएको जानकारी हुँदा हुँदै पनि त्यहाँका प्रशाशनसंग समन्वय गर्न नसकिएको ढुंगेलको विश्लेषण छ। चुनावको मिति नजिकिदै गर्दा बम बिस्फोट लगायतका घटना बढेकाले यसले सुरक्षा निकायहरुको काममा प्रश्न उब्जिएको उनको भनाई छ। 'प्रहरीले काम गर्दा गर्दै पनि नगरेको देखिएको छ' उनले भने।  
नेपाल आर्मी र शसस्त्र प्रहरी बाहेकका सुरक्षा निकायमा राजनीति हाबी भएकाले पनि अहिले शान्ति सुरक्षाको अवस्था दयनीय बनेको ढुंगेलले बताए। गृहमन्त्रालयले सुरक्षा प्रत्याभूतिका लागि लिएको १६ करोड सुरक्षा निकायमा नगई कार्यकर्तामा बाँडिदा यो समस्या बल्झिएको उनको आरोप छ। 'सुरक्षा निकायमा खर्च गर्नुपर्ने १६ करोड कार्यकर्तामा बाँडियो, अनि कसरि हुन्छ शान्ति सुरक्षा ?' उनले प्रश्न गरे।

सुरक्षा निकायहरुबीचको चेन अफ कमाण्ड भित्र पनि समस्या देखिएकाले सुरक्षा प्रबन्धमा कमजोर बनेको उनको विश्लेषण छ। 'बम बिस्फोट गराइयो, फलानो उम्मेदवारलाई लक्षित गरि बम बिस्फोट गराइयो भनिएको छ, तर पक्राउ गरेर कारबाही गरिएको छैन' उनले भने,'त्यसैले तीनवटा सुरक्षा संयन्त्रबीचको समन्वय कहीं न कहीं बिर्ग्रिएको छ भन्ने प्रमाणित हुन्छ।'  
हेर्नुस कहाँ, कहिले, कसलाई लक्षित गरि बम बिस्फोट गराइयो
पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेको सभालाई लक्षित गरि कपिलबस्तुको मायादेवी गाउँपालिका पकडीमा बम बिस्फोट गराइयो।प्रचन्डको चुनाबी सभा भन्दा करिब १०० मिटर पर बम बिस्फोट भएलगत्तै भाषण सुन्न आएका सर्वसाधारणको भागाभाग भयो। 

संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबलाई लक्षित गरि बम बिस्फोट गराइयो। यादव सवार गाडीलाई लक्षित गरि गराइएको बिस्फोटले कुनै क्षति नभए पनि स्थानीयहरु त्रसित बने। 

कुपन्डोलको यूएन पार्क नजिक बम विस्फोट भयो। अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गरायो। 

बम र बम बनाउने सामाग्री सहित काठमाडौँ छिर्न लागेका २ भारतीय पक्राउ परे। काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित उनीहरु धादिङको नौबिसेमा पक्राउ परे। 

सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट भयो। इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै बम विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भए। 

नेकपा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राईलाई लक्षित मंगलबार भोजपुरमा आक्रमण भयो । राई चढेको गाडीलाई लक्षित गरेर अपरिचित व्यक्तिले हानेको बमले उहाँका अंगरक्षक घाइते भए । 

माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा कात्तिक २४ गते बम प्रहार भयो । पश्चिम रूकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा चढेको गाडीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८ सिम्लेमा दुई वटा बम प्रहार गरिएको थियो । तर क्षति भने हुन पाएन । शर्मालाई लक्षित गरेर आक्रमण गरेको २४ घण्टा बिन्न नपाउँदै कात्तिक २५ गते माओवादी केन्द्रकै अर्का नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा पर्‍यो । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो । गाडीमा सामान्य क्षति हुन बाहेक अन्य घटना भएन । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता आक्रोशित थिए ।

त्यसको भोलिपल्टै कात्तिक २६ गते पुनलाई नै लक्षित गरी रोल्पामा फेरि गोली प्रहार भयो ।  दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउँसो अपरिचित व्यक्तिको समूहले गोली हानेको थियो । पुनका सुरक्षाकर्मीले १० राउण्ड जवाफी फायरिङ गरेका थिए । 

कात्तिक २७ गते नेपाल कम्युनिष्ट पार्टीले खोटाङले चार जनाको जग्गा कब्जाको घोषणा गरेको छ । प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा कब्जा गरेको घोषणा गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको जनाएको छ । 
न्युज २४ मा प्रशारित '६ प्रश्न' कार्यक्रममा पुर्व सचिब ड़ा द्वारिकानाथ ढुंगेलसंग गरिएको कुराकानीमा आधारित

No comments:

Post a Comment