Dec 2, 2017

देउवा अछाम पुगेकै दिन महिला संघकी केन्द्रीय सदस्य भुजेल एमालेमा प्रवेश

नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा महिला संघ अछामकी पूर्वसभापति राधिका भुजेल नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शुक्रबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महिला नेत्री भुजेललाई फूलमाला र टीका लगाएर एमालेमा स्वागत गरे ।

साँफेबगर नगरपालिका वडा नम्बर–७ रिडिकोटमा आयोजित वाम गठबन्धनको चुनावीसभामा भुजेल एमाले प्रवेश गरेकी हुन् । नेपाल महिला संघ नेपाली कांग्रेसको भगिनी संगठन हो ।

अछाम निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेसका जिल्ला सभापति भरतकुमार स्वाँर र भुजेल एउटै वडाबासी हुन् ।

केही दिनअघिमात्रै सोही वडा निवासी कांग्रेसका पूर्वजिल्ला उपसभापति जयन्द्र स्वर कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।#

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न शुक्रबार अछाम पुगेका थिए । उनले मंगलसेन र साँफेबगरमा कांग्रेसद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment