जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो
परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा
श्रीसको साथवाट बिस्फोटक पदार्थ बरामद गरिएको छ । उनी नेपाली कांग्रेसको
तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन् ।
श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक
किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद
गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर
थापाले जानकारी दिए ।
श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए ।
प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो ।
बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा
अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment