Dec 2, 2017

वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह

काठमाडौं,१६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह गरेका छन्   ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा शनिबार वामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले वामगठबन्धनलाई कमजोर नआंक्न चुनौति दिएका हुन ।
 
उनले वाम एकता निर्वाचन केन्द्रित मात्रै नभएको तथा पार्टी एकताको संकल्प भएकाले यसलाई कमजोर र अपरिपक्को रुपमा टिप्पणी गर्नु भ्रमपुर्ण हुने दाबी गरे । आफुहरु वाम तालमेल गरेर मात्रै निर्वाचनमा नआएको भन्दै उनले पार्टी एकता गर्ने संकल्पसहित कार्यदल समेत निर्माण गरिएको स्पष्ट पारे । पार्टी एकता संयोजन समिति गठन गरी नेतृत्व र नीतिका बारेमा स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उनले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे ।
https://i2.wp.com/abcnepal.tv/wp-content/uploads/2017/12/Prachanda_Pampha.jpg?resize=500%2C307
एमाले र माओवादी केन्द्र मिले भनेपछि नेपाली कांग्रेसलाई चिन्ता बढेको र अनर्गल प्रचारमा लागेको आरोप पनि अध्यक्ष दाहालले लगाए । नेपालमा कम्युनिष्ठ अधिनायकता लागु हुने भन्दै आलोचना गर्नेहरु नै चुनावी एकता टुट्छ भन्दै हिंडेको उल्लेख गर्दै उनले प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने दाबी समेत गरे ।  संविधान कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचन तर्फ लैजाने विषय चुनौतिपुर्ण हुदा हुदै स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको उल्लेख गर्दे परिर्वनकारी न्यायका पक्षधर सबैका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐतिहासिक अवसर भएको उल्लेख गरे । 

क्षेत्र नम्बर ३ बाट बामगठबन्धनकी उम्मेदवार फम्फा भुसालले आफुले क्षेत्र नम्बर तीनको मुहार फेर्न बताए । यो क्षेत्रमा भुसालको प्रतिष्प्रर्धीको रुपमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद मदन अमात्यको उम्मेदवारी छ ।

No comments:

Post a Comment