Dec 2, 2017

पैसा बाड्न मार्कुमा ७ लाख !

वडा अध्यक्षले नै ल्यायो ७ लाख पैसा


चुनावमा मतदान गर्ने दिन नजिकिए सँगै जिल्लामा पार्टी हरुले पैसा बाड्न थालेको खबर भुसको आगो झै फैलिन थालेको छ। भोट किन्न मतादतालाई पैसा बाड्ने चलन मार्कुमा पनि कहाँ छोड्छ र ! चौरपाटी गाउपालिका वडा नम्बर ७ मार्कुमा मतदातालाई प्रभावित पारी भोट किन्न ७ लाख भित्रिएको कुरा बाहिर आएको छ। सो रकम मतदातलाई बाडेर भोट किन्न नेपाली कांग्रेसको जिल्ला समिती मार्फत छेत्रीय समिती हुँदै मार्कुका वडा अध्यक्ष मार्फत भित्रियको खुलासा भएको छ। 

स्थानिय जनताका बिकास निर्माणका कार्य सम्पादन गर्नको साथै जनताका दु:ख पिडामा साथदिनको लागी चुनिएका जनपर्तिनिधी मार्फत नै पैसा मतदातालाई बाड्न ल्याउदा जनप्रतिनिधी प्रती जनताको विश्वाश गुम्दै गएको छ।
Related image

स्मरणीय छ, मार्कुमा स्थानिय चुनावको बेलामा पनि वडा अध्यक्ष गणेश बोगटी ले १२ लाख रुपैयाँ खर्च गरी भोट किनेर  स्थानीय चुनावमा वडा अध्यक्षमा जितेका थिए । भोट् किनेर चुनाव जित्नु कांग्रेस को सस्कार नै हो: नाम नलिखी दिने सर्तमा स्थानिय एक ब्यक्तिले भने।   

मार्कुमा बामगठबन्दनका कार्यकर्ताहरु मतदातालाई बाड्न ७ लाख आएको सुचना पाएपछी चनाखो भएकाछन भने रातको समयमा जाग्राम बसी निगरानी पनि गर्न थालेका छन। गरीब तथा दलित महिलालाई प्रलोभनमा पारी दिन र रातकै समयमा पनि रकम बाड्न सक्ने भन्दै एमाले माओवादीका स्थानिय कार्यकर्ताहरु सतर्क हुँदै रङेहात पक्राउ गर्नको लागि लागिपरेका छन।

No comments:

Post a Comment