काठमाडौँ महानगरका पुर्व मेयर तथा ३ नम्बर प्रदेश सभाका उम्मेदवार केशब स्थापितले “देउवाको
खप्परमा दिमाग होइन गोबर नै भएको भए
पनि फूल फुल्थ्यो होला नी, खै रहेन छ” भन्दै
टिप्पणी गरेका छन् । उनले माइतीघर मण्डला बनाउने
बेलाको परिस्थीतीलाई खण्डन गर्दै देउवाको दिमागमा गोबर
पनि नभएको संज्ञा दिएका छन् ।
नेपाल आजसगँको एक
भिडियो
अन्तरवार्तामा पुर्व मेयर केशब स्थापितले यसो भनेका हुन् । उक्त अन्तरवार्तामा उनले भाषण गर्न भनेर कोटको गोजीबाट निकालेको कागज
तरकारीको सूची भएको पनि थाहा नपाउने
प्रधानमन्त्रीको अनुहार देख्दै ड्रग्स खाउँ जस्तो
लाग्ने बताए ।
नेपाली कांग्रेसले पाएको यो अन्तिम प्रधानमन्त्री भएको बताउदै उक्त अन्तरवार्तामा स्थापितले अब
नेपाली कांग्रेसको बेला सकिएको बताएका छन् ।
उनी काठमाडौँ क्षेत्र न. ६ को ‘क’ बाट
प्रदेश
सभाको लागि उम्मेदवार छन् ।
प्रस्तुत छ उक्त भिडियो अन्तरवार्तामा
स्थापितले व्यक्त गरेका धारणाको मूल अंश
…
‘काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले १०० दिनमा १०१ काम गर्ने भनेका थिए
। तर त्यसमा कर्मचारीतन्त्रले काम गर्न दिएन
। केही कानुन नबनेर काममा बाधा भयो ।
उदाहरणका
रुपमा घरजग्गा कर स्थानीय सरकारले उठाउने भनेको हो । तर अर्थमन्त्रालयले मानेन । विवाद भयो । २ अर्ब रोकियो । २ अर्ब
भएको भए सामाजिक सुरक्षा भत्ता दिइ सक्थ्यौं ।
यही भएर सर्वसाधारणलाई केही काम भएन
भन्ने
लागेको छ । त्यो १०१ मैले नै ड्राफ्ट गरेको हो ।
अर्थमन्त्रालयले
धोका
दिएर मात्रै हो नत्र अहिलेसम्म विद्या सुन्दरले सामाजिक सुरक्षा भत्ता ५ हजार बाँढीसक्ने थिए । अब हेर्दै गर्नुहोस आउँदो
दशैसम्म यो काठमाडौको मुहार नै फेरिने छ । उदाहरणका
लागि केशर महललाई लिउँ न । भित्र कति राम्रो छ । बाही
बाक्लो पर्खाल छ । भित्रको बाहिरबाट देखिँदैन । हिजो राणा शासनमा पो भित्र व्यभिचार गर्न पर्खाल लगाए त ।
अब त गणतन्त्रमा
त्यो
पर्खाल भत्काएर पाइपको पारदर्शी बेरा लगाउने हो । त्यस्तो पाइपमा म्युजिकल जोडेर संगीतमय बनाउनु पर्छ । सेन्सर जोडेर त्यहाँ
अटोमेटिक धुन बज्ने बनाउने र कुनै
दिन आनी छोइङको गीत सुन्ने हो । त्यस्ता पाँच सय वटा स्थान मैले चिन्ह लगाएर राखेको छु । त्यो अब बनाउनु पर्छ ।
जहाँ हेर्दा पनि गार्डेन, जहाँ पनि भव्य महल बनाउनु पर्छ । त्यति भएपछि पर्यटक कति
आउँछन् । सुन्दर ठाउँमा प्रमी प्रेमीका कति
रमाउँछन् होला ।
अबको केही दिनपछि
चुनावपछि
चाँडै काम देखिनेछ । स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचन फरक हो । अहिले म निर्वाचनका लागि मतदाता कहाँ पुगेको छु ।
अधिनायकवाद भनेर कसैले भनेको छैन ।
मेरो क्षेत्रमा हामी भिमसेन दासलाई जित्छौं ।
राम्रो काम गर्नका लागि १०
हजार मानिस मलाई चाहिएको छ । योग्य मानिस । जसले यो देशको मुहार फेर्न सक्छ । मान्छे कांग्रेस होस कि कम्युनिष्ट
होस मतलव छैन । कुनै बेला महामण्डले
कमल थापाको भाई अझै कडा मण्डले गणेश थापालाई फुटबलमा ल्याएँ । उ मण्डले भए पनि फुटबलमा योगदान दिन सक्छ भनेर
ल्याएको हो नी त । एन्फाको अध्यक्ष पनि
बनाएँ । उनी राप्रपा हुन् कि जे हुन् मलाई मतलव भएन ।
नेपालमा पनि अब ‘बिग ब्याङ’
हुनेवाला छ । त्यो विग ब्याङको आवाज मैले सुनिसकेको छु । जसरी चराचुरुंगीले भूकम्प आउनु अघि थाहा पाउँछन्, मैले पनि अबको एक दुई महिनामा
भयंकर ठूलो परिवर्तन आउँदैछ भन्ने भित्रभित्रै मैले आवाज सुनिसकेको छु । ममा यस्ता अदभूत सेन्स कसरी आयो थाहा छैन । तर आयो ।
अहिले माओवादीका नेता कार्यकर्ताको
अनुहारमा चाउरिएको छाला अहिले फुकिसकेको छ । उनीहरुको अनुहारमा चमक छ । एमालेसँग मिलेपछि उनीहरुमा जित्ने मनोवल
उठेको छ । अहिले मैले झक्कु सुवेदीलाई
जिताउन लागि परेको छु । प्रचार कसरी गर्ने,
अरुका कमजोरीलाई कसरी उछाल्ने भन्ने मैले योजना बनाइरहेको छु । काम
गरिरहेको छु ।
…
काठमाडौंका प्रत्येक वडामा एउटा
सहरी सेवा केन्द्र खोल्ने योजना छ । यसमा खरबौं लाग्छ । केशव स्थापित लाख करोडको कुरा गर्ने मान्छे पनि होइन । यस्ता
केन्द्र खोलेपछि सुरुमा खर्च हुन्छ । पछि पैसा
आउँछ मात्रै । एकीकृत र ठूलो भवन बनाउने । सबै सुविधा
त्यसैमा दिने योजना छ मेरो । अब स्कुल, स्वास्थ्य अब एउटा कुपनको माध्यमबाट हुनेछ । अस्पतालमा पुर्जा काट्ने दिन गए
। म त्यस्तो भवन बनाउनु पर्छ ।
काठमाडौंमा हेर्नुस त अहिले पिसाब फेर्ने सार्वजनिक शौचालय पनि
छैन । अनि मान्छेले सार्वजनिक स्थानमा पिसाब नफेरे के गर्छ ?
काभ्रेको जनागाल पारि ३ हजार
रोपनी जमिन छ । त्यो हाम्रो भोलिको ‘हलिउड’ हो । त्यहाँ फिल्मी सिटी बनाउने योजना छ । यस्तो स्थान बन्ने छ कि
संसारभरका सिनेमा बनाउनेहरुको त्यो तिर्थस्थल
जस्तो हुनेछ । मसँग त्यस्तो भिजन छ ।
त्यसकालागि
मसँग एक जना विमल सुवेदी हुनुहुन्छ । उहाँले फिल्म मेकिगमा एमफिल गर्नुभएको छ । उहाँलाई हिराको पहाड भन्ने गरिन्छ, फिल्म क्षेत्रमा ।
त्यो
स्थानमा फिल्मको विश्वकेन्द्र बनाउने योजना छ । अहिले पनि त्यो स्थानमा चालीस देशका मानिसहरुले चासो राखिसकेका छन् ।
…
राजा वीरेन्द्रलाई उनी
राजा नै भइसकेपछि बीसौं पटक भेटेको छु । असहज परिस्थितिमा पनि भेटेको छु । राजाले मलाई भन्थे कि उनको विवाहमा हात्तीमा
चढेर वशन्तपुर जाँदा न्युरोड गेटमा शिर
निहुर्याउनु पर्यो । उनले आफूले सलाईको बट्टाको
राजा भएको बताउँथे ।
राजा वीरेन्द्रले मदिरा पिइरहेको बेला म धेरै पटक पुगेको छु । राजा वीरेन्द्रसँग संगै लसुन छोडाएको छु
। सँगै मःमः पकाएको छु । रानी ऐश्वर्यले अप्ठ्यारो
पारेको उनले भन्ने गर्थे । दरबारमा
भोज
हुँदा रानी ऐश्वर्यले फ्रिजमा भएको अन्डा कतिवटा खर्च भयो गणना गर्थिन । रक्सी कति पिइयो भनेर चिन्ह लगाउँथिन । कर्मचारीले गडबडी गरे
कि भनेर उनी शंका गर्थिन । यो कुरा मलाई सनुाएर राजा
वीरेन्द्र मेरो अगाडि रोएका छन् ।
राजाले यस्तो गुनासो गरेपछि राजतन्त्रले काम गर्दैन भन्ने
स्पष्ट पारिसकेको थियो ।
दरबार हत्याकाण्डको सात दिन
अगाडि एक दिन दरबारबाट फोन आयो । आकाश भैरव आउनु भन्ने खबर थियो । म पुगे । राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि
पुगेका रहेछन् । राजा फाटेको जुत्ता, मैले घरकै कपडामा पुगेका रहेछन् । टोपी पनि लगाएका थिएनन् । उनी मुटुका बिरामी थिए । आकाश भैरवको जानै
नसिकने माथिल्लो तलामा उनी जान्छु
भन्न थाले । मैले छेके । तर उहाँले पछि हेर्न पाउँदिन भने । त्यसबाट मैले पछि थापाएँ कि दरबार हत्याकाण्ड हुँदैछ
भन्ने घटनाक्रमहरुले छनक दिइरहेका रहेछन् ।
…
यो युगको चेतना
नबुझेको, युगको प्रवाह नबुझेको व्यक्ति शेरबहादुर देउवालाई हामीले प्रधानमन्त्री मान्नु परिरहेको छ । माइतीघर मण्डला बनाउने
तम्सिएँ । जग्गा अधिग्रहण गर्न सिडिओ
र क्याविनेटले निर्णय गर्नु पर्ने थियो । देउवा प्रधानमन्त्री थिएँ । उनीकहाँ गएँ । आफ्नो कुरा राखे । उनि
उनले त भने, ‘कहाँ यो टेबलमा निर्माणको कुरा गरेको ? यो टेबल त सुरक्षाको हो ।’
अब मलाई के थाहा
निर्माणको टेबल बेग्लै, सुरक्षाको टेबल
बेग्लै हुन्छ भन्ने । अर्को टेबलमा गइयो ।
अनि उनले भने कि यो देश सतिले सरापेको देश हो । यहाँ विकास गर्न गाह्रो छ । दिस इज नेपाल । २२ वटा घर १८ दिनमा
हटाएर माइतीघर मण्डला बनाउन सम्भव
छैन । बुझ्नु भो मेयर जी । ’
उहाँले चार वर्ष
लाग्ने
बताउनु भयो । त्यही बेला आरजु देउवा आउनु भयो । मैले दृेउवालाई इंगित गर्दै आरजुलाई भनेँ,
‘भाभीजी
तपाईको हिरो भनेको त जिरो रैछ ।’
अनि मेरो कुरा सुनेपछि
आरजुले देउवालाई भनिन् कि ‘ए राजा हुन्छ भनिस्यो न । केशवले गर्छ ।’ अनि मैले थाहा पाएँ यो राजनीति कताबाट
निर्देशीत छ भन्ने । देउवाको खप्परमा
दिमाग होइन गोबर नै भएको भए पनि फूल फुल्थ्यो होला नी । खै रहेन छ ।
फेरि दिउँसो मलाई फोन गरेर भन्छन् कि त्यो काम त नहुने भयो । मैले अनि भने ‘तपाई शेरबहादुर कि बिरालोबहादुर ? शेर जस्तो भएर त्यहाँ निर्णय
ठोक्नुस ।’ ४० को दशकको सोच भएका हुन शेरबहादुर । अब नेपाली कांग्रेसले पाएको यो नै अन्तिम प्रधानमन्त्री हुन् । अब नेपाली
कांग्रेसको बेला सकियो ।
अहिलेका प्रधानमन्त्री आफ्नो बोली आफै बुझ्दैनन् । भाषण गर्न भनेर कोटको गोजीबाट निकालेको कागज तरकारीको सूची हुन्छ ।
उनी त्यति पनि थाहा पाउँदैनन् । काउली २ केजी, टमाटर १ केजी, धनीया एक मुठा भन्ने
नै वाचन गरिदिन्छन् । यस्ता त छन्
प्रधानमन्त्री । प्रधानमन्त्री देउवाको अनुहार
देख्दै ड्रग्स खाउँ जस्तो हुन्छ ।
…
रारा तालको पानी
छुन
सकिँदैन । त्यति चिसो छ । तर त्यहाँका स्थानीयहरु पौडी खेल्छन् । स्वीमिङको विश्व प्रतिस्पर्धा त्यही गराउँनु पर्छ । संसारभरका
पौडीवाजहरु आउँछन् । त्यहीँ हाम्रो देशका
स्थानीयलाई पनि भाग लिन लगाउने । अरु देशका मानिसहरु
हाम्फाल्ने बित्तिकै ‘मसल क्र्याक’ भइहाल्छ । जित्ने त हामीले नै हो । अनि भएन ? गोल्ड मेडल जति सबै
हाम्रै ।
…
…
विवेकशील साझा पार्टीको अभियान
व्यर्थ प्रयत्न हो । हिजोको उहाँहरुको सबै अभियानको स्रोत के हो ? एमालेको स्रोत सबै
सफा छ । विवेकशील साझाको स्रोत कसैलाई थाहा छैन । एनजिओ, आइएनजिओ चलाए जस्तो
हो र देश चलाउने ? हामी जेल बस्यौं, कर्णाली गयौं, भारी बोक्यौं । शरीरभर जुम्रा परे । त्यो कुरा उहाँहरुलाई थाहै
छैन । हामीले पैतालमा फोका उठाएका छौं । त्यो
कुरा उहाँहरुलाई थाहा छ ? बेलायतमा बस्ने, रेडियोमा फुक्ने
गरेको मान्छेलाई यो देश केही थाहा हुँदैन । हामीले नबुझ्ने शब्दावली लिएर हामीलाई प्रहार गर्न आउने ? कमाउने सबै ठाउँमा
कमाइसकेपछि
अब यताबाट पनि कमाउन आएका हुन् ।
No comments:
Post a Comment