Dec 2, 2017

लोकतन्त्र र विकासको मेरुदण्ड बामपन्थी सरकार : ओली

Image result for kp oli          झापा १६ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई नभएर आफू प्रधानमन्त्री हुनु नै लोकतन्त्र भन्ने गरेको आरोप लगाएका छन् । ओलीले गृह जिल्ला झापाका विभिन्न सभामा बोल्दै भने अब यो चुनावपछि कांग्रेसको शासन समाप्त हुनेछ । चुनावी कार्यक्रमको सिलसिलामा चार दिनका लागि गृहनगर झापा पुगेका ओलीले कांग्रेसले आफू सत्तामा हुनुलाई नै लोकतन्त्र ठानेकाले सत्ता गुम्ने कुरालाई लोकतन्त्र गुम्दै गरेको अर्थ नलगाउन सुझाव दिए । 
 
चुनावपछि लोकतन्त्र होइन, कांग्रेसको शासन मासिन्छ, उस्ले आफूलाई नै लोकतन्त्र भन्ने ठानेको छ,’ ओलीले भने आफू सरकारमा रहिरहनुलाई मात्र कांग्रेसले लोकतन्त्र ठानेकाले कांग्रेससँग लोकतन्त्रको सिमित परिभाषा मात्र रहेको ओलीको भनाई छ ।

‘कांग्रेसको लोकतन्त्र भनेको आफूले सरकार चलाउने हो, अरुले चलाए उसले अधिनायकवाद भन्छ,’ ओलीले भने , ‘वाम गठबन्धन बनेकाले लोकतन्त्र असुरक्षित छ भन्दै हिंडेको कांग्रेसलाई म भन्न चाहन्छु, लोकतन्त्र सुरक्षित छ, कांग्रेसको शासन मात्रै असुरक्षित भएको हो ।’ ‘साथीहरु तर्सेका छन् तर, अब लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ’ ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले कांग्रेस सकिदैमा लोकतन्त्र मासिने र कांग्रेस शासनमा हुंदैमा लोकतन्त्र जोगिने भन्ने भुलभुलैयामा लाग्न नहुने बताए । ओलीले नेपालमा लोकतन्त्र र विकासको आधार कसरी खडा हुन्छ भन्ने बामपन्थी सरकारले देखाउने दावी गरे ।

No comments:

Post a Comment